भेडेटारमा ३ दिने सडक उत्सव हुने

धरान/ पर्यटकीयस्थल भेडेटारमा ३ दिने सडक उत्सव हुने भएको छ । होटल एशोसिएसन अफ भेडेटारको आयोजनामा पौष १६ गते देखी १८ गते सम्म सडक उत्सव हुने भएको हो । पर्यटन प्रवद्र्धनका लागि गरिएको सडक उत्सवमा घरेलु तथा जातीय खानेकुराहरु प्रदर्शनमा राखिने होटल एशोसियसनका अध्यक्ष लीलाराज लावतीले बताएका छन् । उत्सवमा साँगुरीगढीको भेडेटार देखी काम्फेकसम्म विभिन्न […]

यसपटककाे बुढासुब्बा गाेल्डकप अन्तराष्ट्रिय अाधुनिक प्रविधिमा

धरान । अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको लागि आयोकज धरान फुटबल क्लबलाई आधुनिक प्राविधिक उपकरण धरान समाज युकेका पदाधिकारीहरुले सहयोग गरेका छन् । धरान समाज युकेका पदाधिकारीहरु सूर्यमान गुरुङ, राजु लिम्बू, अन्जन कुमार गुरुङ, निर्मल दास गुरुङ र किरण शर्माले उक्त सहयोग सामाग्री उपलब्ध गराएको ‘प्रोफेसनल रेफ्रि कम्युनिकेशन सिस्टम’ ले खेलको ‘फेयर डिसिजन’ सहि […]

शिवसताक्षी नगरपालिकामा शनिबार पनि काम

शनिश्चरे । शनिबार र बिदाका पनि सरकारी कार्यालय खुल्छ भन्ने कुरा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, झापाको शिवसताक्षी नगरपालिका कार्यालय शनिबार पनि खोलेर कर्मचारीले सेवाग्राहीको काम गरिरहेका हुन्छन् । कतिपय कार्यालय समयमा समेत आलेटाले गरेर समय कटाउने परिपाटी देखिने गरेको अवस्थामा शिवसताक्षीका कर्मचारीको अतिरिक्त समयको काम उदाहरणीय बनको छ । कामको भार बढी भएको […]

माछाबाट वार्षिक १० लाख

सुनसरी (बक्लौरी)/झट्ट हेर्दा रामधुनी–७ चौसठ्ठीविगाहाका शशीकुमार वान्तवा राईलाई कृषक जस्तो देखिदैन । र, उनी गाउँका आममानिस झै कृषिकर्म पनि गर्र्दैनन् । तर, उनी व्यवसायिक कृषक हुन् । उनको कृषिकर्म तरकारी खेती, बाख्रा, कुखुरा, गाईभैसी, बंगुर पालन भने गर्दैनन् । उनी माछा पालक कृषक हुन् । जग्गा लिजमा लिएर माछा पालन गर्दै आएका राई २०६२ सालदेखि […]

देउवालाई नेम्वाङको आग्रह

नेकपा एमालेका नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्। आइतबार बिहान पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाउँदै नयाँ सरकारका लागि तत्काल बाटो खोलिदिएर सहमतीय वातावरण निर्माण गर्न आग्रह गरेका हुन्। उनले भने, ‘राष्ट्रियसभा विधेयकका […]

एमालेको चिह्नबाट चुनाव जितेका दुई स्वतन्त्र सांसदले के गर्लान् अब ?

काठमाडौं : गएको दशैंका बेला राजपा लगायत विभिन्न पार्टीका मधेसी नेताहरु सम्मिलित स्वतन्त्र राजनीतिक समूहले प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर  प्रतिस्पर्धा गर्ने गरी नेकपा एमालेसँग समझदारी गरे। एमाले र उनीहरुबीचको समझदारीमा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि स्वतन्त्र हैसियत रहने उल्लेख थियो। यसरी एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने समझदारी गर्नेमा राजपाबाट असन्तुष्ट अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठी, बृजेशकुमार […]

देउवाले नियुक्ति गर्ने प्रदेश प्रमुखबाट सपथ लिदैनाैंः अाेली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिएका छन् । नभए सपथ नलिने उनको चेतावनी छ । शनिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको भन्दै असन्तुष्टि जनाए । ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?’ […]

पोयट्री पार्टीमा ‘शब्दहरुको याक्सा’

धरान/कवि मुनाराज शेर्माको ‘शब्दहरुको याक्सा’ माथि शनिबार विमल स्मृति पुस्तकालयमा बहस भएको छ । कविता संग्रहले ‘तर्कवाद र पहिचान’ लाई उठान गरेको कविहरुले बताएका छन् । कवि मनु मञ्जिलले शब्दहरुको याक्सा तर्कसहितको कविता रहेको बताए । ‘यो तर्कसहितको कविता हो । प्रत्येक कवितामा पहिचान आउँछ ।’ उनले भने । उनले मूल स्वरको रुपमा तर्क र […]

विराटनगर विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाइने

रासस/ नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं मोरङ क्षेत्र नं ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले नयाँ प्रविधियुक्त उद्योग स्थापना गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लग्नुपर्ने बताए । उद्योग संगठन मोरङद्वारा आज यहाँ आयोजित प्रतिनिधि तथा प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सांसद पण्डितले विराटनगरको व्यापार वृद्धिका स्थानीय बजार बेलुकी १० बजेसम्म सञ्चालन […]

मोरगंबाट निर्वाचित संसदलाई सम्मान

विराटनगर । मोरङबाट निर्वाचि भएका प्रतिनिधि  र प्रदेश सभाका सांसदहरुलाई उद्योग संगठन मोरंगको स्वागत तथा सम्मान गरेको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी निर्वाचित भएका सांसदलाई स्वागत सम्मान गरेको हो । स्वागत तथा सम्मान कार्यक्रममा उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले लामो संक्रमणकाल पश्चात् भएको निर्वाचनबाट आमजनताको उत्साहजनक सहभागिताले शान्ति र आर्थिक विकासको […]

1 2 3 166
ताजा अपडेट