सयौँ ग्राहकलाई ठगेर भारतीय नागरिक बेपत्ता

रासस/ स्थानीय सिर्जनाचोकमा व्यापार गर्दै आएका एक भारतीय नागरिक सयौँ ग्राहकलाई ठगेर बेपत्ता भएका छन् । अक्सिजन ट्रेडर्सको नामबाट व्यापार गर्दै आएका राजेन्द्र थेङ्वेलले सस्तो मूल्यमा इलेक्ट्रोनिक्स तथा फर्निचरलगायतका सामान उपलब्ध गराइदिन्छु भन्दै अग्रिम भुक्तानी लिएकामा एकाएक आज बेपत्ता भएपछि ग्राहकहरु विचल्लीमा परेका हुन् । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा उपलब्ध गराउने आश देखाएर ग्राहकले […]

इपिएल क्रिकेट : ललितपुर प्याट्रियट्स विजयी

रासस/ राजधानीमा आजदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिङ रोजेको ललितपुरले काठमाडौँ किङ्स इलाभेनलाई सात विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको ९० रनको लक्ष्यलाई ललितपुरले १६.३ ओभरमा तीन विकेट गुमाउँदै पुरा गर्यो । ललितपुरका […]

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

उदयपुर/ श्रीमतिको हत्या आरोपमा श्रीमान् सोमबार पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका २ भुट्टारकी ४२ वर्षीया गीता भन्ने गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान् सीताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। आईतबार बिहान घरमै झुण्डिएर मृत अवस्थामा फेला परेकी दाहालको श्रीमान्बाटै हत्या भएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। माईती पक्षले […]

एम्बुलेन्सलार्इ विवाहकाे भाेजमा समेत प्रयाेग

रासस/ भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागेको छ । पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आफ्ना कर्मचारी बोक्ने र आफन्तलाई पार्टीमा […]

इन्जिनियर यादव घुससहित पक्राउ !

इन्जिनियर रामबहादुर यादव ८० हजार घुससहित पक्राउ परेका छन् । कन्सट्रकसन कम्पनी दर्ताका गर्न जिल्ला प्राविधिक कार्यालय सिरहाबाट सिफारिस दिन यादवले घुस माग गरेको खुल्न आएको छ । इटहरीबाट खटिएको अख्तियारको टोलीले सेवाग्राही संग लहान स्थित महाबिर होटेलमा घुस लिदै गर्दा पक्राउ गरेको हो । इन्जिनियर यादव जिल्ला प्राविधिक कार्यालय सिरहाको कर्मचारी हुन् ।

१ नम्बर प्रदेशको राजधानी काेशी किनार क्षेत्रमा बनाउन माग

उदयपुर/ १ नम्बर प्रदेशको राजधानी उदयपुर र सुनसरीको सीमा क्षेत्रमा बनाउन माग गरिएको छ। एक नम्बर प्रदेशको १४ जिल्लाको बीचमा पर्ने कोसी किनारा क्षेत्रमा बनाउन माग गरेका हुन्। उदयपुरका विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवि र पत्रकारले कोसी किनार क्षेत्रमा बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन्। नेकपा एमाले उदयपुरका नेता भागवत राउतले सुनसरी र उदयपुरको सीमामा पर्ने […]

म्यादी प्रहरीद्वारा आन्दोलित

दोलखा । श्रम शोषण र पारिश्रमिकमा विभेद गरिएको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् । पारिश्रमिक र खानामा विभेद गर्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षामा खटिने म्यादीलाई ज्यामीको काम समेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सदरमुकाम चरिकोटमा सोमबार आन्दोलित बनेका म्यादीमाथि प्रहरीले लाठी चार्ज पनि गरेको छ । त्यसक्रममा म्यादी प्रहरी संगीता […]

यस्ता रोगका बिरामीले मासिक ५ हजार भत्ता पाउने

काठमाण्डौ/ सरकारले तीन ठूला रोगका बिरामीलाई मासिक ५ हजार भत्ताको व्यवस्था गर्ने जनाएको छ । मृगौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालासिस भएका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने मन्त्रालयले निर्णय गरेको हो । स्वास्थ्यमन्त्री दीपक बोहराले बिरामीको जीवनयापनलाई सहज बनाउनको लागि प्रतिव्यक्ति पाँच हजारको दरले जीविकोपार्जन भत्ता दिने तयारी गरेको हो ।  […]

सुनचाँदीकाे भाउ

नेपाली बजारमा आज छापावाल सुन तोलाको ५४ हजार ३०० मा कारोबार भइरहेको छ । तेजावी सुन  भने तोलाको ५४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी तोलाको ७२० मा कारोबार भइरहेको छ ।

मौसमको फल सुन्तला

पोखराको तरकारी तथा फलफूल थोकबजारमा गोरखा, तनहुँ कास्की, स्याङजा, पर्वतलगायत जिल्लाबाट खरीद गरी बिक्रीका लागि ल्याइएको सुन्तला ।

1 2 3 887
ताजा अपडेट