नेकपा

    Showing १-६ of items.
  • नेकपा बैठकः तोकिएनन् जिल्ला इन्चार्जहरू

    काठमाडौ / कतिपय नेताहरूले सार्वजनिक रूपमा सरकार र पार्टीप्रति 'असन्तुष्टि' व्यक्त गरिरहेका बेला शनिवार बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कुनै निर्णय गर्न नसकेको नेताहरूले बताएका छन् । जिल्ला इन्चार्जहरूको टुङ्गो लगाउने र राजनीतिक प्रतिवेदनबारे ठोस निर्णय गर्ने ठानिएको उक्त बैठकले कुनै निर्णय गर्न नसक्नुलाई कतिपयले पार्टीभित्र थप मतभेदहरू बढेको हुनसक्ने रूपमा अर्थ्याएका छन्। पार्टी नेताहरूले चाहिँ प्रधानमन्त्री एवम् एकजना अध्यक्ष केपी शर्मा ओलीको समय अभावका कारण शनिवार कुनै निर्णय हुन नसकेको बताए। सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा

    • प्रकाशित मितिः असार ८, २०७६
    • ९७ पटक पढिएको
    • बीबीसी
  • नेकपा सुनसरीमा को को छानिए(नामसहित)

    धरान / नेकपा प्रदेश कमिटी प्रदेश न १ को पदाधिकारी बैठकले सुनसरी जिल्ला कमिटीका नामहरु अनुमोदन गरेको छ । बैशाख १४ गते सम्पन्न बैठकनले जिल्ला कमिटीको नाम अनुमोदन गरेको हो । साविक एमाले र माओवादी केन्द्रका गरि १६७ सदस्यी कमिटीको नाम सार्वजनिक भएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट योगेन्द्र मण्डल र सचिवमा एमालेबाट रमेश बस्नेत मनोनित भएका छन् । मण्डल मओवदाी केन्द्रका जिल्ला संयोजक थिए भने बसनेत एमालेका जिल्ला अध्यक्ष थिए । कमिटीका अन्य सदस्यहरु निम्नानुसार रहेका छन् ।

    • प्रकाशित मितिः बैशाख ३१, २०७६
    • ६०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगर राजधानी नराख्न सांसदहरुको हस्ताक्षर अभियान

    रङ्गेली / चासोको रुपमा रहेको प्रदेश १ को नाम र स्थायी राजधानी तोक्ने विषयलाई किनारा लगाउन सत्तारुढ दल नेकपाका जुटेका छन् ।नेकपाको प्रदेश कमिटिका पदाधिकारीहरु अन्तिम रुप दिन विभिन्न पक्ष सँग छलफलमा जुटेका छन् । बुधबार विराटनगमा प्रदेश कमिटिका पदाधिकारीहरुले केन्द्रिय कमिटिका नेताहरु र प्रदेश सरकारका मन्त्रिहरुसँग पनि छलफल गरेका थिए । उनीहरुले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाए पछि मात्र प्रदेश १ को नेकपाको संसदिय दलमा प्रवेस पाउने छलफलमा सहभागिले बताएका छन् । छलफलमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पार्टी बाटै संसदीय दल गाइडेट हुने बताए । उनले प्रदेशको नाम र राजधानी

    • प्रकाशित मितिः बैशाख १९, २०७६
    • ७३२ पटक पढिएको
    • यज्ञराज अधिकारी
  • ताप्लेजुङ नेकपाको एकता प्रक्रिया टुङ्गियाे, कुन स्थानिय तहको नेतृत्व कसलाई(विवरणसहित)

    ताप्लेजुङ / ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुङ्गिएको छ । जिल्ला कार्यदलको वैठकले ताप्लेजुङका नौ वटै स्थानीय तहको नेतृत्व टुंगो लगाएको हो । सुनसरीको इटहरीमा बसेको नेकपा कार्यदलको बैठकले इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवमा सहमति जुटाएको हो । कार्यदलका एक सदस्यका अनुसार पूर्व एमालेबाट पाँच तहको अध्यक्ष र छ तहको इञ्चार्ज तथा पूर्व माओवादीबाट चार तहको अध्यक्ष र तीन तहमा इञ्चार्ज रहनेछन् । स्रोतका अनुसार फुङ्लिङ नगरपालिकाको इञ्चार्जमा पूर्व माओवादीका सागर गौतम, सहइञ्चार्जमा पूर्व एमालेका भरतकुमार गुरुङ, अध्यक्षमा पूर्व एमालेका हेमन्तकुमार उप्रेती र सचिवमा पूर्व

    • प्रकाशित मितिः चैत्र ५, २०७५
    • १६७ पटक पढिएको
    • बसन्त लिम्बू
  • धरान उपमहानगर नेतृत्वको आलोचनाः नेकपाको स्थानीय नेतृत्व जवाफदेही हुने की नहुने ?

    २० बर्षसम्म कर्मचारीहरुले चलाएको स्थानीय तह जनप्रतिनीधिहरुले चलाउन थालेको करिव दुई बर्ष वितेको छ । यो दुई बर्षको अवधीमा जनप्रतिनीधिहरुले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसक्दा जनताको नजरमा आलोचित हुन पुगेका छन् । कतिपय कर्मचारीहरुको भुलभुलैयामा परेर जनप्रतिनीधिहरु अलमलिएका छन् भने कतिपय जनप्रतिनिधीहरु असक्षमताका कारण आलोचित हुदै आएका छन् । सञ्चार माध्यमहरुले पनि एक बर्षको अवधीलाई जनप्रतिनिधीहरुलाई स्थानीय तह बुझ्नका लागि अवसर दिएका थिए । उनीहरुले गरेका कमीकमजोरीहरुलाई सञ्चारमाध्यमहरुले खासै मुद्धा बनाएनन । तर एक बर्षसम्म मिडियाका लागि परिक्षणमा रहेका जनप्रतिनिधीहरु हामीले गरेको कामबारे मिडि

    • प्रकाशित मितिः माघ ६, २०७५
    • ६९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेकपाको प्रदेश कमिटीको नामावली आयो, प्रदेश १ मा को को परे(विवरणसहित)

    काठमाडौं / केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश कमिटी एकीकरण टुंगिएको छ । नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम मंगलबार सार्वजनिक गरिएको जनाए । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । सातै प्रदेश कमिटीको नामवली सार्वजनिक गरिएको हो । सुनसरीबाट २४ जना प्रदेश कमिटीमा मनोनित भएका छन् । १५ जना एमालेबाट र ९ जना माओवादी केन्द्रबाट छानिएका छन् ।

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • ६५७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved