विजयपुर÷ शुक्रबाट धरान–१५ स्थित देवकोटा चौकमा रहेको कोशी ग्यासको डिलरमा बिहानदेखि बेलुकासम्म खाली सिलिन्डर बुझाउनेको निकै भीड थियो । डिलरले झण्डै एक महिना अघिदेखिका खाली सिलिण्डरमा अझसम्म ग्यास दिन सकेको छैन । झण्डै चार हजार पाँच सय खाली सिलिण्डर थुप्रिएर बसेका छन् ।
पाथीभरा ग्याँस सप्लायर्स धरान–१५ का प्रोप्राइटर प्रवीन विश्वकर्मा भन्छन्, ‘प्mयाक्ट्रीले ग्याँस नै पठाउँदैन, हामीले खाली सिलिन्डर भेला पारेर बस्नु परेको छ ।’ आयल नियम र भन्सार कार्यालयहरुका अनुसार पछिल्लो एक महिनामा भारतबाट माग भएकै अनुपातमा ग्यास भित्रिएको छ । ‘तर प्mयाक्ट्रीबाट डिलरमा नगएर ग्याँस कहाँ गइरहेको छ भनेर फेला पार्न सकिएको छैन’, जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने, ‘ठूला होटल र पहँुचवालाहरुको घरमा ग्यास जाने गरेको बुझिएको छ, हामी खोजिरहेका छौं ।’
‘ग्यासका बिक्रेतासम्मनै ग्यास आइपुगेको छैन’, पाथीभरा ग्यास सप्लायर्सका प्रवीन विश्वकर्मा भन्छन्, ‘भन्सारबाट ग्याँस आएको सबैलाई थाहा छ तर कहाँ गएको छ त ग्याँस ?’, राज्य पक्षले यस्ता विषयमा गम्भीरता नदेखाएको उनको भनाइ छ । भन्सारबाट छिरेको ग्यासको विषयमा उपभोक्तावादी र प्रशासनले छानविन गर्नुपर्ने धरान–१५ की जमुना गौतम बताउँछिन् । एक निजी विद्यालयको शिक्षिका समेत रहेकी उनले भनिन्, ‘डिलरसम्म आउनु पर्ने ग्यास उद्योगबाट कहाँ जान्छ खोजी हुनु पर्छ ।’
बजार सहज भएको महिनौं बितिसक्दापनि ग्यास, तेल सहजरुपमा नपाउनु दुखको कुरा भएको खाली सिलिन्डर बुझाउन लाइनमा बसेका धरान–१५ का किरण बस्नेत बताउँछन् । भन्छन्, ‘उद्योगबाटै ग्यास गायब हुने गरेको सुनिन्छ, यस विषयमा किन खोजी हुँदैन ।’ धरानस्थित कोशी ग्यासका एक बिक्रेताले भने, ‘अहिले आयात भएको ग्यास सहज बनाउन सकिन्थ्यो, तर प्mयाक्ट्रीले चाहेको छैन ।’
निगमका अनुसार नेपालका विभिन्न नाकाबाट सामान्य अवस्थामा दैनिक ६० देखि ६६ बुलेट ग्यास आयात हुन्थ्यो । अहिलेपनि ५५ देखि ६६ बुलेट आइरहेको छ । तर, पनि सर्वसाधारणले सहजै पाउन सकेका छैनन् । सरकारले झारा टार्ने मात्रै अनुगमन गरेकाले बजार व्यवस्थित हुन नसकेको । नेपाल आयल निगमको तथ्याङ्कअनुसार अहिले दैनिक ६८ हजार सिलिन्डर ग्यास नेपाल भित्रिरहेको छ ।
बिक्रेताहरुको भनाइ र भन्सारबाट भित्रिएको ग्यासको बुलेट सङ्ख्यालाई हेर्ने हो भने कम्पनीबाटै ‘अन्डरग्राउण्ड’ भएको स्पष्ट देख्न सकिन्छ । यदि सरकारी संयन्त्रले तदारुकता र जनताप्रति उत्तरदायी भएर काम गर्ने हो भने ग्याँसमा सहजता शुरु हुने देखिन्छ । २४ घण्टा प्mयाक्ट्रीमा सरकारी अधिकारी बसेर ग्यास बजारमा पठाउने हो भने पाँच दिनमा अवस्था सहज हुने कोशी ग्यासको मोरङ निमुवास्थित रिफलिङ प्लान्टका व्यवस्थापक सूचित उपाध्याय बताउँछन् । उनले आएजति ग्याँस बजारमा पठाएको बताए । ‘जति ग्याँस पठायो त्योभन्दा दोब्बर डिमान्ड आउँछ’, उनी भन्छन् । नाकाबन्दी र आन्दोलन पछाडि हरेक घरमा ४ देखि ५ वटासम्म खाली सिलिन्डर राखिने गरेकाले समस्या बल्झेको भन्दै उनले उपभोक्ताहरुमाथि पनि दोष थुपारे । तपार्इंहरुको कम्पनीमा दैनिक कति ग्यासको माग भएको छ भन्ने जिज्ञासामा उनले भने, ‘अहिलेको अवस्थामा यति नै छ भन्न सक्ने अवस्थामा म छैन । जति ग्यास भएपनि सकिन्छ, आपैंm विचार गर्नुहोस् न’, उनले भने । उनले ग्यास बुलेटहरु पनि मागअनुसार नआएको बताए । ‘ग्याँस हँुदा दिनका लागि हामीलाई समस्या छैन’ उनी भन्छन् ।
क्षेत्रीय प्रशासन कार्यालय धनकुटाका प्रवक्ता कमलबहादुर बिष्ट भने उद्योगहरुबाट फट्याइँ भइरहेको बताउँछन् । ‘हामी यस सम्बन्धमा स्थानीय प्रशासनलाई तुरुन्त पत्राचार गरेर एक्सन लिन निर्देशन दिन्छौं’, उनले भने, ‘हामीपनि अनुसन्धान थाल्छौं ।’