अब कांग्रेस पुर्नजागरण अभियान प्रारम्भ

काठमाडौं/ कांग्रेसलाई २००७ सालको जस्तै जुझारू तथा २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय बनाउने संकल्प सहित सोमवार पार्टी पुनर्जागरण अभियानको प्रारम्भ भएको छ । काँग्रेस नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ् , रामहरि खतिवडा र प्रदीप पौडेल लगायतका नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर पार्टीलाई पुनर्जागरण अभियान सुरु गरेका छन् । २१ औं शताब्दि अनुकुलको […]

मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की

काठमाण्डौ/ प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले संचारमाध्यहरुले अष्टलक्ष्मी शाक्यलाई मात्र मुख्यमन्त्रीको रुपमा हेर्ने गरेको तर आफू धेरै पहिलेदेखि नै तयार भएर बसेको खुलासा गरेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै पौडेलले एमालेभित्र प्रदेश तीनको मुख्यमन्त्री बन्नका लागि अरु पनि सक्षम र योग्य व्यक्ति छन् भन्ने कुरा मिडियाले नबुझेको उनको भनाई थियो […]

प्रकाशमानले देउवालाई नछोड्ने

काठमाडौं/ सरकारबाट बाहिरिने बित्तिकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सत्ता हत्याउने कसरत सुरु गरेका छन् । तर उनलाई पार्टीको सत्ता त्यति सजिलै हात पर्न नदिन अर्का नेता प्रकाशमान सिंह कम्मर कसेर तयार भएका छन् । कांग्रेस संसदीय दलको नेता कसलाई बनाउने भन्ने बिषयमा युवा नेताहरुवीच घनिभूत छलफल चलिरहेका बेला पूर्व महामन्त्री प्रकाशमान सिंहको संभावनामाथि […]

पैसामा मन्त्री पद बाँडेको भन्दै एमाले सांसद शाहीले दिए राजीनामा

काठमाडौं/ प्रदेश ६ को मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेर पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका हुन् । राजिनामा दिन सुर्खेतबाट सोमबार विहान काठमाडौं झरेका शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाकमार्फत […]

ईश्वर पोखरेल अर्थमन्त्री बन्ने, अरु को–को जाने भए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाट महासचिव ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेर सरकारमा ल्याउने भएका छन् । पोखरेलसँगै सचिव प्रदिप ज्ञवालीपनि सरकारमा जाने भएका छन् । ज्ञवाली परराष्ट्र वा सञ्चारमध्ये एक मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरि सहभागी हुँदैछन् । २ नम्बर प्रदेशबाट एमाले पोलिटब्युरो सदस्य रघुवीर महासेठ पनि सहभागी हुने भएका छन् । सचिव […]

संसदीय दलमा देउवालाई सर्वसम्मत नदिने तयारी

काठमाडौं । कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ। महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन्। संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता बन्ने तयारीमा छन्। स्रोतका अनुसार महामन्त्री कोइराला सर्वसम्मत हुने अवस्थामा अघि सर्ने मनस्थितिमा […]

आर्थिक विकासमा समय खर्च गर्नुपर्छ: मुख्यमन्त्री राई

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आर्थिक विकास र समृद्धिकोे एजेण्डमा सिङ्गो ध्यान, शक्ति समय खर्च गर्नुपर्ने बताएका छन् । उनले राजनैतिक क्रान्ति पुरा भएकोले अब आर्थिक क्रान्तितर्फ अगाडी बढनुपर्नेमा जोड दिए । विराटनगरमा आइतबार उद्योग संगठन मोरङ र मोरङ व्यापार संगठनले संयुक्त रुपमा गरेको मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै राईले विराटनगरको भित्री […]

प्रदेश १मा कांग्रेसले संसदीय दलको नेता छान्न सकेन

माेरङ/  प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसद सुरु भएको १४ दिन बितिसक्दा पनि अझै संसदीय दलको नेता छान्न सकेको छैन । संसदीय दलको नेतामा ४ जनाको नाम आएपछि त्यसको लागि निर्वाचन गर्ने तयारीमा नेपाली कांग्रेस लागेको छ । संसदीय दलको नेतामा कसैको नाममा सहमति नजुटेपछि चुनावमा जाने तयारी गरेको हो । […]

काँग्रेसको चेतावनी ओली सरकारलाई पूर्व सरकारको निर्णय उल्टयाए ठिक नहुने

काठमाडौं/ प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने निष्कर्ष कांग्रेसको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार यस विषयमा आफू नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका यज्ञबहादुर थापालगायतका नेताहरूसँग अनौपचारिक छलफल गरेका छन् । […]

पूर्व सरकारको कुन कुन निर्णय उल्टाउँदैछन ओली सरकार ?

काठमाडौं/ सरकारले पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी गरेको खबर आजको राजधानी दैनिकमा छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कृष्ण पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यो सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छैनन् । सचिव प्रदीप ज्ञवालीले […]

1 2 3 261