काठमाडौँ ।सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० बाट १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले चीन सरकारले उपलब्ध गराउने २० लाख अमेरिकी डलर अनुदानसमेत स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमण स्वीकृत गर्नुका साथै सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्ने आदेश जारी गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, सरकारले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना ९२०२६–२०३००, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गरेको छ ।

































