धरान/oli-prachandaनेपाली काङग्रेशको आश्वास पाए लगत्तै सरकार ढाल्ने खेलमा लागेको एमाओबादीले बजेट ल्याउनजेल सम्म ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति हुदै गरेको समाचार प्राप्त भएको छ ।

एमाओबादीका एक केन्द्रिय नेताले ब्लाष्टसँग कुरा गर्दैै बजेट ल्याउन यहि सरकारलाई दिने सहमती भईसकेको जानकारी दिए । अब साउनमा मात्र अर्को सरकारको बारेमा कुरा हुन्छ ति सदस्यले भने ‘नीती तथा कार्यक्रम र बजेटमा एमाओबादीका एजेण्डाहरु पनि समाबेश गर्ने र बजेट ल्यएपछि प्रचण्ड नेतृत्वको सरकार बनाउने सहमती भएको छ ।

बुधबार बेलुका देखि भएका छफलफल र बार्ताहरु पनि यस्तो निश्कर्ष आएको हो उनले भने ।बिहिबार बिहान एमाओबादी र एमाले नेताहरु बिच भएको वार्तामा  सहमति भएलगत्तै बिहीबार बेलुकी प्रधानमन्त्रीले बोलाउनुभएको मन्त्रिपरिषद बैठकमा एकीकृत माओवादीका मन्त्रीहरु सहभागी हुने भएका छन् । एमाओबादीका तर्फबाट‘सरकारको नेतृत्व गरेका  उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले साँझ हुने  मन्त्रिपरिषद बैठकमा सहभागी हुन सर्कुलर गरेका छन् ।