प्राचीन ग्रन्थमा सुगन्ध (अत्तर, सेन्ट) को उल्लेख विशेष रुपमा गरेको पाइन्छ । अग्नि पुराणअनुसार राजाको दिनचर्याको प्रारम्भ सुगन्धबाट नै हुन्थ्यो । लगभग विभिन्न १ सय ५० प्रकारका पदार्थका सुगन्धले राजालाई स्नान गराइन्थ्यो । यस प्रयोजनका लागि धेरै महिलालाई जागिर नै दिएर राखिन्थ्यो । यी महिलालाई ‘गन्धकारिका’, ‘गन्धहादिका’ भनिन्थ्यो । रामायणमा उल्लेख भएअनुसार विवाहको समय सीतालाई सुगन्धित उक्टन लगाइएको थियो । युधिष्ठिरलाई १ सय ७८ युवाले सुनका घडामा सुगन्धित जल भरेर स्नान गराउँथे । यसरी सुगन्ध (उत्तर) को प्रयोग प्राचीनकालदेखि नै भएको पाइन्छ । सुगन्धले मनलाई आनन्दित बनाउँछ र प्रेमको लागि प्रेरित गर्दछ ।
सौन्दर्यका लागि पुरुषहरुभन्दा नारीहरु प्राचीन कालदेखि नै बढी सचेत भएको पाइन्छ । त्यसैले पनि नारीहरु नै सुगन्ध तथा सौन्दर्य प्रशाधनका सामान बढी प्रयोग गर्ने गर्दछन् । उनीहरु कस्तुरी बिना, केसर, चन्दन, कपुर आदिले बनिएको लेप आप्नो अनुहारमा लगाउँथे । तेलमा सुगन्ध मिसाएर तेललाई सुगन्धित बनाएर प्रयोग गर्दथे ।
प्राचीन कालदेखि आजसम्म संसारका समस्त प्रेमिकाले आप्ना प्रेमीलाई आप्नो प्रगाढ प्रेममा बाँधिराख्नको लागि प्रेमको प्रतीकको रुपमा सुगन्धलाई प्रयोग गरेको पाइन्छ । आजसम्म पनि त्यही परम्परा चलिआएको छ । जहाँ सुगन्धलाई प्रेमको प्रतीकको रुपमा, प्रेम प्रस्फुटन हुनमा अहम् भूमिका खेल्ने वस्तुको रुपमा लिइन्छ ।
सुगन्ध स्त्री–पुरुषको परस्पर शारीरिक आकर्षणको कारण बन्दछ । पुरुषको पसिनाको उष्ण कस्तुरी गन्ध स्त्रीलाई उत्तेजित गर्नमा सामथ्र्यवान् हुन्छ । पुरुषको शरीरबाट निस्कने गन्धले स्त्री–पुरुषलाई प्रेमको सहमतिको दिशातर्प उन्मुख गराउने वैज्ञानिकहरुको भनाइ छ ।
वैज्ञानिकहरुको भनाइअनुसार, ‘प्रेमको सञ्चार नाकबाट पनि हुन्छ ।’ कामोत्तेजनालाई वृद्धि गर्नुमा संवेदनशील नाकमा निर्भर हुन्छ । शरीरको गन्धले कामोत्तेजना वृद्धि गर्नमा जसरी मद्दत पु¥याउँछ, त्यसरी नै परप्युम वा अत्तरले वातावरण र मनलाई आनन्दमय बनाउँछ ।
सुगन्धले प्रत्येक मानिसलाई आकर्षित गर्दछ तर दुर्गन्धले टाढा भगाउँछ । कुनै पनि सुन्दर, आकर्षक स्त्री वा पुरुष किन नहोस्, तर उसको मुख, श्वास र शरीरबाट निस्कने दुर्गन्धका कारण ऊसँग आकर्षित हुन त परै जाओस् । उसको नजीक हुन कोही चाहँदैन । स्त्री र पुरुषको एक–आपसको शारीरिक गन्धको प्रभाव यौन क्रियामा पनि पर्दछ किनकि सुगन्धले कामोत्तेजनालाई चरम् सीमासम्म पु¥याउन मद्दत गर्दछ ।
सेक्स हार्मोनमा वैज्ञानिकहरुले गरेको नयाँ अन्वेषणअनुसार स्त्री–पुरुषको परम्परागत आकर्षणको पछि उनीहरुको शारीरिक, स्वेच्छिक, जैविक रासायनिक क्रियाले काम उत्तेजना सम्प्रेषण अर्थात् कमोत्तेजनालाई वृद्धि गर्न सुगन्धले काम गर्छ । कीरा, फट्याङ्ग्राको यौन व्यवहारमा फेरोमोनको महत्वपूर्ण भूमिका हुन्छ । पोथी जब सहवासको लागि तयार हुन्छे, तब उसको शरीरबाट एक किसिमको फेरोमोन निस्कन्छ । यही गन्धबाट आकर्षित भएर भाले टाढाबाट आउँछ । मानव–जगत्मा पनि डिम्ब निर्माण कालमा स्त्रीको शरीरमा एक खास किसिमको गन्ध निस्किन्छ र केही समय स्त्री पुरुषलाई आकृष्ट गर्नमा बढी सक्रिय हुन्छे ।
सृष्टिको सृजनामा प्रजनन्को दृष्टिले हुनेवाला विप्लवको आधार पूmल थियो । यही पूmलमा भएको गन्धले मानिसलाई मात्र होइन, बरु कीरा, फट्याङ्ग्रा र पुतलीलाई पनि आकर्षित गर्दछ । पूmलमा भएको सुगन्ध नै गर्भाधानको आधार पनि हो ।
सुगन्ध (परप्युम) आज आधुनिक व्यक्तित्वको एक हिस्सा बनेको छ । पुरुष र महिलाका लागि बजारमा विभिन्न किसिमका अलग–अलग फरप्mयुम उपलब्ध छन् । परप्mयुम र अत्तरलाई अलग–अलग मान्न सकिन्छ । अत्तर विभिन्न पूmल र जडिबुटीबाट बनाइन्छ । परप्युममा तेल, चन्दन तथा विभिन्न रासायनिक तथा अल्कोहल मिसाएर कृत्रिम रुपले तयार बनाइन्छ । अल्कोहलको प्रयोग हुने हुनाले यो हानिकारक पनि हुन्छ र यसको सुगन्ध पनि चाँडै हराउँछ ।
अत्तरलाई मुख्यतया चार भागमा बाँड्न सकिन्छ । पहिलो प्रकारको अत्तरमा खासगरी पूलको सुगन्ध हुन्छ । यसले स्पूर्तिको महसुस गराउँछ । यसलाई रोमान्टिक अत्तर पनि भनिन्छ । दोस्रो प्रकारको परप्mयुम ‘स्पाइसी’ (मसालेदार) को रुपमा हुन्छ । तेस्रो प्रकारको अत्तर खास गरी स्पूर्ति तथा ताजगीको लागि नै बनाइएको हुन्छ । परप्mयुमको चौथो प्रकार मादक र उत्तेजक हुन्छ । यसलाई बनाउनमा विशेष तरिकाले विभिन्न सुगन्धित पदार्थको प्रयोग गरिएको हुन्छ । यस प्रकारको अत्तरमा यति धेरै मादकता र सम्मोहन गर्ने क्षमता हुन्छ कि यसलाई सुँघ्ने व्यक्तिको होस–हवास नै उड्दछ । ‘पालोमा’, ‘ओलियम’, ‘जोली’ आदि यस प्रकारका प्रसिद्ध अत्तरहरु हुन् ।
अत्तर सामुन्ने रहेको व्यक्तिको भावनालाई उत्तेजित गराएर आपूतर्प आकर्षित गर्ने सशक्त माध्यम हो । अञ्जान व्यक्तिको मनमा प्रेमको प्रष्फुटन गराउने सरल माध्यम पनि हो ।