Top News

    Showing १-१० of ३,४४८ items.
  • मुख्यमन्त्रीद्वारा महायज्ञको उद्घाटन

    देउराली (ब्लाष्ट) सीताराम नाम जप महायज्ञको प्रदेश नम्बर १ का मुख्यमत्री शेरधन राईले उद्घाटन गरेका छन् । नेपाली बाबा भनेर चिनिने परम् तपस्वी सन्त आत्मानन्द दास महात्यागी चट्टी बाबाको तŒवधानमा ग्रामथान र बूढीगङ्गा गाउँपालिकाको सिमाना दोहमना घाट त्रिवेणी सङ्गमस्थल गिधनिया हात्तीमुढामा हुन गइरहेको सीताराम नाम जप महायज्ञको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् । श्री हनुमान आराधना मण्डल नेपाल मोरङ र युवा चालिसा केन्द्र समिति, सीताराम नाम जप महायज्ञ समितिको आयोजनामा हुन गइरहेको उक्त महायज्ञको उद्घाटन गर्दै प्रदेश मुख्यमन्त्री राईले विश्व शान्तिका लागि हुनलागेको सीताराम नाम

    • प्रकाशित मितिः माघ १५, २०७६
    • ५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सडक निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो

    बिर्तामोड / झापाको चारपाने–अर्जुनधारा सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । सडक भत्किन थालेपछि अर्जुनधाराका स्थानीयले बिरोध जनाएका छन् । उनीहरुले मंगलबार सरोकारवालालाई राखेर सोही स्थानमा सार्वजनिक सुनुवाई आयोजना गरेका छन् । दातृ संस्था ‘ट्रिपल आर’ को आर्थिक सहयोगमा सो सडक निर्माण हुँदै गरेको हो । शाह इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले ५ करोड रुपैंयाँको लागतमा कालोपत्रे गर्न ठेक्का लिएको ६ किलोमिटर सडकको लगभग १ सय मिटर बनाउन अझै बाँकी छ । सडकको उतर दिशामा कल्भर्ट निर्माण हुँदै गरेको कारण सडक बनाउन बाँकी रहेको हो । निर्माण कम्पनिले बनाइसकेको मध्ये अर्जुनधारा धामबाट दक्

    • प्रकाशित मितिः माघ १४, २०७६
    • ७८ पटक पढिएको
    • प्रेम आचार्य
  • मकैको बीउ जोहो गर्न थालें किसान

      उदयपुर /  जिल्लाका मध्यपहाडी तथा उत्तरीपहाडी क्षेत्रका किसानले अहिले मकैको बीउ जोहो गर्न थालेका छन् । गत वर्षको खडेरीका कारण मकैबाली नष्ट भएर बीउसमेत बचाउन नसकेका उनीहरुले मकैबाली लगाउने सिजन आउनै लाग्दा बीउको जोहो गर्न थालेका हुन् । लामो समयसम्म पानी नपरेर खडेरी लागेका कारण उदयपुरको मध्यपश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र उत्तरी दुर्गम पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाकामा सम्पूर्ण मकैबाली नष्ट भएको थियो । फागुन लाग्नासाथ मकैबाली लगाउन शुरु गर्नुपर्ने हुनाले अहिले यस क्षेत्रका कृषकले मकैको बीउ जोहो गर्न थालेका छन् । लिम्चुङबुङ गाउँपालिकाको

    • प्रकाशित मितिः माघ १४, २०७६
    • २७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सप्तरीमा एक हजार छोरी बीमित

      सप्तरी /  प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी बीमित भएका छन् । विसं २०७५ माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत हालसम्म एक हजार १२ छोरीले बीमा गराएका हुन् । यो सङ्ख्या प्रदेशका आठ वटै जिल्लामध्ये सबैभन्दा बढी रहेको ‘बेटी पढाऊ बेटी बचाऊ’

    • प्रकाशित मितिः माघ १४, २०७६
    • ४९ पटक पढिएको
    • रासस
  • सरिरहने विद्यालय...

    वराहक्षेत्र/ तपाईले विद्यालयका शिक्षक सरुवा भएकोे त सुन्नुभएकै होला, तर पूरै विद्यालय नै सरुवा भएको कतै देख्नुभएको छ ? छैन भने एक पटक वराहक्षेत्र नगरपालिकाको चिलैया टापुमा पुगे हुन्छ । त्यहाँको बालसेवा आधारभूत विद्यालय प्रत्येक वर्षजसो सरुवा भइरहन्छ । वडा नम्बर–६ मा पर्ने सप्तकोशी नदी किनारस्थित चिलैया टापुको यो विद्यालय प्रत्येक वर्ष नदीमा आउने बाढीले गर्दा स्थानान्तरण हुन्छ । आज यहाँ रहेको विद्यालय भोलि कहाँ पुग्ने हो, टुङ्गो हुन्न । विद्यालय समस्यै समस्याले जेलिएको छ । नदी कटानले गर्दा सरुवा भइरहनु पर्ने बाध्यता छ । अरूबेला ठीकै रहे पनि वर्षा शुरु भएपछि शिक्षकले डराई डराई पढाउनु प

    • प्रकाशित मितिः माघ १४, २०७६
    • २१९ पटक पढिएको
    • सन्तोष गुप्ता
  • पत्रकार बन्न परीक्षा दिनुपर्ने, आचारसंहिता उल्लङ्घन गर्नेलाई  पत्रकारको दर्ता प्रमाणपत्र खारेज 

      काठमाडाै‌ / पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययन गरेका विद्यार्थीले पत्रकारिता पेशा गर्न प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था गरिने भएको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पत्रकारिता पेशामा नयाँ प्रवेश गर्नेका लागि सो व्यवस्था गरिएको हो । “न्यूनतम व्यावसायिक परीक्षा लिने हो, विश्वविद्यालयबाट पत्रकारिता पढेर आएकै हुन्छन्”, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने  “व्यावसायिक पत्रकारिता र आचारसंहिताका विषयमा परीक्षा लिने हो, पेशागत शुद्धताका लागि यसले सहयोग प¥याउनेछ ।” पत्रका

    • प्रकाशित मितिः माघ १४, २०७६
    • १२० पटक पढिएको
    • रासस
  • १२ मानवअधिकारकर्मी पक्राउ

      धरान / प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चरण प्रसाइँलगायत छन् । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले राष्ट्रपति कार्यालयको निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ पर्नेमा नौ पुरुष र तीन महिला छन् । आइतबार निर्वाचित सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण

    • प्रकाशित मितिः माघ १३, २०७६
    • २३१ पटक पढिएको
    • रासस
  • आस्था राउत प्रहरी नियन्त्रणमा, म्याद थपको तयारी

    काठमाडाैं  / गायिका आस्था राउत आफै प्रहरीमा पुगेकी छन् । उनी सोमबार बिहान ८ बजे अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेर उनले आत्मसमर्पण गरेकी हुन । उनलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । राउतविरुद्ध परेको अभद्र व्यवहारको कसूर सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले बताए । अभद्र व्यवहार सम्बन्धी कसूर जिल्ला प्रशासन कार्यालयले हेर्ने भएकोले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमै लैजाने तयारी भइरहेको उनल ेबताएका छन् । गत माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तर

    • प्रकाशित मितिः माघ १३, २०७६
    • ३३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गणतन्त्र दिवसमा भूपू जर्नल विमोचन

    धरान/ भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा वार्षिक पत्रिका भूपू जर्नल लोकापर्ण गरिएको छ । भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा धरानस्थित भारतीय पेन्सन पेइङ कार्यालयमा आइतबार कार्यालय प्रमुख मेजर अभिसेक सिंह, मेजर डा. राजभिन्दर सिंह, विङ कमाण्डर के गुरुङ, कर्णेल विजय राई, मेजर श्याम गुरुङ र अनरेरी क्याप्टेन मेघनाथ राईलगायतले जर्नलको लोकापर्ण गरे । मेजर अभिसेक सिंहले झण्डातोलन गर्दै शहीद प्रति सम्मान व्यक्त गरे । सवट्रेजरी अफिसर धनबहादुर क्षेत्री, पेन्सन पेइङ कार्यालयका कर्मचारी, भारतीय गोर्खा भूपू सैनिकहरू र उनीहरूका परिवार समेत सहभागी भएका थिए । समारोहमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको

    • प्रकाशित मितिः माघ १३, २०७६
    • १२८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बजेट निराशाजनक खर्च: छ महिनामा पाँच प्रतिशत मात्र खर्च

    चितवन/ जिल्लाका प्रदेश कार्यालयमा विकासका लागि विनियोजन गरिएको बजेट छ महिनामा पाँच दशमलव १० प्रतिशत मात्र खर्च भएको छ । सङ्घीय कार्यालयको पनि विकास खर्च निरासाजनक रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका सूचना अधिकारी शरदचन्द्र भट्टराईका अनुसार प्रदेश सरकारबाट जिल्लाका सरकारी कार्यालयमा विनियोजन गरिएको बजेट रु तीन अर्ब २३ लाख चार हजारमध्ये पूँजीगततर्फ रु दुई अर्ब १६ करोड ५३ लाख तीन हजार बजेट रहेको छ । पुस मसान्तसम्ममा पाँच दशमलव १० प्रतिशत मात्र खर्च भएको बताए  । प्रदेश सरकारको बजेटको चालुतर्फ पनि खर्च न्यून रहेको छ । गत छ महिनामा चालुतर्फ १८ दशमलव ४६ प्रतिशत मात्र खर्च भएको छ ।

    • प्रकाशित मितिः माघ १३, २०७६
    • १०६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved