श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल मङ्सिर ४ गते शुक्रबार, २० नोभेम्बर २०२६, रौद्रनाम संवत्सर। कार्तिक शुक्लपक्षको एकादशी तिथि २६:२१ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरभाद्र २७:५४ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०६:२९ बजे र सूर्यास्त ०५:०७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थिति अलि सङ्घर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको स्वार्थका लागि कुनै काम गर्नुपर्ने स्थिति आउन सक्छ। बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। समस्या सुल्झाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरेलु प्रयोजनका विशेष सामान जुटाउन सकिनेछ। पशुधन र कृषि-व्यवसायबाट मनग्य लाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

































