सलमानको ‘टाइगर जिन्दा है’को पोष्टर सार्वजनिक

एजेन्सी/ बलिउडका ‘सुल्तान’ सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा है’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । सलमान खानले दिपावलीको शुभकामना दिँदै आफ्नो फेसबुक पेजमार्फत फिल्मको पहिलो अनुहार सार्वजनिक गरेका हुन् । पोष्टरमा सलमानले हातमा बन्दुक लिएका छन् भने अनुहारमा क्रोध देखिन्छ । डिसेम्बर २२ मा रिलिज हुने यो फिल्ममा सलमानसँगै कैटरीना कैफ पनि मुख्य […]

ब्लाष्टकर्मी पुरी सहित आठ सम्मानीत

इटहरी/ इटहरीको सबैभन्दा पुरानो क्लब राष्ट्रिय जागृती (राजा) क्लबले इटहरीमा एक कार्यक्रम आयोजना गरी ब्लाष्टका सम्वाददाता धनबहादुर पुरी र पत्रकार हिमाल दाहाल सहित विभिन्न क्षेत्रमा योगदान पुप्याएको भन्दै आठ जना व्यक्तिहरुलाई सम्मान गरेको छ । विभिन्न क्षेत्रबाट इटहरीको विकासको लागि योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरेको हो । पुरी र दाहाल सँगै क्लबले प्राध्यापक डा. […]

संस्कृतिको जर्गेना गर्न भैलो

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले कलाकार कल्याणकारी कोष स्थापना र लोक संस्कृतिको जर्गेनाका लागि भैलो खेल्न सजिएका कलाकार ।

विस्तारै बाँदर झैं बन्दैछिन् बालिका

एजेन्सी/यी बच्ची जहाँ जहाँ जान्छिन् उनलाई मानिसहरुले घुरेर हेर्छन् । उनले जे काम गर्छिन् मानिसहरुले अनौठो नजरले हेर्छन् । कारण यत्तिमात्र हो की उनको अनुहार पूरै भुत्लाले ढाकिएको छ । सोही कारण मानिसहरुले उनको नाम नै बदलेर बाँदरमुखे अर्थात् मंकी फेस राखिदिएका छन् । यिनको वास्तविक नाम सुपात्रा सासुफान हो । थाइल्याण्डको बैंकककी सुपात्राको अनुहार […]

मनाइयो कुकुर तिहार, नरक चतुर्दशी

काठमाडौँ/ यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो । कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान सबेरै उठेर नजिकको नदी, पोखरी वा तलाउ गई नरक स्नान गरी तर्पण गरेर यम दीपबाली दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । […]

प्रहरीसँग ‘सेटिङ’ मिलाएर भित्रिन्छ पटका

झापा/केहि दिन अघि इलाका प्रहरी कार्यालय काकँरभिट्टाले चाडपर्वको समय २० हजारको पटका बरामत गरेको भन्दै पत्रकार सम्मेलन को आयोजना गरियो । उता सशस्त्र प्रहरी बल काकँरभिट्टाले हाल सम्म कति पटका बरामत गरेको छ कुनै सूचना सार्वजनिक गरेको छैन् । भारतीय नाका सँग जोडिएको पूर्वी नाका काकँरभिट्टाबाट अबैध रुपमा लाखौ परिणाममा पटका लगायत झिलिमिली र बिजुली […]

लडेर कामदारको मृत्यु

लहान/सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत एक कामदार लडेर मृत्यु भएको छ । विद्युत् मर्मत गर्ने क्रममा लडेर मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत कामदार मोरङको विराटचोक निवासी २० वर्षीय मनिस चौधरीको मृत्यु भएको हो । विद्युत् मर्मत गर्ने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको सिरहाको कर्जन्हास्थित फूलकुमारी मिमोरियल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको […]

राशिफल – Horoscope

वि.सं. २०७४ साल कात्तिक १ गते। बुधबार। इश्वी सन् २०१७ अक्टोबर १८ तारिख। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्दशी, २३:३७ बजेउप्रान्त औंसी।  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी […]

‘गरिबका छोराछोरी कम्युटर चलाउन पाउदै छन्’

काकरभिट्टा/ बिपन्न तथा गरिबले अध्यय्न गर्ने थलोका रुपमा सरकारी बिद्यालय मानिन्छ । तिनै बिद्यालयका बिद्यार्थीहरु जो अतिरिक्त कृयाकलापमा अब्बल हुने गरेका छन् । नेपाली बिद्यालय अध्धयन गर्ने बिद्यार्थीहरु पछिल्लो समय बिभिन्न क्षेत्रमा सकृया हुने गरेको पाईन्छ । त्यस्तै झापाको काँकरभिट्टा स्थित काकरभिट्टा माध्यमिक बिद्यालयमा आधुनिक कम्प्युटर ल्याब उपलब्ध भएको छ। यसले गर्दा यहाँ अध्यय्न गर्ने […]

विद्यालयबाट दुई बालक बेपत्ता

जितपुर/ यहाँ गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन् । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ […]

ताजा अपडेट