नेपालकाे लमजुङ स्थायी ठेगाना भई हाल हङकङमा बसाेवास रहेकाहरुकाे संस्था लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटकाे छैटौं संस्करण आयाेजना गर्ने भएकाे छ ।

आगामी डिसेम्बर २२ मा हङकङको युनलङ थिएटरमा कार्यक्रम  हुने आयाेजकले आइतबार आयाेजीत जानकारी सभामा जनाएकाे छ ।

१० वर्षअघि स्थापना भएकाे समितिले आयाेजना गर्दै आएकाे सांस्कृतिक कार्यक्रम मर्स्याङ्दी नाईटकाे छैटौं संस्करणमा नेपालबाट लाेक दाेहाेरी गायक गायिका माया गुरुङ, राजु परियार, खुस्बु गुरुङ र मञ्जु बिक, त्यस्तै छेवाङ लामा एन्ड ब्यान्ड, गुरुङ फिल्म एसाेसिएसन लगायतकाे गायन तथा नृत्य प्रस्तुति रहने आयाेजक समिति अध्यक्ष श्यामकुमार गुरुङले जानकारी दिएका छन् ।

IMG_20241110_172045

नेपाली कला र संस्कृतीकाे संरक्षण र हङकङेली नेपाली समुदायलाई मनाेरञ्जन दिलाउने उद्देश्यले यस्ताे कार्यक्रम आयाेजना गर्न लागिएकाे कार्यक्रमका सह-संयाेजक जगतप्रसाद गुरुङले जानकारी दिए ।

कार्यक्रमबाट संकलित रकम समितिकाे पराेपकार काेषमा जम्मा गरिने जनाईएकाे छ । साे काेषबाट समितिले लमजुङकाे शिक्षा, स्वास्थ्य, खेलकुद र दैविक प्रकोपका घटनामा पीडितकाे सेवामुलक काममा लगाउने गरेकाे छ ।