धरान/नेपालका नेताहरुको नाटकिय चाल प्रति कोही पनि अञ्जान छैन । बिहीबारपनि एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को नाटकिय रुप देखाएका छन् । बिहीबार बिहान प्रधानमन्त्रि तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरि तत्काल सरकारलाई दिएको सर्मथन फिर्ता नलिने सहमती गरेका अध्यक्ष प्रचण्डले एक घण्टाको अन्तरालमा फेरी  कांग्रेस सभापति शेरबहादुर देउवा सँग सत्तासमीकरणकोprachanda-kp विषयलाई लिएर छलफलमा गरिरहेको समाचार प्राप्त भएको छ ।

बजेट ल्याउनजेल सम्म एमाले नेतृत्वको सरकारलाई नै सहयोग गरेर जाने र बजेट ल्याएपछि एमाओबादी नेतृत्वमा राष्ट्रिय सरकार बनाउने सहमती गरेर निस्किएका प्रचण्ड काङग्रेश सभापती देउवा सित राजधानीको गोप्य स्थानमा सत्ता समिकरणको बिषयमा छलफल गरीरहको श्रोतले जनाएको छ । प्रचण्डको नाटकिय आफुहरुपनि अलमलमा परको एक एमाओबादी नेताले बताए । बिहिबार बिहान वली र प्रचण्ड बिच बार्ता भएपछि साँझ छ बजेका लागि बोलाईएको मन्त्रिपरिषदको बैठकमा सहभागी हुन उपप्रधानमन्त्रि टोप बहादुर रायमाझिले रुलिङ गरेका थिए ।स्रोतका अनुसार दुवै नेताबीच एमाओवादीले सरकारको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव दर्ता गर्ने रणनीतिमा कुरा भइरहेको छ ।

तर एमाओबादी श्रोतले दिएको जानकारी अनुसार प्रचण्डलाई एमाओबादी नेताहरुले तत्काल अर्को सरकार गठन गर्न नहुने भन्दै दबाब दिन थालेका छन् ।प्रचण्डले काङग्रेश सभापती देउवासँग सहमती गरेपनि वलीको  समर्थन फिर्ता नलिने अर्को नाटक पनि गर्न सक्ने एमाले श्रोतले बताएको छ ।(यो पनि पढ्नुहोस्)

‘अब सरकार नढल्ने’

 http://blastkhabar.com/news/2016/05/05/1670.html#