[caption id="attachment_3257" align="alignleft" width="260"]salik              शालिक शतासक राई[/caption]

साकेलामा नियालेर प्रकृतिको रङ्ग
दायीलुङ् (चुल्हो) मा भेट हुन्छ सधैँ पुर्खासँग
सेवा राखी पुर्खा र प्रकृति
बाँचिरहन्छौँ युगौँयुग किराती
आजभोलि यस्ता भाकाका गीत किराती गाउँघरहरुमा गुञ्जायमान भइरहेका छन् । कुनै पनि जातिको पहिचान हो– संस्कृति । संस्कृति उत्पत्तिका अनेकौँ तथ्यहरु छन् । विभिन्न समाजशास्त्रीहरुले सम्पूर्ण मानव संस्कृतिको उद्गम विन्दु प्राचीन इजिप्टलाई मान्दछन् । यसैगरी संस्कृतिको विकासका लागि अनुकूल वातावरण नाइल नदीको मलिलो माटोमा सर्वप्रथम ‘जौ’ को उत्पादन गरी खेतीपाती शुरुआत भएको मानिन्छ र यही मानव कृषियुगको आरम्भ भएको मान्न सकिन्छ । भाषा, धर्म, संस्कृति र लिपि कुनै पनि समुदायको पेवा हुँदैन । यो समाज, राष्ट्र र विश्वकै अमूल्य सम्पदा हो । साकेलालाई किरात राईहरुको मात्र नभई सम्पूर्ण नेपाली र  विश्वकै संस्कृतिको रुपमा लिन सकिन्छ ।  अहिले नेपालमा विशेष गरेर किरात राईहरुले यही साकेला संस्कृति मनाइरहेका छन् । संस्कृति विकासको उद्गम विन्दु जहा“–जहा“ जसरी भए पनि यसलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा एक ठाउँबाट अन्य ठाउँहरुमा बिस्तारै प्रसारण हुँदै आइरहेको छ र कैयौँ संस्कृतिमा विचलन पनि भइरहेको छ । किरातभित्र राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन् । यी समुदायहरु प्रकृति र पितृको पूजा गर्दछन् । यसै सन्दर्भमा साकेलालाई विभिन्न दृष्टिकोणबाट व्याख्या र विश्लेषण गर्न सकिन्छ ।
साकेला उभौली (वैशाखे पूर्णिमा) र उधौली (मङ्सिरे पूर्णिमा) गरी वर्षमा दुईपटक हर्षोल्लासका साथ मनाइन्छ किरात राई गाउँ–बस्तीहरुमा । यो मौलिक संस्कृतिलाई किरात राईहरुले आप्mनो जातिको महान् चाडको रुपमा अङ्गीकार गरेका छन् । वैशाखे पूर्णिमा उभौली र मङ्सिरे पूर्णिमा उधौलीका रुपमा दुईपटक मनाइने यो महान् चाडमा एकातिर आकाश, धर्ती, खोलानाला, वनजङ्गल, अग्नि, वायु, हावाहुरीजस्ता प्रकृतिको पूजा–आराधना हुन्छ भने अर्कोतिर पुर्खाहरुप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरिन्छ । किरात राईहरु बहुभाषी भएकाले साकेलालाई साकेवा, साकेन्वा, साकाला, तोषी, सकिल, भुमे, रास, घिउलु फागुलाक, गैया पूजा आदि अनेकौँ पर्यायवाची नामले पुकार्ने गरिन्छ ।
  जब बोटबिरुवाले नयाँ पालुवा फेर्छन्, वन–जङ्गलका पशुपन्छीहरुले समेत नयाँ भाखा फेर्छन् । शिखरबाट जाडो छल्न बेसी झरेका क¥याङकुरुङहरु तराईको प्रचण्ड गर्मीबाट बच्न लेकतिर फर्कन्छन् भने बेसी खोलाको तातो पानी छल्न खोलाका तीते माछाहरुको हुल पनि उकालो लाग्दछ । यही समयलाई उभौली  भनिन्छ । यो अन्नबाली लगाउने समय भएकाले खेतीपाती राम्रो होस्, अन्नबाली सप्रियोस्, उब्जनी धेरै होस्, सह बसोस्, चौपाया, दोपाया राम्रो होस्, अनावृष्टि, अतिवृष्टि आदि नहोस्, बाढी–पैह्रो नआओस् भनी प्रकृति, भूमि, मृत पुर्खा एवम् आराध्यदेव सुम्निमा–पारुहाङसँग आशीर्वाद मागिन्छ । पूजा–अर्चना गरिन्छ । यही क्रियाकलापलाई साकेला उभौली भनिन्छ । पूजा–अर्चनाको क्रममा विशेष प्रकारको हाउभाउसहितको नृत्य प्रस्तुत गरिन्छ जसलाई साकेला सिली भनिन्छ । साकेला उभौली वैशाखे पूर्णिमाको दिनदेखि १५ दिनसम्म मनाउने चलन छ ।
यसैगरी समयको परिवर्तनसँगै हावापानी चिसो भएका कारण लेकबाट क¥याङकुरुङहरु बेसी झर्दछन् भने खोलाका माछाहरु पनि जाडो छल्न ओरालो झर्दछन् । लेकाली हावापानी र चिसो मौसमबाट बच्न विभिन्न जीवजन्तु उँधो बेसीतिर झर्ने भएकाले यस मौसमलाई उधौली भनिएको हो । यो मौसममा उभौलीमा लगाइएका अन्नबालीहरु पहेँलपुर भएर पाक्न् खेतका फाँट र बारीका कान्लाहरुमा । यस समयमा पाकेका अन्नबालीबाट वर्ष दिन बाँचिने भइयो भनी सबैभन्दा पहिला पुर्खाहरु, प्रकृति र आराध्यदेव सुम्निमा–पारुहाङलाई चढाउने गरिन्छ । धन्यवाद दिने तथा कृतज्ञता ज्ञापन गर्ने गरिन्छ जसलाई साकेला उधौली भनिन्छ । साकेला उधौली मङ्सिरे पूर्णिमाको दिनदेखि पाँच दिनसम्म मनाउने चलन छ ।
सिली

[caption id="attachment_3258" align="aligncenter" width="1000"]sakell                                                                                                                                                   तस्विर –ब्लाष्ट /उपेन्द्र चाम्लिङ[/caption]

साकेला नाच विभिन्न प्रकारका हाउभाउहरुका साथ नाच्ने गरिन्छ । ती हाउभाउलाई सिली भनिन्छ । साकेला सिलीको स्वरुप र प्रकृतिबाट यसलाई विश्वकै प्राचीनतम परम्पराहरुमध्ये एकको रुपमा अनुमान गर्न सकिन्छ । मानव सभ्यताको इतिहासअनुसार मानव विकासक्रमका जङ्गली युग र कृषि युगका आदिम मानव कबिला (गण) हरुले गर्ने क्रियाकलापहरुको स्पष्ट अभिनय (स्वरुप) यस साकेला नाचमा पाइन्छ ।
  साकेला सिलीलाई तिनको प्रकृति र स्वरुपका हिसाबले निम्न तीन भागमा बाँड्न सकिन्छ ः
(क) आराधनात्मक सिली  जति बेला मानव सभ्यता कबिला सभ्यतातिर आइपुगेको थियो, आधुनिक विज्ञानको कल्पनासम्म नभएकाले त्यो सभ्यताले आप्नो शक्ति, क्षमता र पकड (बस) भन्दा बाहिरका कुराहरु (आगो, भीषण वर्षा, हावा–हुरी, बाढी–पहिरो, सूर्यको प्रचण्ड ताप आदि) लाई अजेय शक्तिको रुपमा मान्थ्यो । यिनीहरुमाथि विजय असम्भव भएकाले यिनीहरुको पूजा–आराधना गरेर खुसी पारे मात्र आपू बाच्न सकिन्छ भन्ने त्यस बेलाका मानिसहरुको विश्वास थियो । उनीहरु रिसाए आप्mनो अनिष्ट हुने ठानी तिनलाई खुसी पार्न गरिएका विभिन्न प्रकारका पूजा–अर्चनादिको अनुकरण गरी नाचिएका सिलीहरुलाई आराधनात्मक सिलीको रुपमा लिन सकिन्छ । जस्तै ःदेवदेवीहरुको पूजा, धारा पूजा, सूर्य पूजा, आदि हुन् ।
(ख) अनुकरणात्मक सिली ः घरमा पालिएका जीवजन्तु र वातावरण वरिपरि भएका विभिन्न जीवजन्तुहरुका क्रियाकलापहरुको अनुसरण गरी नाचिने सिलीलाई अनुसरणात्मक सिलीको रुपमा लिन सकिन्छ । जस्तै ः बाघ, भालु, कुखुरा, परेवा, कालिज, धोबीचरा, क¥याङकुरुङ चरा आदिको अभिनय गरिएका सिलीहरु यसअन्तर्गतका सिलीहरु हुन् ।
(ग) क्रियाकलात्मक सिली ः मानव सभ्यताको विकासक्रममा गरिने दैनिक दिनचर्याअन्तर्गत समुदायले गर्ने विभिन्न क्रियाकलापलाई समावेश गरी नाचिने सिलीलाई क्रियाकलात्मक सिलीको रुपमा लिन सकिन्छ । जस्तै ः वन–जङ्गल फँडानी, खनजोत, शारीरिक सरसफाइ, शृङ्गार, कोरीबाटी गर्ने, टीका लगाउने, साइनोअनुसारको ढोगभेट गर्ने, चेलीमाइती भेट गर्ने, पूmलटीका लगाइदिने आदि । सिलीहरु हात र खुट्टा दुवैले नाचिन्छ ।
साकेलाको महत्व
हरेक मान्छे आरम्भदेखि नै आप्mनो छुट्टै पहिचान, भाषा, लिपि, संस्कार, संस्कृति, धर्म, रीतिरिवाजबाट समाजमा चिनिएको हुन्छ । राईहरुको मौलिक संस्कृति साकेलाको महत्वबारे यहाँ चर्चा गरिएको छ ः
(क) ऐतिहासिक सभ्यताको विकास
साकेलामा नाचिने अनुसरणात्मक सिली (जस्तैः चाप्चा (बाघ), वापा चासिलम नारोवा, शिकारी लिली) ले घुमन्ते युगदेखि शिकारी युग, पशुपालन हुँदै कृषि युगसम्ममा भएको विकासका गतिविधिलाई बुझाउँछ ।  
(ख) सामाजिक महत्व
लामो समयसम्म आप्mनो कामले विदेश गएका वा स्वदेशमै परिवारजनसँग छुट्टिएर बसेका सबैलाई भेटघाट गर्ने अवसर मिल्छ । छरछिमेकी नातागोता सबैसँग आप्mनो औकातअनुसार भोजभतेर, खानपिन हुने गर्दछ । साकेला गोलाकार भएर नाच्नुपर्ने हुनाले हर्ष र उल्लासमा पुरानो रिस, द्वेष, इष्र्या, मनमुटाव भए अन्त्य भई आपसी मैत्री बन्न पुग्दछ । अर्कोतिर, युवायुवतीबीच आत्मीयता साटासाट गरी प्रेम शुभारम्भ पनि हुन्छ । त्यसैगरी बूढाबूढी आप्mनो बुढ्यौलीलाई बिर्सेर वैंशको यादमा नाच्छन् । युवायुवतीहरु तन्नेरी जोशले नाच्छन् ।
(ग) विभेदरहित समाज
साकेलामा नाच्न कुनै लिङ्ग, वर्ग र जातिलाई निषेध गरिएको छैन । यसमा आमाबुबा, छोराछोरी, बुहारी, सासू, ज्वाइँ, सम्धी, नातिनी, जेठाजु, बुहारी सबै परिवारजन एउटै वृत्तमा गोलाकार भएर नाच्न सक्छन् । नारी र पुरुष वा साइनोअनुसार कुनै पनि छेकबार छैन । त्यसकारण किराती मुन्धुममा नारी–पुरुष समान छन् भन्न सकिन्छ ।
(घ) धार्मिक तथा सांस्कृतिक महत्व
किरातीहरुको मुन्धुमअनुसार मृत्यु दुई किसिमका हुन्छन्– राम्रो र नराम्रो (निखाली र इस्साखाली) । राम्रो मरणको आत्मालाई चुल्होमा राखिन्छ भने नराम्रो मरणलाई घरको बलेसीबाहिर पूmलबारीमा । साकेला उभौली र उधौली दुवै अवसरमा सर्वप्रथम यी पुर्खाहरुलाई खानेकुरा चढाइन्छ र अन्नबाली राम्रो होस् भनी सह पनि मागिन्छ । त्यसैगरी प्रकृतिको आराधना गरिन्छ । साकेला सिलीमा गरिने आराधनात्मक सिलीले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ ।
(ङ) शारीरिक र मनोवैज्ञानिक महत्व
साकेला सांस्कृतिक–आध्यात्मिक दृष्टिले मात्र होइन, मनोवैज्ञानिक स्वास्थ्यको दृष्टिकोणबाट पनि महत्वपूर्ण छ । नाचबाट शारीरिक व्यायाम र गायनबाट मनोरञ्जन हुने, मानसिक चिन्ता कम हुने, स्वास्थ्य, स्पूmर्ति जस्ता फाइदा हुन्छन् ।
(च) सांस्कृतिक पहिचान
   पहिचानको मुद्दा अहिले विश्वव्यापी रुपमा उठिरहेको बेला राई समुदायमा सांस्कृतिक पहिचानको रुपमा ठूलो शक्ति बनेर साकेला आइरहेको छ । अस्तित्व र परम्परा बचाउने सन्दर्भमा यो चाड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै स्थापित हुने क्रममा छ र राईहरुको पहिचान विश्वमा नै स्थापित हुने क्रममा छ ।
किरात राईहरु प्राचीनवासी भएको प्रमाण ः
किरात राईहरु प्रकृतिपुजक हुन् । यो भूमिमा सर्वप्रथम प्रवेश गरी भष्मे खोरिया फाँडेर कृषियोग्य जमीनको रुपमा स्थापित गर्ने काम भयो । यसको जीवन्त उदाहरणका रुपमा चिण्डोलाई लिन सकिन्छ । जङ्गलमा चिण्डो (बाबुक) भेटे जसलाई घरेलु सामग्रीको रुपमा प्रचलनमा ल्याए तर युगको परिवर्तनसँगै वर्तमान समयसम्म पनि सांस्कृतिक सामग्रीका रुपमा यसको प्रयोग भइरहेको छ । यसबाट किरातीहरु प्राचीन आदिवासी हुन् भन्ने कुरामा दुई मत हुँदैन । यो भूमिको पहिलो सन्तान भएकाले प्रकृतिको पूजाआजा गर्ने र प्रकृतिलाई सम्मान गर्ने परम्परा रही आएको छ ।
समय मापनको तथ्यगत आधार ः
पुरातत्वशास्त्रीका अनुसार मानव जाति ढुङ्गेयुग (-Stone Age_),(Copper age),(Bronge Age),, काश्य युग (Iron age) , फलामे युग (Civilized Stage) जस्ता चार चरणहरु पार गर्दै सभ्य चरण(memorable event) मा आइपुगेको हो । मानिस सभ्ययुगमा आइपुग्नुभन्दा अगाडिको युगमा समय मापनको कुनै विधि वा आधारहरु थिएनन् । प्राचीन समयमा  सङ्केतबाट समय थाहा हुन्थ्यो । वर्षा होस् वा जाडो वा गर्मी समय, फलपूmल पाकेको आधारमा पनि समय थाहा पाइन्थ्यो । सम्झनाको घटना Anono domini (AD), Before christ  (BC)लाई सम्झेर वर्ष गणना गरिन्थ्यो । फरक–फरक ठाउँमा फरक–फरक तरिकाले वर्ष गणना गरिन्थ्यो । यही क्रममा आप्mनो भूगोलमा किराती पुर्खाहरुले एक वर्ष समयलाई ६ महिना उभौली (धिरिनाम) र ६ महिना उद्यौली (छिरिनाम) भनी नामकरण गरेको देखिन्छ ।
प्राकृतिक बोटबिरुवा, फलपूल समय र जीवजन्तुहरु शिखरबाट मधेश बेसीतिर हिउँ छल्न झर्ने मङसिरदेखि वैशाखसम्मको समयलाई उधौली र वैशाखदेखि पुनः शिखरतिर जाने मङ्सिरसम्मको समय उभौली भनी उनीहरुले पत्ता लगाए । समयमापनको यो विधि किराती राईहरुको एउटा संस्कृति नै बन्यो । ब्लयलय मयmष्लष् ९ब्म्०, द्यभायचभ अजचष्कत  ९द्यऋ० मान्ने प्रचलन आएपछि संसारमा सबै समयमापन व्यवस्थित बन्यो । अन्य साल–सम्वत्हरु पनि छन् जसको आ–आप्नै महत्व छ । किराती राईहरुको समय उभौली र उधौली दुईवटा ऋतुमा मात्र सीमित भयो । नेपालीमा यसैलाई नक्कल गरेर ६ वटा ऋतुहरु भए जुन अहिले प्रचलनमा छ ।
 विश्व प्राणी जगत्को आराधना ः
किरात राईहरु प्रकृतिपुजक हुन् । हरेक वर्ष वैशाखदेखि धर्तीमा अन्नबाली लगाउने समय (वर्षा) हुने भएकाले यसपटक जसरी पनि अन्नबाली राम्रो होस्, अन्नको सह देऊ भनी प्रकृतिसँग बल र आशीर्वाद मागिन्छ । मङ्सिर महिनामा अन्नबाली पाक्ने हुनाले अब विश्वका प्राणीहरु अन्नबाली खाएर बाँच्ने भए भनेर प्रकृतिलाई धन्यवाद दिइन्छ । यसबाट के बुभ्mन सकिन्छ भने साकेलामा सम्पूर्ण प्राणी जगत्कै हितका लागि आराधना गरिन्छ ।
अन्त्यमा,
साकेला किरात राईहरुले मनाउने गरे पनि यसको मौलिकतालाई तोडमोड गर्ने काम पनि भएको छ । यसलाई चण्डी पनि भनिन्छ । चण्डी किन भनियो भन्ने विषयमा अनेकौँ तथ्यहरु छन् । तीमध्ये हिन्दू धर्मका अनेकौँ पक्षहरुमध्ये एउटा सम्प्रदाय हो– शाक्त (शक्तिको उपासना) । शाक्त सम्प्रदायले मान्ने चण्डी देवी अर्थात् भगवती हो । चण्डी पाठभित्र देवीका अनेकौँ रुपहरुको चर्चा गरिन्छ । विशेष गरी यो आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म (दशैँमा) पाठ गरिन्छ । यसलाई रणचण्डी पनि भनिन्छ । यसै आधारमा साकेलालाई चण्डी भनी खसकरण गरेको पाइन्छ । यसलाई कहिलेदेखि चण्डी भनियो भन्ने कुनै निश्चित तिथिमिति नभेटिए पनि नेपालको भौगोलिक एकीकरण (वि.सं. १८३१) पछि किराती राज्यहरुको अस्तित्व समाप्तिसँगै तत्कालीन राज्यले चण्डी नामकरण गरेको पाइन्छ ।
मौलिक साकेलामा माले गोरु काटेर पूजा गरिन्थ्यो तर वि.सं. १९१० मा मुलुकी ऐन लागू भयो । त्यसपछि गोरु काट्न निषेध गरियो यद्यपि (मेक्चेन) छुट्टै शुल्क तिरेर धेरै पछिसम्म गोरु काटेर पूजा गरिन्थ्यो तर मेक्चेन तिर्दा पहिलो वर्ष किरातीहरुको खेतबारी उड्यो, दोस्रो वर्ष गैरीखेत उड्यो, तेस्रो वर्ष डाँडाखेत उड्यो । मेक्चेन तिर्दा यसरी पैतृक सम्पत्ति सकिँदै गएको हुनाले मुन्धुम र रिसियाहरुमा मात्र सीमित राखी उनीहरुले पूजा गर्न थाले । यसैगरी साकेलामा नाचिने सिलीहरुलाई समाजशास्त्रीय हिसाबले व्याख्या गर्दा आदिम युगदेखि वर्तमान वैज्ञानिक युगसम्म कसरी समाज विकास भएको हो भन्ने चासुम सिली (खेतीपाती) का सिलीहरुले प्रतिविम्बित गर्दछन् । यसबाट विश्व जगत्को अवधारणा प्रतिविम्बित हुन्छ । यसमा पर्यावरणीय संरक्षणदेखि पर्यावरणमा पाइने जीवजन्तुहरुको अभिनयलाई दर्शाइएको छ । अर्कोतिर, उधौली र उभौली छ–छ महिनाको ऋतु समयमापनको वैज्ञानिक आधार हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम बहुधार्मिक मुलुक हो । हरेक जातजातिको धर्म, संस्कार, भाषा र लिपिलाई संरक्षण र संवद्र्धन गर्दै जानु राज्यको दायित्व हो । तथापि त्यस्तो व्यवहार राज्यबाट कहिल्यै भएको पाइँदैन । साकेला संस्कृति प्राचीनतम संस्कृति भएकोले यसको संरक्षण सरोकारवाला व्यक्ति र सङ्घ–संस्थाले मात्र गरेर पुग्दैन, यो राज्यको पनि दायित्व हो ।