धनकुटा / टयाम्पो र लापेट एक आपसमा ठोकिदा दुर्घटनामा परि मृत्यु भएका आफन्तहरुले सडकमा लास तेस्र्याएर प्रदर्शन गदैं हिले–सिधुवा सडक खण्ड अवरुद्ध पारेका छन् ।
उनीहरुले दुर्घटना स्थल छथरजोरपाटी गाउँपालिका वडा नं.२ फलैंचामा सडकको विचमा लास तेस्र्याएर सडक अवरुद्ध गरेका हुन् । पिडित परिवारले सडकमा टायर वालेर सडक अवरुद्ध पारेपछि धरानवाट छुटेका दर्जनौ सवारी साधन र त्यसमा यात्रा गरिहेका हजारौं यात्रु वाटो विचैमा अलपत्र परेका छन् । त्यसैगरी तेह्रथुमको वसन्तपुरवाट धरान तर्फ आईरहेका दर्जनौ सवारी साधनहरु पनि विच वाटैमा अलपत्र परेका छन् ।
पिडितका आफन्तले उचित क्षतिपुर्ति र लोपेटमा मालिक आफै उपस्थित् भएर आम सहमती नगरेसम्म लास नउठाउने पिडितहरुको आफन्तहरुले वताएका छन् । पिडितका आफन्तहरुले क्षतिपुर्तिको लागी लिखित रुपमा सहमती नभएसम्म लास नउठाउने पिडितका आफन्त एवं धनकुटा नगरपालिका वडा नं.२ का वडाध्यक्ष चन्द्रलाल पाख्रीन तामाङले वताए । उनले लोपेट धनीले क्षतिपूर्तिको लागी वार्ताको माध्यामवाट लिखित ग्यारेण्टी नगरेसम्म सडकवाट लास नउठाउने वताए । मृतक तामाङले ६ दिन अघि मात्र ट्याम्पो खरिद गरेर ल्याएको पाख्रीनले वताए । साँझ अवेरसम्म सडक अवरुद्ध जारी रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले वताए । दुर्घटनामा परेको लोपेट इटहरी उधोग वाणिज्य संघका अध्यक्ष भीम पौडेलको रहेको वताइएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा टेम्पू चालक धनकुटा नगरपालिका वडा नं.२ का २५ वर्र्षीय दशरथ पाख्रीन तामाङ र टेम्फूमा सवार छथर गाउपालिका–१ तेह्रथुमका ४२ वर्षीय साङ्गे शोर्पा रहेका छन ।
दुर्घटनामा घाइते हुनेहरुमा छथर गाउपालिका–५ तेह्रथुमका २२ वर्षीय रविन गुरुङ र लालिगुँरास गाउपालिका–५ का २५ वर्षिय प्रदिप बस्नेत रहेका छन । गम्भिर घाइतेहरूलाई उपचारका लागी जिल्ला अस्पताल धनकुटा लगीएको छ । दुर्घटना भएको लोपेट र लोपेट चालक संसुवासभा मादिमुलर्खक–५ का ३९ वर्षिय ज्ञानबहादुर गुरुङलाई सिदुवा प्रहरीले नियन्त्रणमा लिएको प्रमुख खड्काले बताए ।