कतारमा एक नेपालीको मृत्यु

राजविराज/ वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए। उनको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न […]

अफगानिस्तानमा हक्वानी नेटवर्कका २६ र तालिबानका ८ जना लडाकू मारिए

खोस्ट, अफगानिस्तान (रासस/सिन्ह्वा)/अफगानिस्तानको दक्षिणी खोस्ट प्रान्तमा सोमबार अफगान सेनाले गरेको कारबाहीमा हक्वानी नेटवर्क नामक आतङ्ककारी समूहका २६ जना लडाकू मारिएका छन् । उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेनाले उनीहरुको खोजी गरिरहेको थियो । सोमबार साँझ अफगान सुरक्षा फौज र हक्वानी नेटवर्कका ती लडाकूहरुबीच भिडन्त पनि भएको थियो । उक्त भिडन्तमा परी अरु केही लडाकू […]

एनआरएनए अध्यक्षमा भट्ट विजयी

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ । काठमाडौँमा जारी आठाैँ विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएकाे हो । भट्टले एक हजार १९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ । खुला दुई उपाध्यक्ष पदमा […]

एनआरएन अध्यक्षमा भट्ट र गुरुङको उम्मेदवारी

काठमाडौँ/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गरेकाे छ । शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट आज बिहान १०ः३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले जानकारी दिएको छ । एनआरएनको अध्यक्षका लागि आइतबार […]

एनआरएनए चुनाव आज, अाजै नतिजा सार्वजनिक हुने

गैरआवासीय नेपाली संघ(एनआरएनए)को काठमाडौँमा जारी आठौं विश्व सम्मलेमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। बौद्ध स्थित ह्यात रिजेन्सीमा बिहान ९ बजेबाट सुरु हुने चुनावी प्रक्रियामा ७७ देशबाट सहभागी एक हजार आठ सय ४० गैरआवासीय नेपालीले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्नेछन्। अध्यक्ष पदमा जमुना गुरुङ , भवन भट्ट र टीबी कार्कीले उम्मेवादरी दिने […]

फर्निचर उद्योगमा आगलागी हुदा १० जनाको मृत्यु

रियाद (रासस/एएफपी)/साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा भएको आगलागीमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागि भएको जनाएको छ । गएराति भएको आगलागीको कारणका अहिले सम्म पत्ता लाग्न सकेको छैन । […]

एनआरएनए सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं /गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८ औं सम्मेलन उद्घाटन गरेकी छन् । सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनअन्तर्गत […]

थाहा पाउनुस्, कति शक्तिशाली छ उत्तर कोरिया ?

एजेन्सी/कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेपछि रिसाएको उत्तर कोरियाले यसअघिनै जापानलाई अमेरिकी सैनिक हटाउन चेनावती दिएको थियो । जवाफमा जापानले पहिलो आक्रमणको शुरुवात गर्न चेतावनी दिएको थियो । मंगलबारको क्षेप्यास्त्र परीक्षणपछि जापानले चिन्ता व्यक्त गरेको छ । उत्तर कोरियामाथि कयौ अन्तर्राष्ट्रिय प्रतिवन्धहरु लगाइएका छन् । यसका […]

दार्जिलिंगमा पुन हिंसा भड्कियाे

झापा/ दार्जिलिंगमा पुन हिंसा भड्किएको छ । आज विहान दार्जिलिंग तकभर क्षेत्रमा सुरक्षाकर्मी र विमल गुरुङ पक्षका आनेदोलनकारी विच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ । विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले आज विहानैदेखि खोजी अभियान तीव्र पारेको थियो ।  झडपमा मारिएका आन्दोलनकारीको सनाखत भएको छैन । घटनामा दर्जन वढी घाइते छन् भने […]

क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो, करिब ६०० जना बेपत्ता

सान फ्रान्सिस्को/ अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ र त्यसमा परी मृत्यु हुनेको सङ्ख्या पनि बढेर २३ पुगेको छ । जङ्गलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेको थियो । त्यसमा परी अहिलेसम्ममा ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने […]

1 2 3 91
ताजा अपडेट