धनबहादुर पुरी,
तरहरा/ विश्वमै दुर्लभ मानिने अर्नाको सङ्ख्या कोशीटप्पु वन्यजन्तु आरÔमा बढेको छ । भर्खरै गरेको गणनाअनुसार १ सय ५ वटा अर्ना बढेको आरक्षले जनाएको छ । आरक्षले अर्नाको सङ्ख्या बढेको घोषणा शनिबार गरेको हो ।
आरक्षमा सन् २०१४ मा अर्नाको सङ्ख्या ३ सय २७ थियो । गत चैत २८ देखि ३० गतेसम्म भएको अर्ना गणनाको क्रममा यो सङ्ख्या बढेर ४ सय ३२ पुगेको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए । यीमध्ये एक वर्षका बच्चा ८१, २ वर्षका ३५, अर्धवयस्क १४, वयस्क पोथी १ सय ८२ र वयस्क भाले १ सय २० वटा रहेको आरक्षले जनाएको छ । सन् १९७६ को गणनाको आधारमा वार्षिक ७.२७ प्रतिशतले वृद्धि भएको आरक्षले जनाएको छ ।
आरक्षमा संरक्षित अर्नाका लागि आरक्षको समेत अभाव भएको आरक्षले जनाएको छ । आरक्षको क्षेत्रफल विस्तार नगरे आगामी केही वर्षमा अर्नाका लागि स्थान अभाव हुने संरक्षण अधिकृत शाहको भनाइ छ । घरपालुवा गाईभैंसीको छाडा चरीचरणले पनि अर्ना सङ्कटमा पर्न थालेको आरक्षले जनाएको हो । घाँस प्रशस्त नभएको कारण पनि समस्या हुन थालेको आरक्षले जनाएको छ । विश्वकै दुर्लभ अर्ना एकै ठाउँमा मात्र राख्दा भविष्यमा समस्या हुन सक्ने भन्दै वैकल्पिक वासस्थानको लागि चितवनमा सार्ने बहससमेत केही महिनायता भइरहेको छ ।
नेपालमा कोशीटप्पुमा मात्र पाइने अर्ना विश्वका चार मुलुकहरु भारत, थाइल्याण्ड, भुटान र कम्बोडियामा पाइन्छ । २०३२ सालमा पहिलो पटक गणना हुँदा कोशीटप्पुमा ६३ वटा अर्ना गणना भएको थियो । २०३२ (सन् १९७६) मा स्थापना भएको कोशीटप्पु १७५ वर्ग किलोमिटर क्षेत्रफलमा पैmलिएको छ । सुनसरी, सप्तरी र उदयपुर गरेर तीन जिल्लामा पैmलिएको यो आरक्ष सन् १९८७ रामसार सूचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित छ । यस आरक्षमा विभिन्न ५ सय २ प्रजातिका चराहरूका साथै विभिन्न जङ्गली जनावरको वासस्थानसमेत रहेको आरक्षका संरक्षण अधिकृत शाहले बताए ।
राष्ट्रिय वन्यजन्तु आरक्ष कोषका सदस्य सचिव गोविन्द गजुरेलले कोशीटप्पुलाई व्यवस्थित गर्दै लैजानुको विकल्प नभएको बताए । उनले भएका संरक्षित जनावरलाई बँचाउन कोशी नदी बेला–बेलामा वाधक हुने गरेको बताए । सिमसार क्षेत्र थोरै भएको भन्दै कोशीटप्पु क्षेत्रमा सिमसार क्षेत्र बढाउनुपर्ने उनको भनाइ थियो । कोशीटप्पुले पर्यटकलाई तानिरहेकाले यसलाई अभैm संरक्षण गर्नुपर्ने उनले बताए । विश्वका विभिन्न स्थानबाट चराहरु आउने स्थानका रुपमा विकास हँुदै गएको यो आरक्षलाई अझ व्यवस्थित गर्न स्थानीयको पनि सहभागीता हुनुपर्ने गजुरेलले औँल्याए ।
राष्ट्रिय वन्यजन्तु आरक्षका महानिर्देशक फडिन्द्रराज पोखरेलले टप्पुमा अर्नाको सङ्ख्या बढ्नु खुसीको कुरा भएको बताए । चरीचरणको अभाव भएकाले केही अर्नालाई चितवन लगेर संरक्षित गर्न लागिएको उनको भनाइ थियो । अर्ना देशकै गौरव भएको भन्दै उनले यसलाई अन्य ठाउँमा पनि संरक्षण गर्नु आवश्यक रहेको जनाए । विश्वमै भारतपछि नेपालमै धेरै अर्ना रहेको उनले बताए । कार्यक्रममा क्षेत्रीय वन निर्देशक मोहनबहादुर खड्का, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रकुमार यादवलगायतले अर्नाको सङ्ख्या अभैm बढाउँदै लैजान पहल गर्नुपर्ने धारणा राखे ।