७४ सिटको भागबण्डा एमाले ४१, माओवादी ३३

काठमाडौं । वाम एकता भन्दै मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभामा चुनावी तालमेलको निर्णय गरेका एमाले र माओवादी केन्द्रले प्रदेश सभाका लागि ३२ जिल्लाका ७४ सिटको बाँडफाँड टुंगो लगाएका छन् । बाँडफाँडमा सहमति भए अनुसार मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि ३२ जिल्लाका ७४ सिटमध्ये एमालेले ४१ र माओवादीले ३३ सिट […]

दीपावलीले नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस्  राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्। दीपावलीको अवसरमा शुभकामना दिँदै उनले प्रत्येक नेपालीको घर–घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गरेकी छन् […]

दुई दर्जन सरकारी कार्यालय खारेज अन्योलमा

काठमाडौँ । केन्द्रीकृत शासन प्रणालीअन्तर्गत स्थापित करिब तीन दर्जन सरकारी कार्यालयमध्ये दुई दर्जन कार्यालय खारेज हुने सूचीमा परे पनि सरकारले अहिलेसम्म खारेज प्रक्रिया अघि बढाउन सकेको छैन। दुई वर्षअघि नै खारेज हुनुपर्ने कार्यालय यथावत् छन् । ती कार्यालय खारेज गरी तिनले दिने सेवा र काम स्थानीय तहबाट हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले कार्यान्वयन गर्न […]

कमल थापाले पाए उर्जा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं राखेका छन् । मंगलबार अपराहृन नयाँ मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको हो । माओवादीलाई जिम्मेवारीबाट हटाएर खाली गराइएको परराष्ट्र मन्त्रालय पनि प्रधानमन्त्रीले आफैं राखेका छन् । शनिबार सपथ ग्रहण गरेका […]

कार्यकारी निर्देशक खड्कालाई काममा लगाउन सहमति प्रदान

काठमाडौँ (रासस)/निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ । आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसंग सहमति माग गरेको थियो । सरकारले कार्यकारी पदमुक्त गरेकोमा सर्वाेच्च अदालतले निर्देशक खड्कालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो । सर्वाेच्चको आदेशपछि काममा फर्कनुभएका खड्कालाई […]

छ क्विन्टल गाँजा नष्ट

पोखरा/लागुऔषध नियन्त्रण महाअभियानअन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–३३ का विभिन्न स्थानमा करिब छ क्विन्टल परिमाणको गाँजा मंगलबार नष्ट गरिएको छ । लागुऔषध नियन्त्रण महाअभियान पोखरा लेखनाथ ३३ का संयोजक गणेश ढकालका अनुसार वडाका मनियलडाँडा, हुँडिकोट, भर्तिपोखरा, डाँडागाउँ र जिव्रेढुङ्गा लगायतका स्थानमा गाँजा फडानी गरिएको हो । गाँजा फडानीमा भरतपोखरी प्रहरी चौकी इञ्चार्ज टीकाराम न्यौपाने नेतृत्वको प्रहरी टोली, डाँडानाक […]

संयुक्त राष्ट्रसंघमा नेपाल सर्वाधिक मत ल्याएर निर्वाचित

धरान/नेपाल सर्वाधिक मत ल्याएर संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित बनेको छ । अमेरिकाको न्युयोर्कमा सोमबार साँझ भएको निर्वाचनमा नेपालले १६६ मत ल्याएर विजयी बनेको हो । परिषद्को सदस्यमा एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित कतार, पाकिस्तान र अफगानिस्तान विजयी बनेका छन् । नेपालले १६६ मत ल्याउँदा कतार १५५, पाकिस्तान १५१ र अफगानिस्तान १३० मत ल्याएका थिए […]

कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता

काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणा गरिएको छ । दुई दलबीच हिजै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आज गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको एकता घोषणामा नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ । पार्टी एकतापछि कांग्रेस सभापति शेरबहादुर देउवाले […]

छब्बीस हजार चालकले विना लाइसेन्स सवारी चलाउँछन्

काठमाडौँ/ काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३-७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो ।  महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र […]

दलले बुझाए समानुपातिक सूची

काठमाडौँ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले आइतबार निर्वाचन आयोगमा उम्मेदवारको मनोनयन सूची दर्ता गरेका छन् । बिहान १० देखि ५ बजेसम्म मनोनयन सूची बुझाउने समय तोकिए पनि दलहरूले आन्तरिक तयारी पूरा गर्न नसक्दा मध्यरातसम्म आयोगमै बसेर सूची बुझाएका हुन् । आयोगले आइतबार रातभरि कार्यालय खुला राखेर टोकन […]

1 2 3 306
ताजा अपडेट