भोजराज श्रेष्ठ/ धरान– चतरा साढे १२ किलोमिटर सडक समयमै नबन्नुको मुख्य कारण पेटी ठेकेदारसँग एउटा पनि उपकरण नहुनु भएको रहस्य खुलेको छ ।
नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिबाट पेटी ठेक्का पाएका हजबुल मियाँसँग निर्माणमा प्रयोग हुने एउटा पनि उपकरण नभएपछि समयमा कालोपत्रे गर्न नसकिएको पाइएको हो । पेटी ठेक्का दिएको नागार्जुनले पनि यसबारे भर्खरै मात्रै थाहा पाएको छ । ‘स्थानीय उपभोक्ता सडक डिभिजन घेर्न आएपछि के भएको हो भन्ने बुभ्mदा इक्युपमेन्ट नै नभएको हामीले पनि पायौँ’, नागार्जुनका कार्यकारी प्रमुख विष्णु पुmँयालले फोन सम्पर्कमा भने, ‘हजबुलसँग सामान नभएर पिच हाल्न सक्नुभएनछ ।’
अध्ययन नै नगरी नागार्जुनले पेटी ठेकेदारलाई ठेक्का दिएपछि अहिले नागार्जुनलाई समेत टाउको दुखाइको विषय भएको छ । हजबुलले यसअघि पनि विभिन्न बहाना बनाउने गरेका थिए । कहिले रकम निकासा नभएको र कहिले भारतीय नाकाबन्दीले इन्धन नभएको भन्दै उनले टार्ने गरेका थिए । साढे १२ किलोमिटर सडकका लागि हजबुलले पेटी ठेक्का लिएर काम गर्दै छाड्दै गर्ने गरेका थिए । लामो समयसम्म काम रोकिएपछि उद्योग वाणिज्य सङ्घको वराहक्षेत्र शाखाको नेतृत्वमा विराटनगरको सडक डिभिजन कार्यालय पुगेका थिए ।
‘कहिले काम छाड्ने गथ्र्यो । बीचमा त भागेकोसम्म हामीले पायौँ ।’ उवासङ्घका अध्यक्ष रमेशकुमार विष्टले भने । सडक धुलाम्मे भएपछि वराहक्षेत्रवासीहरु विभिन्न रोगबाट आक्रान्त भए । केटाकेटीहरुमा रोगको सङ्क्रमणसमेत देखिन थालिसकेको थियो । हजबुललाई पटक–पटक फोन सम्पर्क गर्दासमेत उनले टार्ने गरेको अर्का स्थानीय डम्बरप्रसाद सिग्देलले बताए । उनले राम्ररी बुभ्mदै जाँदा हजबुलसँग निर्माण उपकरणहरु नभएको पाइएको बताए ।
‘ऊसँग इक्युपमेन्ट नै रहेनछ । भाडामा लिएर आउनुपर्ने भएकाले बीच–बीचमा गायब हुँदो रहेछ ।’ सिग्देलले भने । सडक डिभिजनमा प्रतिनिधि मण्डल गएपछि आगामी जेठभरिमा काम सक्ने सहमति बनेको छ । नागार्जुनका प्रमुखहरुसँगै बसेर भएको सातबुँदे सहमतिअनुसार पक्की सडक बनाउन चाहिने सामग्रीहरु वैसाख २६ गतेसम्म ल्याइसक्ने, त्यसपछि तत्कालै काम शुरु गर्ने, एक महिनाभित्र कालोपत्रे गरिसक्ने, काम शुरु हुनुपूर्व बजार क्षेत्रमा पानी छर्किनुपर्नेलगायत विषय छन् ।
वैशाख १५ गतेबाटै बजार क्षेत्रमा पानी छर्किने भनिए पनि हालसम्म कार्यान्वयन भएको छैन । यसअघि पनि केही क्षेत्रमा कालोपत्रे गर्नको लागि बेस लगाइसकिएको थियो । तर, निर्माण सामग्रीको अभावले कालोपत्रे गर्न नसकिएको उवा सङ्घका अध्यक्ष विष्टले बताए । सामान्यतः बेस लगाएपछि दुई–तीन दिनभित्र कालोपत्रे गरिसक्नुपर्ने हुन्छ । त्यसो नगर्दा पुनः बेस लगाएर कालोपत्रेको लागि तयार गर्नुपर्ने भएको छ । यसले गर्दा दोहोरो खर्च हुने देखिएको छ ।
यसबारे बुभ्mन विराटनगरको डिभिजन सडक कार्यालयका प्रमुख राजेन्द्र राउतसँग सम्पर्कको प्रयास गर्दा उनको मोबाइल नम्बर स्वीच्ड अफ थियो । यो सडक निर्माणको ठेक्का नागार्जुनले ७ करोड २० लाख रुपैयाँमा पाएको हो । आर्थिक वर्ष २०७०÷०७१ मै ठेक्का पाएको नागार्जुनले समयमा काम नसिध्याएमा अब भने ठेक्का सम्झौतासमेत नबढाउने देखिएको छ । बाटोको चौडाइ ७ किलोमिटर छ ।