प्रमको भारत भ्रमणका एजेन्डा

गत साउनमा आएको बाढीले पूर्व झापादेखि पश्चिम कैलालीसम्मका नागरिकहरु डुबानमा परे । पूरै भूभागमा एकै साथ यस्तो विपत्ति कमै आउँछ । सानातिना खहरेमा आएको बाढीले बस्ती डुबानमा पयो । भारतीय पक्षबाट नेपालको सिमानानजिक पूर्व–पश्चिम पैmलिने गरी बनाइएका अग्ला बाँध र सडकका कारण दक्षिणी सीमावर्ती क्षेत्र जलमग्न भयो । भारतीय पक्षले एकतर्फी रुपमा बनाएका बाँधको कारण […]

सरकार जिम्मेवार बन्नु पर्छ

विभिन्न माग लिएर डा. गोविन्द केसी अहिले अनशन बसिरहेका छन् । यो उनको ११ औं अनशन हो । उनको अनशनप्रति चिकित्सा क्षेत्रका एकाधबाहेक सबैको समर्थन रहेको पाइन्छ । उनको माग जायज भएको टिप्पणीहरु उठिरहेका छन् । सरकारले माग पूरा गर्ने सहमति गरेपनि समाधान नगरेपछि उनी ११ औं पटक अनशन बस्नु परेको हो । यो कुराले के पुष्टि गर्छ भने सरकार […]

धरानको मतगणना विवाद अझै सुल्झिएन

धरान । धरानमा उपमहानगरपालिकामा मत गणनाको क्रममा गणक कर्मचारीहरुले ‘एउटाको मत अर्कोकोमा गणना गरेको’ भन्दै सुरु भएको विवादको समाधान अझै हुन सकेको छैन् । अहिले एमालेबाहेकका अन्य दलहरुले भने पुनः मतगणना हुनु पर्ने माग राख्दै आएको छ । सोमबार राति करिव ११ बजेदेखि मतगणना स्थगित छ । बिहान ७ बजेदेखि सर्वदलीय बैठक बस्दै समस्याको समाधान […]

जटिलता अन्त्य हुने आशा

निकै लामो छलफल, विवाद र बहसपछि अन्ततः सरकारले दोस्रो चरणको निर्वाचन एक साता पर सार्ने निर्णय गरेको छ । निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई पनि सहभागी गराउने उद्देश्यले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको छ । गत शनिबारदेखि नै दलहरुबीच भएका बहुपक्षीय र द्विपक्षीय बैठकहरुमा निर्वाचन सार्ने […]

निर्वाचनमा अन्योल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुने दावी गरे पनि जेठ ३१ गतेको निर्वाचन अन्योलमै छ । राष्ट्रिय जनता दल (राजपा) नेपाललाई पनि निर्वाचनमा सहभागी गराउने प्रयासमा सत्तारुढ दलहरु सक्रिय छन् । प्रमुख प्रतिपक्षी दल एमालेले पनि केही लचक भएको सङ्केत गरेको छ । यद्यपि स्थिति सहज भने भइसकेको […]

दोस्रो चरणलाई पनि सफल बनाऊ

पहिलो चरणको निर्वाचन अब लगभग मैझारो भएको छ । अधिकांश स्थानीय तहका परिणाम सार्वजनिक भइसकेको छ । पहिलो चरणको निर्वाचनमा एमाले पहिलो दल भएको छ भने त्यसै हाराहारीमा काङ्ग्रेस दोस्रो दल भएको छ । माओवादी केन्द्र भने तेस्रो दल भएको छ । अब केही स्थानीय तहका परिणाम मात्र आउन बाँकी छन् भने तीन तहमा निर्वाचन […]

मतदाताको मनोविज्ञान

स्थानीय तहको पहिलो चरणमा भएको निर्वाचनको परिणाम धमाधम आइरहेका छन् । बुधबारसम्म दिएको मतपरिणामअनुसार तीन ठूला दलहरु काङ्ग्रेस, एमाले र माओवादी नै अग्रपङ्क्तिमा देखिएका छन् । पछिल्लो संविधानसभा निर्वाचनमा निकै राम्रो मतका साथ चौथो स्थानमा उपस्थिति देखाएको राप्रपा भने यसपटक धेरै खस्किएको देखिएको छ । अधिकांश स्थानमा राप्रपा निकै पछाडि छाडिएको छ । बरु मतदाताहरुले […]

निर्वाचन आचारसंहिताको उल्लङ्घन

यही वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुँदैछ । बाँकी प्रदेशहरु १, २, ५ र ७ मा जेठ ३१ गते स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले कार्यक्रम घोषणा गरिसकेको छ । यस क्रममा निर्वाचन आयोगले देशैभरि निर्वाचन आचारसंहिता जारी गरेको छ र यसलाई पालना गर्नु सबैको कर्तव्य […]

अपराध र राजनीति

देशमा अराजकता र बेथिति नभएको कुनै क्षेत्र छैन । राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य आदि कुनै पनि क्षेत्रमा अनुशासन छैन । यसको कारण दण्डहीनता नै हो । दण्डहीनताकै कारण भ्रष्ट र आपराधिक मनोवृत्ति भएका व्यक्तिहरुको मनोबल बढिरहेको छ । उनीहरु देखादेखी नै कानूनको उल्लङ्घन गरिरहेका छन् तर सम्बन्धित निकाय तिनलाई केही गर्न नसक्ने अवस्थामा पु¥याइएका छन् […]

हार्दिक शुभकामना !

पुरानो वर्ष विदा भएर आजदेखि विक्रमको नववर्ष प्रारम्भ भएको छ । २०७३ साल राजनीतिक रूपमा त्यति सफल नभए पनि ऊर्जाको क्षेत्रमा भने यसले नयाँ आशा सञ्चार गरेको छ । गत वर्ष यसै बेला १८ घण्टासम्म अँध्यारोमा बसेका जनता अहिले चौबीसै घण्टा उज्यालोमा छन् । राजनीति भने अहिले पनि अँध्यारोमै छ । सरकारले संविधान संशोधनसम्बन्धी अघिल्लो […]

1 2 3 14