बलात्कार

    Showing १-३ of items.
  • 'पोल पोलमा सरकार,टोलटोलमा बलात्कार'(फाेटाेफिचर)

    रङ्गेली / ‘पोल पोलमा सरकार,टोलटोलमा बलात्कार’ नारा लगाउदै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्माला पन्तलाई बलात्कार पछी हत्या गर्ने अभियुक्तलाई पक्राउको माग गर्दै विराटनगरका युवाहरुले शनिबार बिरोध प्रदर्शन गरेका छन । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सरकार र मानवअधिकारवादी संघ संस्थाले चलाइरहेकाे अवस्थामा पीडीतले न्याय नपाएकाे भन्आदै उनीहरूले विराेध गरेका हुन ।  निर्मलाको बलात्कार पछि हत्या भएको ४ महिना विति सक्दा पनि सरकारले दोषीलाई पक्राउ र कारवाही गर्न सकेको छैन ।  विराटनगरमा निर्मला हत्याका दोषीलाई कारवाहीको माग गर्दै युवाहरुले निकालेको विरोध  -याल

    • प्रकाशित मितिः मंसिर १५, २०७५
    • १८८ पटक पढिएको
    • यज्ञराज अधिकारी
  • अपाङ्ग बालिका बलात्कृत

    चक्रघट्टी /वराहक्षेत्रकी अपाङ्ग बालिका बलात्कारको शिकारमा परेकी छन् । वराहक्षेत्र नगरपालिका–३ का उमेश विष्टले बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको मुख थुनेर विष्टले रातको समयमा बलात्कार गरेको पीडितले जनाएकी छन् । पिडितकी भाउजुले घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । शनिबार पीडित परिवारले इलाका प्रहरी कार्यालय चक्रघट्टीमा उजुरी दिएका छन् । घटना बिहीबार रातिको हो । फरार विष्टको खोजी कार्य जारी रहेको जनाएको छ । पीडित बालिका दाजुभाउजुसँग बस्दै आएकी छन् । घटनाबारे सबैतिर थाहा पाइसकेका कारणले पनि उनी अहिले स्कुल जान नसक्ने अवस्थामा पुगेकी छन् ।

    • प्रकाशित मितिः मंसिर ४, २०७५
    • २२३ पटक पढिएको
    • ब्लाष्टखबर
  • सिरहामा एक महिनाभित्र ७ बलात्कार

    सिरहा । सिरहामा गत एक महिनाभित्र सातवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । यीमध्ये धेरैजसो बलात्कारका घटना चाडपर्वका समयमा भएका छन् । कात्तिकको पहिलो साता मात्रै चारवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । त्यसैगरी भाइटीकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो । १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कारमा संलग्न तीन जनाको नाम खुलेको र चारजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलले बताएका छन् । सिरहाको सुखिपुर २ मा कात्तिक २७ गते एक २६ वर्षीया महिला बलात्कारमा परेको सार्वजनिक भएक

    • प्रकाशित मितिः मंसिर ३, २०७५
    • १३४ पटक पढिएको
    • गणेशकुमार ठाकुर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved