लागूऔषध

    Showing १-१० of ३,०७४ items.
  • झापामा लागूऔषधको प्रयोगकर्तामा महिलाको सङ्ख्या बढ्दै

    भद्रपुर/ पछिल्लो समय लागूऔषधको प्रयोगकर्तामा महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्ष २०७४/०७५मा तीन जना महिला पक्राउ परे भने चालू आर्थिक वर्षको चार महिनामा नै(कात्तीक मसान्त) सम्ममा ८ जना महिला पक्राउ परेपछि महिलाहरुको संलग्नता बढ्दै गएको हो । चार महिनाको अवधिमा झापाका विभिन्न स्थानबाट ८२ जना लागूऔषध दुव्र्यसन पक्राउ परे मध्ये ४८ जनालाई मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा एक सय ७८ जना पक्राउ परेकामा एक सय २५ जनालाई मुद्दा दर्ता गरिएको थियो । प्रहरीको सक्रियता जति बढे पनि लागूऔषधको दुव्र्यसनी घट्नुको सट्टा झन बढ्दो छ

    • प्रकाशित मितिः मंसिर ३, २०७५
    • २२० पटक पढिएको
    • उत्तम नेपाल
  • तीन सवारी साधन ठोक्किएः तीनको मृत्यु

    भक्तपुर / अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । काठमाडाैंबाट भक्तपुर जाँदै गरेको बा२क ३९३५ नंको टिपर र सो भन्दा पछाडि बा२ख १६५४ नंको मिनीट्रक रोकिराखेको स्थानमा सोही दिशाबाट आउँदै गरेको बा५ख ३७६५ नंको काभ्रे का

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनसरीमा हतियारधारी बढे, पेस्तोलसहित तीन भारतीय पक्राउ

    इनरुवा / सुनसरीमा अतियारधारीहरु बढेका छन् । प्रहरीले उनीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । शुक्रबार धरान प्रहरीले धरान–१५ स्थित तीनकुनेबाट एक जना पक्राउ गरेको थियो । फेरी आज  सुनसरीको कोशी गाउँपालिकाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ गरेको छ । शनिबार दिउसो सशस्त्र प्रहरी बल हरिपुर र श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलिले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल हरिपुरका प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जानकारी दिए । उनकै नेतृत्वको टोलीले भारत बिहार भिमनगर पन्चायत ४ बस्ने रन्जितकुमार मुखियालाई पक्राउ गरेको छ । यस्तै शनिबारनै चेकजाँचको क्र

    • प्रकाशित मितिः मंसिर १, २०७५
    • ७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनसरीमा बैशाख यता ९ बलात्कारका घटना(विवरणसहित)

    धरान / सुनसरीमा बैशाख यता ९ वटा बलात्कारका घट्ना भएका छन् । साउनमा मात्रै ४ वटा बलात्कारका घट्ना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले जनाएको छ । मिडियामा आएका ९ वटा घट्नामा ७ जना वालिका बताल्कारको शिकार भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।  सबै घट्नामा प्रलोभनमा पारेर बलात्कार गरेको पाईएको जिल्ला प्रहरी कार्यायका एसपी राजन अधिकारीले जानकारी दिए । धरान उपमहानगरपालिका ११ बस्दै आएकी १७ वर्षिया बालिकालाई गत बैशाख १६ गते पाचथर पौवेसे गाउँपालिका ३ का १७ वर्षिय नरेन लिम्बुले राती पीडितकै घरमा पुगी बलात्कार गरेको सार्वजनिक भएको थियो । पीडितका आफन्तले घटना सुरुमा लुकाउने प्रयास

    • प्रकाशित मितिः मंसिर १, २०७५
    • ४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धनगढीमा युवकको हत्याः एक पक्राउ

    धनगढी /  कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एक युवकको संकास्पद हत्या भएको छ । धनगढी उपमहानगरपालिका १ खानेपानी रोडका अन्दाजी २४(२५ वर्षका विजय थापाको हत्या भएको अवस्थामा शव परेको छ । प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टी थापा मृत फेला परेको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका आशिष क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राति विजयको शव लिएर हिँडिरहेको अवस्थामा स्थानीयले देखेर आशिषलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको बताइएको छ । आशिषले विजय छतबाट लडेकाले उपचारका लागि नजिकैको अस्पताल तर्फ लैजान ला

    • प्रकाशित मितिः मंसिर १, २०७५
    • ४४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कुटपिटबाट मृत्यु

    [caption id="attachment_66392" align="alignnone" width="595"] फायलफाेटाे[/caption] धनगढी । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति अन्दाजी ३२ वर्षीय विजय थापाको हत्या गरिएको छ । उक्त टोलको कलश होटल पछाडि स्थानीय २७ वर्षीय आसिस सेठीसँग भएको कुटपिटबाट थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख वकिलबहादुर सिंहले बताए । कुटपिटपछि घाइते थापालाई सेती अञ्चल अस्पताल पुर्याइएकामा अस्पतालाले मृत घोषणा गरेको थियो । टाउकोमा चोट लागेको र नाक मुखबाट रगत बगेको अवस्थामा थापालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । राति पौने ९ बजेको समयमा होटलमा असमान्य आवाज सुनिएपछि घर बाहिर

    • प्रकाशित मितिः मंसिर १, २०७५
    • ४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • श्रम कार्यालयबाट तीन जना विचौलिया पक्राउ

    काठमाडौँ / ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया आज पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान रहेका छन् । विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए  । अनुुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७५
    • ४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

    इलाम /  यहाँस्थित माङसेबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  आज दिउँसोे १ बजे माङसेबुङ गाउँपालिका–३ भञ्ज्याङस्थित फाल्गुनन्द कच्ची सडकखण्डमा पाँचथरबाट दमकतर्फ अदुवा लिएर गएको ट्र्याक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय नबिन कुरुवाङ र सहचालक धनकुटाका २२ वर्षीय गोकुल लिम्बूको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधव श्रेष्ठका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि दमक लाइफ लाइन झापा लगेकामा उपचारका क्रममा मृत्यु भएको हो । (रासस)

    • प्रकाशित मितिः कार्तिक ३०, २०७५
    • २९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मोरङमा किर्ते गरि नागरिकता लिएको विषयमा ८० उजुरी

    विराटनगर /  जिल्ला प्रशासन कार्यालय मोरङमा चालु आर्थिक वर्षसम्म ८० वटा झुडा विवरण पेश गरि किर्ते तरिकाले नागरिकता लिएको भन्दै उजुरी परेको छ । जिप्रकामा परेको उजुरीमाथि छानविन गर्दै आएको कार्यालयले जनाएको छ ।  कार्यालयमा आएको उजुरीमध्ये कतिपय अदालततिर जाने खालका छन् भने कतिपय जिल्ला प्रशासनमार्फत अन्तिम टुंगो लगाउन सकिने खालका रहेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । उजुरी परेको मध्ये छानविन पछि अदालतमा केही मुद्दा बिचारधीनमा समेत रहेको बताइएको छ । कतिपय उजुरी रिसइबी साँध्ने जस्ता देखिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । कार्यालयमा आएको ८० वटा उजुरी विगत १७ वर्ष यताको रहे

    • प्रकाशित मितिः कार्तिक ३०, २०७५
    • ४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा पेस्ताेलसहित एक पक्राउ

    विजयपुर / शुक्रबार साँझ प्रहरीले पेस्तोलसहित तीन कुने चेकपोष्टबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरी खुलाउन चाहेका छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले पेस्तोलसहित  पक्राउ  परेका व्यक्ती  अपराधिक क्रियाकलापका संलग्न भएको आशंका गरेका छन । अनुसन्धानमा बाधा पुग्ने भएकाले नाम सार्वजनिक नगरेकाे उनले बताए । उनले भने, ‘तीनकुने चेकपोष्टमा चेकजचका क्रममा एकनालाई पक्राउ गरेका हौं, भोलि सार्वजनिक गछोै ।’ पक्राउ परेका ती व्यक्ति विगतदेखि नै अपराधिक क्रियाकलापमा संलग्न भएको आंशंका प्रहरीले गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७५
    • ५४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved