नर्स

    Showing १-१ of item.
  • वीपी प्रतिष्ठानको नसिंङमा अध्ययनरत छात्राद्वारा आत्महत्या

    धरान / धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विएसी नर्सिङमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् । विराटनगर घर भएकी बिएस्सी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले आज बिहान होस्टलमै झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलेको छैन । देवसँग बस्ने साथीको बिहान डिउटी भएका कारण उनी होस्टेलमा एक्लै थिइन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार अञ्जना साढे ६ बजेतिर होस्टल रुमबाट निस्केए पनि उनी पुनः कोठामा फर्किएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले सलको पासो लगाएर आत्महत्या गरेकी थिइन

    • प्रकाशित मितिः भदौ ३१, २०७६
    • १,११० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved