देबेन्द्र कार्की,
धरान /  भोजपुरको खाँवामा जन्मेका गर्भराज राईको नेपालमा खासै परिचय छैन । नेपालका लागि उनी एक सामान्य नागरिकको रुपमा मात्रै छन् । जसलाई गाउँले चिनेको छ, समाज अनि राष्ट्रले चिन्न बाँकी नै छ । खेलकुदमा सानैदेखि रुचि राख्ने राई बाल्यकाल बित्नेवित्तिकै भारतीय सेनामा भर्ती भए । उनले नेपालमा चिनिने काम गर्न पाएनन् । भारतीय भूमिमा नुनको सोझो गर्न पुगेपनि आप्mनो प्रतिभा भने देखाउन बिर्सेनन् । होचो indexकदका खाइलाग्दा राईको खेलकुदमा रुची र सेनामा भर्ती हुने सानैदेखिको सौख थियो ।  त्यो पूरा गरे ।
नेपालमा कहीँकतै चर्चामा नआएका गर्भराजको विश्वमा सुवास छ, नाम  छ । सुटिङ क्षेत्रमा अब्बल राई गोरखा राईफलको नेतृत्व गर्दैै भारतमा राष्ट्रिय स्तरका सातवटा स्वर्ण पदक, पाँचवटा कास्य र दुईवटा रजत पदक दिलाउन सफल भए । अहिले सुटिङका कुशल प्रशिक्षक बनेका छन् । यतिमा मात्र उनको परिचय सीमित छैन भारतमा । सुटिङमा विश्व च्याम्पियन जीतु राईका गुरु हुन् । नेपालकै सङ्खुवासभामा जन्मिएका गोरखाकै छोरा जितुले विश्वका सुटिङबाजहरुलाई पछि पार्दै च्याम्पियन बनाउने हात गर्भराजको पनि योगदान रहेको छ ।
विश्वमा उनलाई जितु जसले विश्वलाई जित्यो, उसको गुरुको नामले चिनिएका छन् ।
 भारतको लखनऊस्थित गोरर्खा राइफलमा २०५८ सालदेखि प्रशिक्षण दिँदैआएका राई आपूmले सिकाएको व्यक्ति विश्व च्याम्पियन भएकोमा खुशी छन् ।  २०४४सालमा रिगगुर्टको रुपमा भारतीय सेनामा प्रवेश गरेका खेल क्षेत्रमा उत्कृष्टताले उनी यतिबेला हनरी क्याप्टेन पदमा पुगेका छन् । दुई सय जनाको बटालियनको कमाण्ड गर्ने उनको जिम्मेवारी पनि छ । सोँगै सुटिङ खेलको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका छन् ।  ‘मेरो योगदानलाई भारत सरकारले पनि गौरव मानेको छ । अभैm जीतु राईहरु जस्तो निकाल्ने मौका अनि जिम्मेवारी पाएको छु ।’ लखनऊस्थित आप्mना विद्यार्थीलाई प्रशिक्षण दिँदैगर्दा भेटिएका गर्भराजले भने । गोरखालीहरु विश्व च्याम्पियन बन्न र बनाउन सक्ने क्षमताका छन् भन्ने भारत सरकारलाई गर्व मानेको उनको भनाइ छ ।
गर्भराज राई र जीतु राई नेपालको कोखबाट जन्मिएर नेपालको काखमा हुर्किन पाउनु र भारत भूमिमा कर्मभूमि बनाउनु शुभ अवसर भएको उनी ठान्दछन् । ‘यदि अरु देशमा जन्मिएको भए यो विश्व च्याम्पियन बनाउने मैले मौका पाउने नै थिइनँ र जीतु राईले पनि गर्भराज राईसँग भेट नै हुन सक्ने सम्भव थिएन होला’, राईले भने । ‘आपूm नेपालमै भएको भए । यस्तो प्रशिक्षक बन्ने र विश्व च्याम्पियन बनाउन चाहिँ सम्भव नभएको उनको भनाइ छ ।
एक वर्षअघि जितु विश्व च्याम्पियन हुँदा भारतीय पत्रिकाले भारतीय छोरो विश्वविजेता भन्यो भन्ने समाचार अखबारको पहिलो पृष्ठमा छापे । तर नेपालमा आप्mनै देशको नागरिकलाई जितुको कुरा थाहै भएन । भारतले अब जितुका प्रशिक्षकलाई पनि भारतीय छोरा भनेर प्रचार गर्न मात्रै बाँकी छ ।
नेपालमा सुटिङ खेलको भविष्य राम्रो भएको उनको बुझाइ छ । राज्यले उचित व्यवस्थापन ग¥यो भने यही देशमा जन्मिएको मानिस सुटिङ खेलको क्षेत्रमा विश्वमा नेपालको झण्डा लिएर पुग्नसक्छ तर राज्यले अवसर र वातावरण बनाउनु पर्छ ।