आज ब्लाष्ट टाइम्स २५ वर्षमा लागेको छ र यो अवसरमा रक्तदान, स्वास्थ्य शिविर, कविता र वक्तृत्वकला जस्ता सप्ताहव्यापी कार्यक्रम गरेर रजतवर्ष मनाइरहेका छौं । विभिन्न सूचना, समाचार र मनोरञ्जनका सामग्रीहरू सञ्चार गर्दै आज २५ औं वर्ष प्रवेशको अवसरमा रजत महोत्सव मनाउने अवसर प्राप्त गरेका छौं र यो अवसर कष्टसाध्य यात्रा तय गरेर प्राप्त भएको छ, जुन यात्रामा हाम्रा आदरणीय पाठकवृन्द, विज्ञापनदाता, सहकर्मी, शेयर सदस्य महानुभावहरू, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू, विभिन्न पार्टीका राजनीतिज्ञहरू, बुद्धिजीवीहरू, पेशाकर्मीहरू, किसान, विद्यार्थीलगायत हजारौं लाखौं शुभचिन्तकहरूको साथ सहयोगमा हामी २५ औं वर्ष
उर्लाबारी/ पूर्बक्षेत्रमा पहिलो पटक उर्लाबारी स्थित मंगलबारे अस्पतालमा डेथ फ्रिजर राखेपछि मृत्यु भएका मान्छे राख्न बाहीर लानु पर्ने अवस्थाको अन्त्य भएको छ । यस अघि मृत्यु भएका मानीसको केही दिन डेथ बडी राख्नु पर्ने अवस्था भएमा धरानमा रहेको अर्धसरकारी अस्पताल बिपी कोईराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउनु पर्ने अवस्था थियो । त्यँहा पनि सिमीत डेथ फ्रिज्र भएकोले पहुचँवालासँग समन्वय गर्दा मात्र सो सुविधा प्राप्त हुने चुलाचुली ईलामका शरण लिम्बुले बताएका छन् । यसैगरी स्थानिय राजनितीज्ञ कमोट फागोले अस्पतालले उक्त सुविधा शुरु गरे पछि मृतकलाई केही दिन राखेर बिदेशमा भएका आफन्त आउन सजिलो भएको बताएका
पछिल्लो समय विकास र समृद्धिको कुरा आवश्यकता भन्दा बढीनै भइरहेको महशुस हुन्छ । यो साझा सवाल बनि रहेको छ । वास्तवमा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई नै विकास भनिन्छ । सार्वभौमतः यो अघिल्लो भन्दा गुणात्मक रुपमा नै फरक हुन्छ । अर्थात वस्तु वा व्यक्तिको बढ्ने र परिवर्तन हुने प्रक्रियानै विकास हो । यो एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रुपान्तरण हुने आन्दोलनको प्रक्रिया हो । यसले पुरानो विशेषता, बुझाई र मनोविज्ञानलाई पनि रुपान्तरण गर्दछ । यसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, साँस्कृतिक विकास, भाषिक विकास, वौद्धिक विकास
भारतीयलाई फेरि नेपाली नागरिकता दिएको अर्को घटना बाहिर आएको छ । इटहरीमा केही दिनअघि भारतीय नागरिकलाई नेपाली नागरिकताको लागि सिफारिस गरिएको घटनाले ‘नागरिकता प्रकरण’ को अर्को तथ्य सार्वजनिक गरेको छ । दुई साताअघि विराटनगरमा यस्तै घटना सार्वजनिक भएको थियो । जँहा एकजनाले ७ जना भारतीयलाई सचिवको मिलेमतोमा नागरिकता दिँदै आएको तथ्य सार्वजनिक भएको थियो । जहाँ वडाध्यक्षसम्म संलग्न देखिएका थिए । जसलाई पक्राउ गर्नका लागि अदालतले आदेशसमेत दिइसकेको छ भने ती जनप्रतिनिधि सुटुक्क अदालतमा हाजिर भएको खबर पनि बाहिरिएको छ । इटहरीमा पनि जनप्रतिनिधिकै संलग्नतामा भारतीयलाई नेपाली नागरिकताको लागि सिफारिस
ताप्लेजुङ/जिल्लाको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमका २० वटा योजना छनौट भएका छन् । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुख, जिल्लाका ९ वटै स्थानीय तहका प्रमुखहरु र राजनीतिक दलका प्रतिनिधिहरुको परामर्शमा योजना छनोट गरेका हुन् । १ मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा ४ करोड रुपैयाँको उक्त योजना बाँडफाड गरिएको हो । फुङलिङ नगरपालिकामा ६ वटा योजना छन् । सिदिङ्मा र फक्ताङलुङ गाउँपालिकामा भने १/१ वटा योजना छन् । सिरिजंघा, पाथीभरा याङवरक, आठराई-त्रिवेणी, मेरिङदेन, मैवाखोला र मिक्वाखोलामा भने
Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved