मोरङको पथरीशनिश्चरे नगरपालिकाअन्तर्गत केचना क्षेत्रका बासिन्दाले कुनै पनि अवस्थामा जग्गा नछाड्ने बरु प्रतिकार गर्ने धारणा सार्वजनिक गरेपछि स्थिति जटिल हुने देखिएको छ । सो जग्गा ऐलानी नभई व्यक्तिको निजी जग्गा भएको ठहर गर्दै सर्वोच्च अदालतले सो जग्गा खाली गर्न पैmसला पनि सुनाइसकेको छ । त्यहाँका बासिन्दाको तर्क भने अर्कै छ । त्यस क्षेत्रमा आपूहरुको तीन पुस्ता बसेको बताउँदै उनीहरुले लालपुर्जा देखाउने ‘जग्गाधनी’ हरु एक वर्षअघि मात्र आएको जिकीर गरेका छन् । सर्वोच्चको पैmसला कार्यान्वयन गर्दा त्यस क्षेत्रको ५० बिघा क्षेत्रफलमा बसोबास गर्ने झण्डै अढाइ सय परिवारको उठीवास हुने देखिएको छ । त्यस क्षेत्रमा आपूmहरु २०३६ सालयता बसिरहेको जनाउँदै उनीहरुले जग्गाको तिरो तिरेको रसिद पनि आपूmहरुसँग सुरक्षित रहेको बताएका छन् ।
सर्वोच्चको पैmसला कार्यान्वयन गर्ने क्रममा स्थानीय प्रशासनले जग्गा खाली गराउन ३५ दिने सूचनासमेत जारी गरिसकेको छ । यस्तो अवस्थामा स्थानीयले भने लालपुर्जावालहरुको पुर्जा कीर्ते गरी निकालिएको भन्दै लालपुर्जा छानविन गर्न माग गरेका छन् । आप्mना माग सुनुवाइ नगरी बलपूर्वक उठाउने प्रयास गरिए आपूmहरु प्रतिकार गर्न तयार भएको उनीहरुको भनाइले गम्भीर सङ्केत गर्छ । परिस्थिति भीडन्ततर्पm उन्मुख भएको यसले सङ्केत गर्छ । त्यसो भएमा परिणाम सुखद् नहुने निश्चित छ ।
न्यायपालिकाको पैmसलाको सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो । त्यसैले न्यायालयको पैसलालाई चुनौती दिनु ‘कानूनी राज्य’ मा उचित हुँदैन । यसो भन्दैमा नागरिकहरुले चुपचाप अन्याय सहनुपर्ने अवस्था सिर्जना हुन नदिनु पनि न्यायालयको कर्तव्य हो । अतः नागरिकहरुले प्रतिकार होइन, न्यायिक बाटो नै अवलम्बन गर्नु बढी उपयुक्त हुन्छ । न्यायका लागि अदालतकै शरण पर्नु बढी श्रेयष्कर हुने छ । आवेगमा आएर भीडन्तको बाटोतर्प अग्रसर हुँदा न्याय व्यवस्था खल्बलिने मात्र होइन, घातक परिणामको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
यसर्थ, स्थानीय साँच्चीकै आपूm अन्यायमा परेको ठान्छन् भने उनीहरुले कानूनी बाटोबाटै पैmसला पुनरावलोकनका लागि अदालतलाई नै गुहार्नु बढी फलदायी हुने छ । कहिलेकाहीँ न्यायपालिकाबाट पनि त्रुटि हुन सक्छन् । अतः न्यायालयलाई त्रुटि सच्याउने अवसर दिनुपर्छ र न्यायपालिकाले पनि यही रुपमा लिनुपर्छ तर न्यायपालिकामाथि दोष खन्याएर आपू सुरक्षित हुन स्थानीयले भ्रम फिँजाएका हुन् भने त्यो अझ अक्षम्य गल्ती हुने छ । यसर्थ, यस विषयमा सत्य तथ्य पत्ता लगाई उचित निष्कर्षमा पुग्न सबै पक्षले संयमित हुनु आवश्यक छ ।