३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भोलि हुँदैछ उम्मेदवारी दर्ता

काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक ५ गते आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम […]

झापामा चुनावी दौडबाट बाहिरिए प्रभावशाली नेता

झापा । निर्वाचन क्षेत्रमा भएको हेरफेर र दलहरूबीच बन्दै गरेको गठबन्धनले धेरै नेतालाई आउँदो चुनावमा टिकटविहीन बनाइदिएको छ । केही क्षेत्रमा त विगतमा टिकट लिनका लागि दौडमा सामेल हुने नेताहरू यसपटक त्याग्नका लागि प्रतिस्पर्धा गरेको अनौठो दृश्य पनि देखापरेको छ । झापामा कांग्रेस र एमालेबाट उम्मेदवार बनेर विगतका हरेक निर्वाचनमा जित्दै आएकाहरू नै यसटक चुनावी […]

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री विश्वकर्मा

काठमाडौँ/ वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराइ छाड्ने बताएकाे छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले मुलुक निर्वाचनतर्फ होम्मिएको चर्चा गर्दै तोकिएकै समयमा निर्वाचन हुनेमा जोड दिएकाे हाे । मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा काँग्रेससँग सहकार्य गरेर फाइदा लिएको (माओवादी केन्द्र)ले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा […]

राप्रपा प्रजातान्त्रिकले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन

दमक । झापाको ५ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले पनि प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनका लागि उम्मेदवारहरु तय गरेको छ। राप्रपा प्रजातान्त्रिकको जिल्ला समितिले जिल्लाका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिसत गरेको छ। प्रतिनिधिसभा सदस्य तर्फ क्षेत्र नम्बर १ मा घनश्याम लामिछाने, २ मा मनोजकुमार बोहोरा, ३ मा रोहितचन्द्र सिंह राजवंशी, ४ […]

लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको : अध्यक्ष यादव

विराटनगर/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै सो गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना भने रहेको स्पष्ट पार्नुभयो । आपसी समझदारीमा सो पार्टीसँग सिटको तालमेल हुने उनको भनाइ थियो । उनले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा […]

फोरम अध्यक्ष यादव सुनसरीको क्षेत्र नं २ बाट सिफारिस

इनरुवा/ संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिस गरेको छ । पार्टीको जिल्ला बैठकले यादवको नाम क्षेत्र नं २ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ । सुनसरीको क्षेत्र नं २ बाट यादव र सचिव पर्शुराम बस्नेतको पनि नाम सिफारिस गरेको […]

दाहाल प्रचण्ड अभिवादन गर्दै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बीच बुधबार पार्टी एकीकृत घोषणा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अभिवादन गर्दै ।

सिटौलाले झापा ३ नम्बर निर्वाचन क्षेत्र छाडेको हल्ला निराधार

बिर्तामोड । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्वर ३ बाट चुनाव नलड्ने भनेर चलाइएको हल्ला प्रायोजित भएको नेपाली कांग्रेस झापाले जनाएको छ । झापा क्षेत्र नम्वर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताए । सिटौलाले झापा क्षेत्र नम्वर ३ […]

निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

धुलिखेल/ प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेकाे छ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालीमको आज यहाँ उद्घाटन गर्दै उनले आयोग निर्वाचनको व्यवस्थापन तथा […]

आगामी निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरी भर्ना

काठमाडौँ । सरकारले १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि सो संख्यामा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न […]

1 2 3 53
ताजा अपडेट