विराटनगर / थारु चलचित्रका नायक राजेन्द्र भगत थारु साँस्कृतिक कलाको उत्कृष्ट नायक एर्वाडबाट सम्मानित भएका छन् ।
थारु साँस्कृति कला केन्द्रले मोरङको ग्रामथानको रङटोलीमा आयोजना गरेको एक समारोहमा भगतलाई उत्कृष्ट नायकको एवार्डबाट सम्मानित गरिएको हो ।
नायक भगतलाई प्रतिनिधी सभाका सांसद अमनलाल मोदीले एवार्ड र कदर पत्र प्रदान गरि सम्मानित गरेका थिए ।

उनले ‘हमर भाटु’, अचारावाली, छल्की लगायतको चलचित्रहरुमा उत्कृष्ट अभिनय गरेपछि उक्त एवार्ड प्राप्त गरेका हुन् । अभियन गरेको चलचित्र मध्ये ‘हमर भाटु’ मोरंङया थारु भाषाको पहिलो चलचित्र हो । सोही कार्यक्रममा नायिका कौशल लिजा चौधरी, गायक राजेन्द्र खाँ, गायिका गीता चौधरी, खलनायक अजय सरदार, नवप्रतिभाहरुमा गीतकार कृष्ण दोशी र नृत्य निर्देशक वृजुलाल सरदार पनि सम्मानित भएका थिए ।

यस्तै थारु चलचित्रका निर्देशक केशव रायमाझी, कलाकार राजनारयण सेन, रामलक्ष्मण विश्वास, युवराज चौधरी, निर्मता प्रमानन्द चौधरीलगायत सम्मानित भएका थिए ।
उक्त कार्यक्रममा थारु कल्याणकारणी सभा मोरङका अध्यक्ष प्रदिप भगत, पूर्व एसएसपी विद्यानन्द माझी, आदीवासी जनजाति महासंघ मोरङका पूर्व अध्यक्ष देवराज चौधरी, ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष फुलकुमारी माझीलगायतको सहभागिता थियो ।