limbu copy
हरेक नागरिकलाई आफ्नो जातिय भाषा र संस्कृति प्यारो हुन्छ अनि हरेकलाई जान्न सिक्न र लेख्न रहर हुन्छ तर युवा पुस्ता भने विविध कारण र राज्यले गरेको विभेदका कारण त्यो अधिकारबाट वन्चित भईरहेका छन् । त्यस्तो  समस्या झेलिरहेको युवा पुस्ताको संख्या बढ्दो छ , कुनै दिन यस्तो दिन आउने छ जतिबेला हाम्रा सम्पतिका रुपमा रहेका भाषा , संस्कृति र पहिचान ईतिहाँसको एउटा पानामा सिमित हुने छ । झापाको काकडभिट्टा–१० भानुटोलका चन्द्रप्रसाद र सुनिता आङ्देम्वेकी छोरी एवं स्थानिय सुन्दरि रोशानी आङ्देम्बे जसलाई आफ्नै भाषामा बोल्न र लेख्न आउँदैन तर पनि उनि स्थानिय कार्यक्रमहरुमा जातिय पोषाकमा नै सजिएको देखिन्छिन् । हिन्दी र अंग्रेजी समेत प्रष्ट र राम्रोसँग बोल्न सक्ने उनि आफ्नै भाषाका विषयमा भने अनविज्ञ छिन् । झट्ट सोच्दा सामान्य झै लागेपनि यो विषय गम्भिर अनि संवेदनशिल छ । आफ्नो जातिय भाषा र संस्कृतिकै विषयमा अनबिज्ञ हुनु या त रहन विबस हुनु सामान्य विषय नभएको समाजशास्त्र एवं भाषा तथा संस्कृतिको अधिकारका पक्षमा लाग्नेहरु बताउछन् । राज्यले गरेको विभेद , अन्र्तजातिय विवाह र युवा पुस्तामा आधुनिकताका नाममा हाबि हुँदै गएको पाश्चात्य संस्कृति नै मुख्य कारक भएको भाषा तथा संस्कृतिको रक्षामा क्रियाशिल विज्ञहरु वताउँदछन् । हाम्रो देशको पहिचान र सम्पतिका रुपमा रहेका मातृ भाषा र संस्कृतिको पहिचानमा राज्यले बेलैमा गम्भीर बनेर नसोचिदिने हो भने कुनै दिन ईतिहासका पन्नाहरुमा सिमित हुने उनिहरुको भनाई छ । काकरभिट्टाकी १७ वर्षिय सुन्दरी रोशनी लिम्बु आफ्नो भाषा तथा संस्कृतिबाट विमुख भएकाहरुको एउटि प्रतिनिधि पात्र मात्रै हुन् । उनि जस्ता युवा पुस्ताका थुप्रै पात्रहरु तपाई हाम्रै वरिपरि छन् । स्थानिय स्तरका सुन्दरी प्रतियोगिता र साँस्कृतिक कार्यक्रमहरु मार्फत चिनिएर स्थापित हुदै गएकी मोडल रोशनी जसलाई युवा पुस्ताको क्षमतावान प्रतिनिधिका रुपमा समेत हेरिन्छ । उनकै पिडा यस्तो छ भने अन्यको के होला ? स्थानिय स्तरका साँस्कृतिक कार्यक्रमहरुमा जातिय पोषाकमै देखिने र नृत्य गर्ने उनि आफुलाई लिम्वु भाषा राम्रो गरी बोल्न , लेख्न र पढ्न नआउने सुनाउँछिन् ।  लिम्वु भाषाका गितमा नृत्य गरेपनि आफुले नृत्य गर्ने क्रममा सिकाएका कारण सामान्य बुझेपनि पुरै भने वुझ्न नसक्ने बताएकी छन् । बुवा लिम्वु र आमा क्षेत्री भएका कारण घरमा लिम्वु भाषा नबोलिने र बिद्यालयमापनि पढ्न नपाएका कारण मन र ईच्छा हुँदा हुदैपनि आफु लिम्वु भाषा पढ्न , लेख्न र बोल्नबाट बन्चित हुनु परेको उनले दुःखेको पोखिन् । उनले थपिन ‘म लिम्बू कि छोरी हुँ , लिम्बू भाषामा पढ्न लेख्न र बोल्न सक्दिन मैले कसरी आफुलाई लिम्बू हुँ भनेर भन्नु? मातृ भाषा र राष्ट्रिय भाषा नेपाली दुवै आफ्ना लागि प्रिय र समान भएपनि मातृ भाषा नजान्दा कतिपय ठाँउमा लाज र सरम हुने गरेको उनको गुनासो छ ।1 (4)

जातिय भाषा र संस्कृति आफ्ना लागि प्यारो भएपनि पहिला नेपाली अनि मात्रै लिम्बू समुदायकी भनेर आफु चिनिने बताउँदै भनिन् ‘ म जसरी नेपाली भाषा बोल्न , पढ्न र लेख्न सक्ने भएकी छु त्यसरी नै लिम्बू भाषामा पनि जानकार हुन पाउने कि नपाउने ?’आफुलाई राजनितिका विषयमा ज्ञान र जानकारी नभएपनि लिम्बू भाषा मात्रै नभएर हरेकले आफ्नो मातृ भाषाका विषयमा जानकार बन्न पाउनु पर्ने उनको भनाई छ । कला र अभिनयको क्षेत्रबाटै आफुलाई अघि बढाउने अठोट बोकेकी रोशनिले मिस एसएलसी झापामा सहभागि रहेका बेला अभिनयका लागि आएको अफर गुमाएको समेत खुलाईन् । नेपाली र लिम्बू दुवै भाषाका गित र चलचित्रमा अभिनय गर्ने आफ्नो ईच्छा भएपनि मातृभाषाको ज्ञान नहुँदा समस्या हुन सक्ने उनले बताएकी छिन् । एउटै समयमा नेपाली र लिम्बू भाषाका गित या चलचित्रमा अभिनयको प्रस्ताब आए कुन चाँहि छान्नु हुन्छ भन्ने प्रश्नको उत्तर दिदै उनले भनिन् ‘त्यस्तो अबस्था नआओस् गड , आई हाल्यो भने पहिला आफु नेपाली अनि मात्रै नेपाल भित्रको लिम्बूनी । नेपाली भाषा मै अभिनय गर्ने प्रस्ताब स्विकार्ने छु ।’तर त्यको मतलब आफ्नो भाषालाई हेला र अपमानित गरेको भने नहुने तर्क गर्दै उनले थपिन् ’ नेपाल छाडेर बाहिर देश गईयो भने पहिला त नेपाली नै हुँ भनिन्छ नि अनि मात्रै नेपाल भित्रको लिम्बू समुदायकी भनिन्छ नि हैन र , यही सिमा पारी जाने वित्तिकै मैले नेपाली हु भनेर चिनाउन पर्छ ’ काकडभिट्टामा गत वर्ष सम्पन्न सुन्दरी प्रतियोगितामा फष्ट रनर अप बनेकी उनि मिस एसएलसी झापामा समेत सहभागि बनेकी थिईन् । लिम्वुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङ का कार्यक्रमहरुकी नियमित कलाकार बनेर मेचिनगरमा चिनिएकी उनले स्थानिय सांस्कृतिक कार्यक्रमहरुमा सहभागि भएर पुरस्कारहरु पाएकी छिन् ।

1 (1) 1 (2) 1 (3) 1 (5) 1 (7) 1 (8)