धेरै वर्ष अगाडिको कुरा हो । भक्तपुरको खेतहरुतिर डुल्दा खेतमा काम गरिरहेका किसानहरुको लामा त्वाक्क, बजी प्mवाँक्क भन्ने टुक्का सम्झना भयो । यो टुक्काको अर्थ लामा अर्थात् लसुनको टुक्रा भाँचेर, चिउरा प्mवाँक्क मारेर खाने भन्ने अथ्र्याउँछ । त्यस बेलाको त्यो कर्णप्रिय टुक्काले लसुनले धेरै महत्व बोकेको हुन्छ भन्ने के थाहा थियो र ?
शाकाहारीको एक अन्तर्राष्ट्रिय संगठनको मुखपत्रमा लसुनको महिमाको बखान गरिराखेको पढ्दा लसुनप्रति झन् चासो बढ्यो । थरी–थरीका पत्रिकाहरुमा बराबर लसुनको महत्व पढ्न पाइएको पनि हो । तर टङ्कविलास वरेले लेखेको अङ्ग्रेजी भाषाको ‘दी सिट अझ कल्चरल हेरिटेज’ नामक पुस्तकमा विक्रम सम्बतीय वर्षको अन्त्यतिर मनाइने तीनदिने चाड (जसमा घोडे जात्रा पर्व पनि पर्छ) लाई ‘दी फेस्टिभल अफ गार्लिक’ भनेर चिनाउन खोज्नु भएको छ । यस्तै नेवार सँस्कृतिका विदुषी, विज्ञ डा. चुन्दा बज्राचार्यको नेपाल भाषामा लेखिएको ‘नेपाः तः जिलजिई नखः चखः’ नामक पुस्तकमा सबै घर परिवारले त्यस पहांचहे अथवा घोडेजात्राको अवसरमा धार्मिक दृष्टिकोणले भन्दा कृषि उत्पादनको दृष्टिकोणले लसुनको परिकार अनिवार्यरुपले तयार गरी सबै परिवारले सेवन गर्नुपर्ने र लुकिराखेको शिव अथवा लुकुमाद्दोलाई पूजा गरी सो लसुनको परिकारसहितको भोज भाग चढाउनुपर्ने कुरा उल्लेख गरिएको छ ।
दुई लेखकको भनाइ र नेपालमा सर्वत्र लसुन सब्जीको रुपमा मसलाको रुपमा प्रयोग हुने गरेबाट लसुनको महत्व बुभ्mन सकिन्छ । देश–विदेशबाट नेपाल आउने मानिसहरुले पनि लसुनको तरकारी रुचाएर खाने गरेको देखिएको छ । लसुनलाई अन्तर्राष्ट्रिय जगतमा नै राम्रो सब्जीको रुपमा मान्यता दिइएको छ । तर यसको महिमाभन्दा महत्व अर्थात् लसुनले धेरै रोगहरुलाई निको पार्ने कुरा स्मरणीय छ । यसको सेवनले शरीरलाई स्वस्थ तुल्याउने र दीर्घ जीवन दिन्छ । लसुनको वैज्ञानिक नाम ल्याटिन भाषामा आल्लीडम साटिभूम हो । यसको पोटीमा अरु–अरु रसायनिक पदार्थको अतिरिक्त अलिसिनो, आलिइयो तथा आलिनाजो रहेको हुन्छ ।
लसुनको गानो वा पोटी नकाटिएसम्म यसबाट गन्ध आउँदैन तर लसुन काटिएपछि आलिनाजो नामक इन्जाइमले आफ्नो प्रतिक्रिया देखाउन शुरु गर्दछ । आलिसिनो देखापर्नुभन्दा अगाडि सल्फरयुक्त आमिनोएसिडको रुपमा रहेको आलिइनो देखापर्दछ । जुन आलिसिनामा परिवर्तित हुन्छ र पछि आलिमिनो पुरस्कृत भई लसुनको गन्ध निकाल्न थाल्दछ । यो आलिसिनो ब्याक्टेरिनाशक तथा सुजन दुःखपीडा र पोलाइमा फाइदा गर्दछ ।
पकाइएको लसुनमा इन्जाइममा आलिनाजो नष्ट भइसकेको हुनाले लसुनको कडा गन्ध हुँदैन । किनभने आलिसिनो नामक रसायनिक पदार्थ काचो लसुनमा मात्र हुन्छ । त्यसैले उपचारका लागि काँचो लसुन मात्रै प्रयोग गर्नुपर्दछ ।
रुसी विद्युतीय जीवनशास्त्री प्रो. गुर्विचाक अनुसार लसुनले मात्रै होइन प्याजले समेत अनौठो किसिमको अल्ट्रा भ्वाइलेट राइम विकरण प्रसार गर्दछ । यी रश्मीहरुले शरीरका कोषहरुको अभिवृद्धि र सक्रियतालाई उत्प्रेरित गर्दछ र शरीरका सबै कार्यप्रणालीलाई पुनर्ताजकीकरण गर्दछ । यसले शरीरका विभिन्न गडबडीहरुलाई सामान्यीकरण गर्ने र धेरै रोगहरुलाई प्रतिरोध गर्ने तथा निको पार्दछ । तीमध्ये जोर्नी दुख्ने, आज्मा, ब्रोन्काइटिस, मधुमेह, डिफ्टेरिया, आउ, ग्याष्टिक, कोलाइट्स, लहरेखोकी, कीराफट्याङ्ग्राको टोकाइ, निमोनिया, आन्द्रा र मृगौलासम्बन्धी गडबडी, बाथ, सन्निपाथ ज्वर, टीबी भाइरसबाट हुने रोगमा फाइदा पुग्दछ । लसुन एन्टीवायोटिक हो र यसले पेटका जुका कीराहरुलाई नष्ट गर्न मद्दत गर्दछ ।
लसुनले रुघाको लक्षणहरुलाई निरोध गर्दछ तथा प्रभावकारी ढङ्गले इन्प्mलुइन्जा, घाँटी दुखाइ, नाकको श्लेष्मिक झिल्लीको सुजन, ज्वर, खोकी आदिलाई निको पार्दछ । यसको लागि ताजा लसुन वा उपचारको लागि तयार भएको पदार्थ प्रयोग गर्नुपर्दछ । रुसका अस्पतालहरुमा लसुनबाट तयार गरिएको वाफिने पदार्थलाई बप्mयाएर बिरामीहरुलाई श्वास लिन लगाइने चलन उल्लेखनीय छ । शरीरमा देखिने स–साना बिरामीहरु, गिजा सुन्निएमा, दिनको ३–४ पटक ताजा लसुनले विस्तारै थिच्ने गरिएमा र खाने रोगमा फाइदा हुन्छ ।
नेपालमा सेतो र रातो लसुन पाइन्छ । अहिले लसुन र चिनियाँ (ल्हासा) लसुन भन्ने चलन पनि बजारमा छ । २ पोटी ल्हासाको लसुन चपाउँदा गिजा सुन्निएको निको भएको अनुभव पनि छ । यसले रगत पनि सफा सफा गर्छ । यसले रगतलाई शुच र बढी पातलो बनाउँछ । रगतका नलीहरुलाई बढी फराकिलो बनाउँछ । यसले गर्दा रक्तचाप घटेर जान्छ । लसुनमा भएका प्राृकतिक पदार्थद्वारा युरिक एसिडलाई घोल्छ र युरिकएसिड निख्रिन्छ । आवश्यकता अनुसार लसुन खाँखा दीर्घजीवनी बन्न सकिन्छ ।