धरान/ भारतीय प्रसिद्ध रङ्गकर्मी, निर्देशक, विचारक एम के रैनाले भनेका छन्, ‘थियटर कहिले मर्दैन, मानिसहरु–दर्शकहरु फिल्म र टिभीमा केही समय आकर्षित भएपनि अन्तिममा कृत्रिम अभिनयबाट वाक्क भएर वास्तविक अभियन हेर्न थियटरमै फर्किनेछन् ।’
उनले भनेजस्तै डेढ दशक सुस्ताएको आरम्भ नाट्य समूह, आरम्भ नाट्य डबली बनेर धरानमा कमब्याक हुँदैछ । जतिखेर आरम्भ धरानमा मात्रै हैन, देशभर चर्चामा थियो । आरम्भकै कलाकारहरु देशकै सिनेमा हाँक्ने ‘हिरो’ भएका छन् । आरम्भकै उत्पादन अप्सरा खड्का, वर्षा खड्का, आरजे सुरज श्रेष्ठहरु यतिखेर चर्चाका पात्र छन् । तर, आरम्भ भने एक दशकभन्दा बढी चर्चामा रहेर डेढ दशकभन्दा बढी सुस्तायो ।
फेरि कमब्याक भएको आरम्भले त्यही पात्रलाई उभ्याउँदै छ । जुन पात्र निर्देशनमा देशकै ‘हिरो’ सावित भएको छ, अर्थात् सुरज सुब्बा नाल्बोलाई उभ्याएर ‘अधुरो क्यानभाष’ मार्पत् आरम्भले पुनरागमन गर्दैछ । जहाँ सुरज कलाकारको रुपमा थिए । यो पुनरागमनमा थियटरमा देशकै चर्चित अनुहार सुनील पोखरेल, अशेष मल्ल, दयाहाङ राई, नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्तलाई निम्ताइने डबलीका अध्यक्ष एवं अग्रज पत्रकार गोपाल देवान बताउँछन् ।
‘युद्ध अभैm जारी छ’ बाट सुस्ताएको आरम्भको यात्रा १६ वर्षपछि आरोहण सम्मान प्राप्त गरेको ‘अधुरो क्यानभास’ मार्पmत् उदाउन खोज्दै छ । ‘रङ्गकर्म गर्नु गाउनु र लेख्नुजति सहज कर्म होइन, यो एकदमै गाह्रो काम हो’, अध्यक्ष देवान भन्छन्, ‘तर, पनि हामी धरानलाई बेसक्याम्प बनाएर नाटक अघि बढाउने तयारीमा छौं ।’ २०४५ सालमा आरम्भ स्थापित हुँदा धरानमा अनाम नाट्य समूह बाहेक अर्को समूह थिएन । त्यही समूह थियो, जसले नाटकलाई जीवन दिन्थ्यो ।
तर, जब आरम्भले धरानको नाटक क्षेत्रमा डेब्यु मा¥यो, त्यसपछि शुरु भएका उसका यात्राहरु १२ वर्ष अविराम रुपमा चले । त्यस बीचमा ३४ वटा नाटक प्रदर्शन भए । जसमध्ये सडक बालबालिकाहरुको जीवनमा आधारित नेपालकै पहिलो नाटक ‘यिनीहरु देश खोजिरहेका छन्’ काठमाडौंको एकेडेमीमा उत्कृष्ट हुन सफल भयो । २०४७ सालमा धरानमै भएको बाल नाटक मेलामा प्रथम पुरस्कार जितेको यो नाटक काठमाडौंस्थित एकेडेमीमा विशेष सान्त्वना पुरस्कारको भागिदारसमेत भएको थियो ।
अनामले समेत यो नाटकलाई सम्मान गरेको थियो । जनआन्दोलनमा आधारित भएर लेखिएको ‘दमनको राप’ ले ३२ औं संस्करणसम्म रंगमञ्चमा कब्जा जमायो । यो सडक नाटक पूर्वाञ्चलमा उत्कृष्ट मात्रै बनेन, २०४८ सालमा महानन्द सापकोटा पुरस्कारबाट पुरस्कृतसमेत भयो । यही नाटकले धरानको नाटकीय गरिमालाई समेत पोखरा, काठमाडौंसम्म चिनाउन सफल भयो । ‘यहाँ नाटक शुरु हुँदा पोखरा धेरै पछि थियो’, अध्यक्ष देवान भन्छन् ।
बाह्र वर्षको अन्तरालमा ‘पृथक पृथक खोजहरु’ यिनीहरु देश खोजिरहेका छन्, अधुरो क्यान्भास, दमनको राप र भोकको औषधि’ दर्शकमाझ चर्चित मात्रै बनेनन्, पुरस्कार र सम्मानको भागिदारसमेत भए । त्यही कालखण्डमा झण्डै एक दर्जन नाट्य समूह समेत धरानमा खुले । आरम्भसँगसँगै हाम्रो, समर्पण, छिमेकी, सिर्जना, सृष्टि लगायतका नाट्य समूहले लामो समयसम्म धरानको रङ्गमञ्चलाई जीवित पारिरहे ।
तर, त्यही बीचमा अनाममा उठेको खट्पटका कारण धरानका नाट्य समूहहरु बिस्तारै पलायनतिर धकेलिए । आरम्भपछि सृष्टि नाट्य समूहले लामै समयसम्म रङ्गमञ्चलाई ब्यूँताइरह्यो । ‘हामी सुस्ताएपछि सृष्टिले लामै समयसम्म रङ्गमञ्चलाई ब्यूँताइरह्यो’, अध्यक्ष देवान भन्छन् । रङ्गमञ्चमा धरान जति चर्चामा थियो, त्यति नै धरानको रङ्गमञ्चको इतिहास कष्टकर थियो । त्यो बेलामा रङ्गमञ्चमा उभिनु फलामको च्युरा चपाउनुजत्तिकै थियो ।
‘खाट बोकेर नाटक ग¥थ्र्यौं’, कलाकार सुवर्ण पलिखे भन्छन्, ‘धरान उपमहानगरभित्र रहेको मोति स्मृति भवनको स्टेज पनि हामी आपैंmले निर्माण गरेका हौं ।’ मोति भवनको स्टेज बनाउँदा कलाकारहरु आपैंmले ढुङ्गा, माटो, गिट्टी बोकेका थिए । त्यो दिनबाट हालका दिनसम्म आइपुग्दा पनि नाटकका सुनौला दिनहरु छैनन् । अहिले पनि नाटक गर्नको लागि निक्कै गाह्रो छ । ‘तर, पनि पुनर्जीवित गर्नको लागि हामी कस्सिएका छौं’, कलाकार सन्तोष थेवे भन्छन्, ‘अभैm पनि हामीसँग चुनौतीहरु छन् ।’
१६ वर्ष छुट्टिएका कलाकारहरु गोलबन्द बनेका छन् । आरम्भका पहिलो पुस्ताका गोपाल देवान, प्रवीण राई, सन्तोष थेवे, राजन दाहाल, राजीव आचार्य, सचिन छेत्री, राजु थापामगर, विक्रम श्रीलगायतका कलाकारहरु जुट्दै छन् । यही टिमले फेरि महिनामा एकपटक नाटक प्रदर्शन गर्दै धरानलाई ‘नाटकको बेसक्याम्प’ बनाउने तयारी गरेको छ । नाटक मात्रै हैन, आरम्भले अब प्रशिक्षण कक्षासमेत सञ्चालन गर्ने भएको छ । प्रशिक्षणबाट खारिएका कलाकारहरुलाई अध्यक्ष देवानद्वारा लिखित ‘विवशतामा बाँचिएको जिन्दगीमा’ कलाकारसमेत बनाइने बताइएको छ ।