मौसमको फल सुन्तला

पोखराको तरकारी तथा फलफूल थोकबजारमा गोरखा, तनहुँ कास्की, स्याङजा, पर्वतलगायत जिल्लाबाट खरीद गरी बिक्रीका लागि ल्याइएको सुन्तला ।

अंतरराष्ट्रिय आप्रवासी कामदार दिवस

अंतरराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सोमबार काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको प्रभातफेरीमा सहभागीहरु । भारतफेरी भृकुटीमण्डपबाट सुरु भएर पुतली सडक, बागबजार, रत्नपार्क, हुँदै सोही स्थानमा पुगेर सभामा परिणत भएको थियो ।

नाला गुम्बा

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको नालाको रमणीय गुम्बा । सो गुम्बा पछिल्लो समयमा मानिसहरु घुम्ने गन्तव्यस्थल बनेको छ । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक, रासस

तराईमा चिसो बढेपछि जनजीवन प्रभावित

इटहरी । शनिवारदेखि लागेको हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दैनिक कामकाज गर्नेहरुकालागी चिसो हुस्सुले थप समस्या परेको छ । तराइसँगै सबै क्षेत्रमा चिसो बढेको छ । जाडो याममा चिसो बढ्नु नौलो नभएको मौसमविदले बताएका छन् । राति आकाश सफा हुनाले तापक्रम घटेको र तुसारो परेको मौसमविद्ले बताएका छन् ।

भीमसेनस्थानमा तरकारी किनबेच

इलाम नगरपालिकास्थित भीमसेनस्थान मन्दिरको पेटीमा तरकारी किनबेच गर्दै स्थानीयवासी । तस्बिर : गोविन्द लामिछाने, इलाम, रासस

कम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण

भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरबार क्षेत्रमा रहेको मन्दिर पुनःनिर्माण गर्दै कामदार ।

नगरकोटमा आन्तरिक पर्यटक

भक्तपुरको नगरकोटमा दृश्यावलोकन गर्न पुगेका आन्तरिक पर्यटक ।

समूहमा रकम बचत

कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का समूहमा आबद्ध महिला रकम बचत गर्दै । सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रम अन्र्तगत यहाँका महिलाहरु रकम बचत गरि आत्मनिर्भर हुन थालेका छन ।

अध्यक्ष दाहालले धन्यवाद ज्ञापन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई गाडीबाट धन्यवाद ज्ञापन गर्दै ।

अध्यक्ष ओली विजय सभा सम्बोधन

नेकपा (एमाले), नेकपा माओवादी (केन्द्र) र राप्रपा जिल्ला कमिटी झापाद्वारा रंगशालामा सोमबार आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं। ५ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य केपी शर्मा ओली ।

1 2 3 69
ताजा अपडेट