देबेन्द्र कार्की
धरान / आदिवासी जनजाति महिला अधिकारको कुरा गर्दा पाँचथरको फिदिम नगरपालिका–६ की साहसी निरन्ती तुम्बाम्पेको पनि नाम जोडिन्छ । महिला अधिकारसँगै उनले किरात याक्थुङ चुम्लुङको केन्द्रीय कमिटीको सचिवको भूमिका निर्वाह गर्दैआएकी छन् । गाउँमा उनी समाजसुधार अभियन्ताका रुपमा चिनिएकी छन् । इलाम, पाँचथर, ताप्लेजुङमा लिम्बू समुदायको बसोवास छ । लिम्बू जातिमा विवाह गर्दा केटी माग्न गएको ठाउँमा केटी पक्षले सुनौली रुपौली (विवाह खर्च, सिङ्गो सँुगुर, राँगा लगायत) माग्ने चलन छ । यतिबेला उनी यो लिम्बू जातिमा भएको संस्कार परिवर्तन गर्ने अभियानमा लागेकी छन् । हुन त १६ औं राष्ट्रिय विभूति धर्मगुरु फाल्गुनन्दले सन् १९८८ मै सुनौली–रुपौली अन्त्यको घोषणा गरेका हुन्, तर अभैm पनि यो चलन गाउँमा कायमै छ ।
फाल्गुनन्दले घोषणा गरेको सुनौली–रुपौली अन्त्यको अभियानलाई निरन्तरता दिन निरन्ती डटेर लागेकी छन् । उनी गाउँमा समूह बनाएर कुरीति फेर्न सामूहिक अपील गर्छिन् । विवाह, मरीमराउ जस्ता कार्यक्रममा काटमार गर्न आप्mनो हैसियतभन्दा बढी ऋण काढेर भएपनि खर्च गर्ने प्रवृत्तिले लिम्बू जाति समाजमा पछि परेको उनको बुझाइ छ । यस्तो फजुल खर्च कटौती गरेर संस्कृतिलाई बचाइराख्न वैकल्पिक उपाय अपनाउन उनले गाउँमा अभियान चलाउँदै आएकी छन् ।
‘फजुल खर्च घटाउन गाउँमा चुम्लुङ (भेला) गर्छौं । समाज, स्थानीय क्लब लगायतका संस्थासँग समन्वय गरेर फजुल खर्च जोगाउने उपायहरु गाउँलेलाई बताउँछौं’, निरन्तीले भनिन्, ‘पाँचथर र इलामका केही गाउँमा यस्ता पुराना चलन बन्द भएका छन् । सिङ्गो राँगा, सुँगुर बोक्ने चलन हट्दैछ । जाँडरक्सी खर्च गर्ने ठाउँमा चियाले काम चलाउन थालिएको छ ।’ दशैंमा टीका लगाउन ससुराली जाँदा सिङ्गो राँगा, सुगुर लैजानु पर्ने, पैसा राखेर ढोग्ने चलनले विपन्न परिवारको जीवनस्तर झन् नाजुक बन्दै गएको छ । ‘रीतलाई नछाड्ने तर फजुल खर्च बन्द गर्ने अभियानमा लागेकी छु’, निरन्ती बोलिन् । फिदिप–७ का जगत फागोले २०६३ सालमा जेठी छोरीको विवाह गर्दा सुनौली रुपौली लिए । तर पछि माइली, साइलीको विवाह गर्दा कुनै रीत लिएनन् । ‘गाउँमा निकै चेतना आएको छ । त्यसको श्रेय स्थानीयहरु निरन्तीलाई दिने गर्छन् ।
यो अभियानसँगै उनी महिला सशक्तीकरण अभियानमा समेत लागेकी छन् । संकल्प भन्ने संस्थाको महिला अधिकारका लागि फोकल पर्सनको रुपमा गाउँ गएर अभियान चलाउँछिन् । यस्तै युएनडिपीले सञ्चालन गरेको एनपिस भन्ने संस्थाको पूर्वाञ्चल फोकल पर्सनको रुपमा काम गर्दैआएकी छन् । एकल महिला, जनजाति विपन्न महिलाहरुको पक्षमा उनी वकालत गर्छिन् । पाँचथर, ताप्लेजुङका विकट गाउँहरुमा पुगेर उनले महिला सशक्तीकरणका लागि काम गर्दैआएकी छन् ।
महिलाहरुलाई आरक्षण होइन अवसर दिनुपर्ने उनको भनाइ छ । उनी महिलालाई आरक्षण दिने विपक्षमा छन् । ‘महिलाहरुले अवसर पाए पुरुष समान काम गर्न सक्छन्’, उनी भन्छिन् । महिलाहरुले पनि काम गर्ने क्षमता बनाउनु पर्ने उनको भनाइ छ । प्रतिस्पर्धाबाट डराउनु हँुदैन । पुरुषसँग खुल्ला प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले बनाउनु पर्ने उनको भनाइ छ । महिलालाई चलाउने पुरुष कार्यकारी हुने संस्कारको उनी विरोधी हुन् । आप्mना कुरा स्पष्ट राख्ने दृढ स्वभाव, अरुलाई प्रभावमा राख्नसक्ने उनको क्षमताले जिल्लामा सबै क्षेत्रमा पकड रहेको छ ।