मत्स्य सहकारीको ५० करोडको योजना

मोरङ/कृषिमा आधुनिक र अग्र्यानिक प्रणाली अपनाउँदै आर्थिक उन्नती गर्न सकिने विस्तृत योजनाका साथ मोरङको पथरीशनिश्चरे २ स्थित मत्स्य विकास समृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाले ५० करोड रुपैयाँको स्टिमेट बजेट तयार गरेको छ । ५ वर्षअघि जिल्लाको उर्लाबारीमा संस्थाको स्थापना भएपनि गत वर्षमात्र संस्था पथरीशनिश्चरेका वासिन्दाले सञ्चालन गरी नयाँ समिति बनाएर अघि बढ्ने क्रममा यसखाले योजना बनेको […]

सुनचाँदीकाे भाउ

नेपाली बजारमा आज छापावाल सुन तोलाको ५४ हजार ३०० मा कारोबार भइरहेको छ । तेजावी सुन  भने तोलाको ५४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी तोलाको ७२० मा कारोबार भइरहेको छ ।

६ अर्बको सेयर बाँड्दै आयल निगम

काठमाडाैं । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ रहेको र त्यसलाई वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याउन सेयर निष्कासन गर्न लागिएको छ । यसबारे अर्थ मन्त्रालयमा छलफलसमेत […]

माछाबाट वार्षिक १० लाख

सुनसरी (बक्लौरी)/झट्ट हेर्दा रामधुनी–७ चौसठ्ठीविगाहाका शशीकुमार वान्तवा राईलाई कृषक जस्तो देखिदैन । र, उनी गाउँका आममानिस झै कृषिकर्म पनि गर्र्दैनन् । तर, उनी व्यवसायिक कृषक हुन् । उनको कृषिकर्म तरकारी खेती, बाख्रा, कुखुरा, गाईभैसी, बंगुर पालन भने गर्दैनन् । उनी माछा पालक कृषक हुन् । जग्गा लिजमा लिएर माछा पालन गर्दै आएका राई २०६२ सालदेखि […]

भेडेटारमा छैठौं फुड फेष्टिभलकाे तयारी

धरान/भेडेटारमा छैठौं भेडेटार फुडफेष्टिभल हुने भएको छ । आगामी पुष १६ देखि १८ गते सम्म तीनदिन फुड फेष्टिभल हुने भएको हो । फेष्टिभलमा जातीय खानेकुरा, स्थानीय स्तरमा उत्पादित अर्गानीक तरकारी तथा फलफुल, कृषि तथा घरेलु उत्पादन, हस्तकलालगायत प्रदर्शनी गरिने शनिबारको पत्रकार सम्मेलनमा जनाएको छ । साथै साँस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजक […]

विराटनगर जुटमिल आर्थिक अभाव झेल्दै

मोरङ / विराटनगर जुटमिललाई आर्थिक समस्या भएको छ । आर्थिक अभावले जुट उत्पादनमा असर परेको जुटमिलका निर्देशक राजेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार जुटमिल पुर्णरुपमा संञ्चालन गर्न करिब १० करोड रुपैयाको आवश्यकता पर्ने छ । आर्थिक अभावमा मिलका पुराना  मेशिन मर्मतगर्ने समेत समस्या भएको छ । निर्देशक कार्कीले भने, आर्थिक अभावले मिल्सलाई पुर्ण क्षेमतामा […]

मोरङमा ४१ ले जमानत जोगाए, १२८ जनाको ८ लाख ८० हजार जमानत जफत

विराटनगर/मोरङमा प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवारी दिएका १ सय ६९ उम्मेदवारमध्ये १ सय २८ जनाको जमानत जफत भएको छ । जिल्लाबाट विजयी १८ उम्मेदवारसहित ४१ जनाले मात्र जमानत जोगाएका छन् । प्रतिनिधिसभातर्फ ४८ र प्रदेशसभातर्फ ८० जना उम्मेदवारको जमानत जफत भएको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन ऐनका अनुसार सदर मतको १० प्रतिशत प्राप्त […]

धरानबाट सिस्नुकाे चिया उत्पादन शुरू

धरान/विश्व चिया दिवसको अवसरमा धरानबाट उत्पादित सिस्नुको चियाको प्रवद्र्धन गरिएको छ । विश्व चिया दिवश हरेक  डिसेम्बर १५ मा पर्छ । नेटल धरान नेपालले पहिलो पटक जैविक सिस्नुको चिया उत्पादन थालेको हो । यो उत्पादनको पहिलो पटक प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद जयकुमार राई र प्रदेश सभा सदस्य प्रदीप भण्डारीले प्रवद्र्धन […]

अलैंची उत्पादन घट्यो

रासस/ लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ । मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन् । अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ । गत वर्ष ८२१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलैँची उत्पादन हुने अनुमान गरिएको महासंघका […]

यसरी घट्दैछ सुन्तलाकाे उत्पादन

धरान/बोट मर्ने, किरा लाग्ने कारण हरेक वर्ष सुन्तला उत्पादनमा ह्रास आइरहेको छ । भोजपुरका सुन्तला कृषक भूपाल राई सुन्तलामा किरा लाग्ने कारण चिन्तित छन् । गत साल १० गाडी सुन्तला बेचेका राईले यसपल्ट आधा पनि नहुने बताए । ‘पोरको त आधा जति पनि हुँदैन ।’ कृषक राईले फोन सम्पर्कमा भने । उनका अनुसार भोजपुरमा बोट […]

1 2 3 140
ताजा अपडेट