विजयपुर । लेनदेन बिगोसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ३३ वर्षीया सीता प्रधानलाई पक्राउ गरेको हो । सुनसरी जिल्ला अदालत इनरुवाको २०८२ जेठ ३० गतेको फैसलाले लेनदेन बिगोसम्बन्धी मुद्दामा प्रधानलाई दुई वर्ष कैद सजाय तोकेको थियो । कैद भुक्तान गर्न बाँकी रहेपछि उनी फरार रहेकी थिइन् ।

प्रहरीले खोजतलास गर्ने क्रममा प्रधानलाई इटहरी–६ स्थित ट्याङ्ग्रा पुलबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकी प्रधानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।