युक्रेनमा प्रसिद्ध पत्रकारको हत्या

किभ / मध्य युक्रेनमा बुधबार एक जना प्रसिद्ध पत्रकारको हत्या भएको समाचार छ । बुधबार बिहान उनलाई कारबम हमला गरी हत्या गरिएको समाचारमा जनाइएको छ । युक्रेनका वरिष्ठ पत्रकार पाभेल सेरेसमतको कारबमले हमला गरी हत्या गरिएको फ्रान्सेली समाचार समिति, एएफपीका समाचारदाताले टेलिफोनबाट जानकारी दिएका छन् । उनी युक्रेनिस्का प्रभदा नामक सञ्चारगृहका पत्रकार थिए ।  उनी […]

योगाभ्यास गर्ने योग भवनको सिलान्यास

धरान / धरानमा पतञ्जली योग समिति तथा महिला समितिले दैनिक योगाभ्यासका लागि योग भवन निर्माण गर्ने भएको छ । त्यसको बुधबार बिहान सिलान्यास गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले भवनको सिलान्यास गरे । धरान–३ मा ७ धुरमा निर्माण हुन लागेको योग भवनको लागि हिरा उदासलाई अर्थ संकलन तथा भवन निर्माण समितिको संयोजक तोकिएको […]

नयाँ प्रमको निर्वाचन संविधानको धारा २९८ अनुसार: काँग्रेस

काठमाडौँ /  नेपाली काँग्रेसले संसद्मा अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचन संविधानको धारा २९८ र व्यवस्थापिका–संसद् नियमावली २०७३ को नियम ४९ बमोजिम सम्पन्न हुने स्पष्ट पारेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले नयाँ सरकार गठनमा चुनौती छ भन्ने अफवाहका बारेमा संसदीय प्रणालीमा त्यस्तो कुनै संवैधानिक जटिलता नरहेको निष्कर्ष बैठकले […]

दाईजो नपाउदा पत्नी बन्धक !

वीरगन्ज / वीरगञ्जका एक शिक्षकले श्रीमतीलाई वन्धक बनाएर राखेको खुलासा भएको छ । आफ्नै घरमा दश दिनदेखि बन्धक बनाइएकी ममता कुमारी पाण्डेलाई प्रहरीले उद्धार गरेपछि घटना सार्वजनिक हो । वीरगन्ज ३० स्थित गोल्डेन वाटिका इंग्लीश बोर्डिङ स्कुलका शिक्षक अनिल यादवले आफनै श्रीमती ममता कुमारी पाण्डेलाई दश दिन देखि घरमै थुनेर बन्धक बनाएका थिए । ममताका […]

डा केसी बचाउन बारको ध्यानाकर्षण

काठमाडौँ / नेपाल बार एसोसिएसनले चिकित्सा क्षेत्रको सुधारको विषयलाई लिएर अनशनमा बस्नुभएका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाको पहल गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । बारका महासचिव खम्मबहादुर खातीले आज प्रेस विज्ञप्ति जारी गरी नेपालको चिकित्सा शिक्षा र सेवा गुणस्तरीय सेवाको अडान राखी पटक–पटक भोक हडतालमा बस्नुभएका केसीको जीवनरक्षाका लागि सम्बन्धित निकाय […]

अतिथि गृह दमकल घर बनाउने

File Photo राजविराज /  राजविराज १ स्थित ऐतिहाँसिक अतिथी गृहलाई नगरपालिका कार्यालयले दमकल घरको रुपमा प्रयोग गर्ने योजना सहित निर्माण कार्य सुरु गरेपछि स्थानीवासी विरोधमा उत्रिएका छन् । नगरपालिका कार्यालयले सप्तरीको ईतिहाँस र पहिचानसँग जोडिएको संरचनालाई ध्वस्त पार्न लागेको र अतिथि गृहलाई दमकल घरका रुपमा परिणत गरी विस्तारै कन्टेनर वनाउन खोजेको भन्दै स्थानीयवासीले विरोध जनाएका […]

शिक्षा सदनका गुरुहरु पूर्वविद्यार्थीबाट अभिनन्दित

धरान / गुरु पूर्णिमाको अवसरमा मंगलबार शिक्षा सदन उच्चमाविका पूर्व विद्यार्थीहरुले शिक्षकहरुलाई अभिनन्दित गरेका छन् । २०५१ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले २४ जना गुरुहरुलाई एकसाथ अभिनन्दित गरेका हुन् । हाल विभिन्न पेशामा आवद्ध विद्यार्थीहरुले गुरु–गुरुमालाई अभिनन्दन गर्दै सम्मान गरेका छन् । गुरुलाई स्मरण गर्ने दिनको रुपमा रहेको गुरु पूर्णिमालाई सार्थक बनाउनको लागि गुरुहरुलाई अभिनन्दित गरिएको समूहका […]

छात्रबृत्तिबाट बालबालिका बञ्चित

इलाम / अपाङ्गता भएका बालबालिकाको परिचयपत्र नहुँदा सरकारले प्रदान गर्ने छात्रवृत्तिबाट धेरै बालबालिका वञ्चित भएका छन् । जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत करिब २०० भन्दा बढी अपाङ्गता भएका बालबालिका परिचयपत्र नभएकै कारण छात्रवृत्तिबाट वञ्चित हुनुपरेको जिल्ला शिक्षा कार्यालय इलामको लेखाजोखा केन्द्रका प्रकाश चापागाईंले बताए । परिचयपत्रका लागि यसअघि गाउँ–गाउँमा गएको नागरिकतासहितको घुम्ती शिविरमा अभिभावकले वास्ता नगर्ने तथा […]

महान्यायाधिवक्ताद्वारा राष्ट्रपतिलगायतमा पुनःनिर्वाचनको सङ्केत

धरान/महान्यायाधिवक्ता हरि फुँयालले संविधानको सङ्क्रमणकालीन व्यवस्थामा प्रधानमन्त्री पुनःनिर्वाचित हुने व्यवस्था नभए पनि राष्ट्रपतिलगायतको पुनःनिर्वाचनको व्यवस्था रहेको बताएका छन् । सोमबार साँझ ब्लाष्टसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गरे राष्ट्रपति–उपराष्ट्रपतिलगायतको पुनःनिर्वाचन हुन सक्ने सङ्केत गरे । फुँयालले प्रधानमन्त्री केपी शर्मा ओली पद त्याग गरी सत्ता हस्तान्तरणका लागि तयार रहेको तर संवैधानिक व्यवस्थाका कारण समस्या भएको […]

सप्तकोशीको बहाव यो वर्षकै उच्च मापन

सुनसरी / पहाडी क्षेत्रहरुमा परेको अविरल बर्षाको कारण सप्तकोशीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । वर्षाका कारण विभिन्न खोला तथा नदीहरु बढ्दा त्यसको प्रत्यक्ष प्रभाव सप्तकोशी नदीमा पर्ने गरेको छ । सातवटा नदीहरु मिलेर बनेको सप्तकोशी र त्यससँग मिसिने अन्य खोलाहरुको पानी आउँदा सप्तकोशीको बहाव यसवर्षको उच्च मापन गरिएको हो । गए राति पानीको […]

ताजा अपडेट