सुनसरी/ सवारी चालक बन्न चाहनेहरुका लागि सजिलो बनिरहेको इटहरीका अधिकांश ड्राईभिङ सेन्टर अवैध रहेको पाइएको छ । प्रशिक्षार्थीसंग मोटो रकम असुले पनि उनीहरु सेन्टरका लागी चाहिने अधिकांस मापदण्ड पुरा नगरी सञ्चालन गदै आएका छन । सरकारी पक्षको फितलो अनुगमनका कारण मापदण्ड नपुगेका ड्राईभिङ सेन्टरहरु बजारमा विग्रल्ती खुल्न थालेका छन ।

[caption id="attachment_73732" align="aligncenter" width="800"] फाइल तस्वीर[/caption]

ड्राइभिङ सेन्टर सञ्चालनका लागि यातायात व्यवस्था विभाग वा त्यसअन्तर्गतका यातायात कार्यालयबाट अनुमति लिए पनि अधिकांस ड्राईभिङ सेन्टरहरुले यातायातलाई पैसा खुवाएर दर्ता गराए पनि अधिकांस सेन्टरहरु मापदण्ड विपरीत सञ्चालनमा आएको ब्यावसायीहरुकै स्वीकारोत्ती छ । सेन्टर सञ्चालन गर्ने एक विगाह जमिनमा ट्रायल फिल हुनु पर्ने,१० वर्ष पुरानो लाईसेन्स भएको अनुभवी ड्राईभर चाहिने,डबल क्लज ब्रेक भएको सवारी चाहिने भए पनि अधिकांस ड्राईभिङ सेन्टरले यो मापदण्ड पुरा गरेका छैनन् ।

सामान्य भन्दा सामान्य नियम समेत पालना नगरी ड्राइभिङ सेन्टरहरुले खुलेआमरुपमा ड्राइभिङ नै नसिकी सटिर्फिकेट बेच्ने गरेको ड्राईभिङ स्कुल संघ कोशीका अध्यक्ष बाबुराम प्रधानले स्वीकार गरे । फिल समेत नभएका ड्राईभिङ सेन्टरहरुले सर्वसाधरणहरुबाट मोटो रकम लिने गरेको आरोप लगाए । उनले भने दक्ष बनाउँनु भन्दा पनि धेरै रकम लिएर लाईेसेन्स सेटिङ गरीदिने गरेको आरोप थियो । कार, जीप, भेन सवारीको लाइसेन्स लिन फारम भर्दा अनिवार्य सिकेको सर्टि्फिकेट मागेसँगै ड्राइभिङ सेन्टरहरुले महंगो मुल्यमा ड्राइभिङ सिक्दै नसिक्नेहरुलाई सटिफिकेट विक्रि गदै आएको उनको भनाई थियो ।

कोशी अञ्चलमा करीब ३ दर्जन ड्राईभिङ स्कुल रहेको छन । तर अधिकांसको गाडी सिकाउँने फिल समेत छैन इटहरीमा अन्डर गा्रउण्ड ड्राईभिङ सेन्टर चलाउँदै आएका अध्यक्ष प्रधानले भने । यातायात कार्यलयले जथाभावी ड्राईभिङ सेन्टरको प्रमाणपत्र बाढेको कारण पनि अहिले मापदण्ड पुरा नगरी सञ्चालन गर्नेको संख्या बढेको उनको भनाई थियो । गाडी ,फिल र दक्ष जनशक्ति नहुनेलाईलाई प्रमाणपत्र दिनु हुदैन थियो प्रधानले थपे ।

कोशी अञ्चल यातायात कार्यलय सवारी इटहरीका प्रमुख श्याम सिंंहले पनि ड्राईभिङ सेन्टर मापदण्ड विपरीत सञ्चालन भईरहेको स्वीकार गरे । अधिकांसले फिल वेगरनै सञ्चालन गदै आएको भन्दै यस्ता सेन्टरलाई कडाई गदै जाने उनको भनाई थियो । जथाभावी दर्ता भयो रे ? भन्ने सम्वाददातको प्रश्नमा प्रमुख सिंहले हामी दर्तामा पनि कडाई गछौ । पैसा लिएर दर्ता गरेको पाए अनुसन्धान गरी कार्वार्ही गर्ने उनको भनाई थियो ।

यता क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीका एसपी राजकुमार लम्सालले पनि हाईवेयमा कुदाउँन नपाउँने सवारी कुदाई रहेको भन्दै यस विषयमा चाडै अनुसन्धान गर्ने वताए । मापदण्ड नपुगी सञ्चालनमा आएको मैले पनि सुनेको छु चाडै अनुगमन हुन्छ उनले भने । इटहरीमा अण्डर ग्राउण्ड,नेपाल हेवी,ताप्लेजुङ, दर्गा ड्राईभिङ सेन्टर वाहेकका अधिकांस सेन्टरले मापदण्ड नपुराई सञ्चालनमा आएका छन ।

गुरास,एपोला,खोटाङे,खोकुछिन्ताङ,हाम्रो ड्राईभिङ ,सिटि ड्राईभिङ,तरहरा ड्राईभिङ,अरब ड्राईभिङ लगायतले मापदण्ड नपुराई सेन्टर सञ्चालन गदै आएका छन । मुख्य हाईवेयमा सिकारी सवारी कुदाउँन नपाईने नियम भए पनि उनीहरुले हाइवेयमा विद्यार्थीहरु सिकाउँने गरेका छन ।