वराहक्षेत्र / वराहक्षेत्रको चतरा स्थित हिमालयन ईङ्गलिस स्कुलले वार्षिक खेलकुद सप्ताह ‘हिमालयन स्पोर्ट्स विक’ शुरु गरेको छ । विभिन्न विधाका दौडमा विद्यार्थी सहभागी गराई सोमबारबाट खेलकुद सप्ताह शुरु भएकोहो ।

तेस्रो त्रैमासिक परीक्षाको समापनसँगै शुरु भएको खेलकुद सप्ताहमा १,२ र ३ सय मीटरको रिले दौड क्रिकेट, फुटबल, ब्यालेन्स रेस, स्याक रेस, विल ब्यारो रेस, हर्स रेस, कोइन पिकिङ ब्याटमिन्टन, लगायत दर्जनौं खेलकुदका विधा तथा चेस र नृत्य प्रतियोगिता समावेश गरिएको विद्यालयका वरिष्ठ शिक्षक तथा खेल संयोजक प्रदीप ठकुरीले बताए ।

खेलकुद सप्ताहमा कक्षा १ देखि ९ कक्षा र सदनहरुको विद्यार्थी सहभागी गराईएको ,खेल तथा नृत्य प्रतियोगिताको फाईनल नतिजा,माघ १८ गते आयोजना हुने विद्यालयको वार्षिक खेलकुद तथा अभिभावक दिवस समारोहमा प्रदर्शन गरिने प्रधानअध्यापक आलोक श्रेष्ठले जानकारी दिए ।

वराहक्षेत्रको पहिलो निजी अङ्ग्रेजी माध्यमको हिमालयन इङ्लिस स्कुलले स्थापनाको ३० वर्षदेखि निरन्तर प्रत्येक वर्ष खेलकुद सप्ताह मनाउँदै आएको श्क्षिक नवराज बिष्टले बताए ।