धरान/दौरा लामो बाहुला भएको र अगाडी छातीमा दुई फेर गरी दुवैतिर तुना बाँध्न-मिल्ने कुमदेखि घुँडासम्मको हुन्छ। यो दायाँबायाँ कल्ली गाँ
सेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँधिने, दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टी छेउमा सेप्टी लगाएर सिइएको हुन्छ । यसका अरू नामहरूः लबेदा र मयलपोस पनि हुन् । पहाडमा बस्ने सबैजसो जातिका लोग्नेमान्छेले दौरा लगाउँछन् । दौरा घाँटीदेखि घुँडासम्म लामो हुन्छ । यसमा आठ वटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बााधिन्छन् । दौरासँग सुरूवाल, टोपी र इस्टकोट लगाइन्छ । यति कुरा लगाएका मानिसलाई नेपाली भनेर चिन्न सजिलो हुन्छ ।
१५ देखि २० हजार वर्षअघि लेखिएको मानिएको ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधक द्रापी शब्द परेको छ जसलाई भाष्यकारहरूले क्लोक (लबेदासरहको) हुन्थ्यो भनेका छन् । द्रापीबाट दौरा भएको तर पी लोप भएको बुझिन्छ । विसं १६८० तिर सिद्धिनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेका छन् । अरू अनगिन्ती मल्लकालीन मूर्ति मा पनि यो पोसाक देखिन्छ।
मयलपोस, लबेदा र दौरा समानार्थी लाग्छन् । तर, पूर्ण समानार्थी होइनन् । मयलपोस दरबारी, लबेदा काँठप्रचलित र दौरा पहाडी सम्बोधन हो भनेर पुग्दैन । सही लबेदा मुकुन्दसेनका खजान्ची चिन्तामणि भट्टराईको अद्यापि पाल्पामा सुरक्षित पोसाक हो, जुन घुँडाभन्दा तलसम्म आउँछ, धेरै फुकेको पनि हुन्छ । मेहेल (Pyrus pashia) को बियाँले नखुइलिने बदामी रङ दिन्छ । नखुइलिने वदामी रंङ को लुगा केवल उच्च वर्ग मा मात्र प्रचलित थियो किन भने मेहल रंग महगों हुने गर्दथ्यो | उच्च वर्ग ले लगाउने भए पछि मिहेनत का साथ सिलाईएको र जीउ मा टम्म मिलेको हुने नै भयो | त्यसै ले मेहल रंग ले रंगिएको र सहि नाप को पोसाक ( लबेदा / दौरा ) लाई मयलपोस भनिएको मानिन्छ| पछि कम्पनी भारत मा जव नखुलिने वदामी रंग सर्वत्र पाइन थाल्यो नेपाली हरु माझ यो रंग को दौरा खुवै प्रचलित भयो| सन् १८०३ मा फ्रान्सिस हेमिल्टनलको वर्णन मा नेपालमा सर्वत्र 'रेड्डिस कटन उल' प्रचलन मा रहेको उल्लेख छ| त्यहि समय तिर मयलपोस र दौरा समानार्थी शव्द वन्न पुगे | यति भन्दा भन्दै पनि मयलपोस मोटो अर्थमा विशिष्ट निर्मित (कस्टम मेड) हो, जसको गाह्रो भाग खोकिला मिलाउनु हो र जो सहज नाप -(फ्रि साइज) को दौराभन्दा भिन्न देखिन्छ ।
जुम्लामा दौराको नाम कोच्छ्या पनि हो। नेवारीमा 'भोट लँ' ले भोटो लुगा बुझाउँछ । ठूलाकोमा खार्पा हुने र सानाकोमा नहुने मान्यता छ । मगर र गुरुङमा दौरा भनेको भोटोकै पर्यायवाची हो| थकालीमा दौरा आङीले चिनिन्छ । साम्पाङको दौराबोधक लछुम र याक्खाको लोकी लाङ्सुप्मा केही मिल्न खोज्छन् ।