अनोज रोक्का,
हङ्कङ/राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले हङ्कङ र नेपालको सम्वन्ध अझ प्रगाढ बनाउँनका लागि खेलकुदको ८ बँुदे साझेदारीमा गरिएको हस्ताक्षर ईतिहास मै स्वर्णिम भएको बताउँनु भएको छ । लालीगुँरास संघ र वैदेशिक तेक्वान्डो संघ हङ्कङले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिवले उक्त कुरा बताएका हुन् । दुवै देशका खेलाडीहरुको सीप, कौशल, प्रविधि लगायतका कुराहरुको आदनप्रदान गर्नका लागि आयोजना गरिएको सहमति हस्ताक्षरमा सदस्य सचिव विष्ट, खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक डा. प्रकाश प्रधान, हङ्कङ स्पोर्ट अफ ईन्ष्टिच्युटका सिईयो डा. क्रिसा लिइ, हङ्कङ स्पोर्टस एसोसियसन, स्पोर्टस साईन्स एकेडेमी, हङ्कङ सरकार गृहमन्त्रालयका विशिष्ट अधिकारीहरु लगायतले सहमतिमा हस्ताक्षर गरेका थिए । शनिवार हङ्कङ स्थित कङ्गन रेष्टुरेष्टमा आयोजित अन्र्तक्रिया कार्यक्रममा खेलाडी तथा पत्रकारहरुको प्रश्नमा संक्षिप्त जवाफ दिदै बिष्टले ‘नेपालीहरु कहिले भूकम्पको त कहिले नाकाबन्दीको सामाना गरिरहेका छन् । चारैतिर थिलथिलीएको मानसिक पिडामा पनि एउटै मात्र कुराले हामीलाई खुसी दिएको छ, नेपाली झन्डाको सान दिएको छ त्यो हो खेलकुद । बिषम परिस्थितीका विच कति पनि विचलित नभईकन अन्तराष्ट्रिय मैदानमा नेपाली सीप र कौशलले उत्कृष्टता पाएको देख्दा सम्पूर्ण नेपालीको छाती गर्वले चौडा हुन्छ । जसरी नेपाल सगरमाथा, बुद्धको देश भनेर चिनिन्छ त्यसरी नै खेलकुदमा अनुशासित र उत्कृष्ट देश भनेर चिनाउँनका खेलकुदमा राजनिती गर्न नहुने् बताए ।’ उनी थप्छन् – ‘खेललाई राजनितीले चलाउँनु पर्छ दलगतले हैन, र्दुभाग्य हामी खेलकुदलाई दल विषेशको चाहना अनुरुप चलाई रहेका छौ । यसले हामीलाई अधोगति तर्फ उन्मुख गर्दछ ।’
यसै क्रममा हङ्कङ र नेपालबीचमा एउटा साझा नेपाली खेलकुद क्लवको स्थापना गर्नका लागि राखेप सदस्य सचिव विष्टले सुझाउ दिएका छन् । दुई देश बीचका नेपाली भाषी खेलाडीहरुको साझा संगठन र पारस्पारीक सद्भावका लागि पनि यस संगठनले मिडियटरको रुपमा काम गर्न बताए । यसका लागि नेपाल सरकार र खेलकुद परिषद सकारात्मक रहेको समेत उनले बताए ।
खेलाडी तथा पत्रकारहरुको उत्साहजनक उपस्थितबीच सम्पन्न कार्यक्रममा सचिव बिष्ट सँगै खेलकुद प्रतिष्ठानका निर्देशक डा. प्रकाश प्रधान, नेपाल ओलम्पिक कमिटी महिला बिभाग केन्द्रिय सदस्य पुष्पा गुरुङ, हङकङ तेक्वान्डो प्रशिक्षक ग्रान्डमास्टर तुलसी गुरुङ, भुपु अन्तर्रा्ष्ट्रिय भलिबल खेलाडी जय नारायण चौधरी लगायतले आआफ्नो धारणा राखेका थिए । डिनरसँगै सम्पन्न कार्यक्रम छोटो भए पनि नेपाल र हङ्कङबासी नेपाली खेलाडीहरुका लागि उपयुक्त अवसरको श्रृजना भएको कार्यक्रम आयोजक अध्यक्ष चेतन गुरुङ् बताउँछन्, भन्छन्– ‘हामी आजको यस सफलतालाई चाडै मूर्तरुप दिनेछौ जसबाट खेलमा अवसर खोज्नु हुने सवैलाई हङ्कङ नेपाल खेलकुदको उत्कृष्ट हव हुनेछ ।’
के छ त ८ बँदे सहमतिमा ?
-खेल विज्ञान र चिकित्सा विज्ञानको अनुसन्धान क्रियाकलापमा सहयोग गर्ने ।
-खेलमा उच्च सफलता हासिल गर्नका लागि विज्ञ विशेषज्ञहरुको आदनप्रदान गर्ने ।
-खेल विज्ञान प्रशिक्षण र प्रतियोगिताको नयाँ प्रविधि विकासको लागि आदनप्रदान गर्ने ।
-खेलकुद सम्बन्धि सुचना, समाचार प्रकाशन, प्रशारण सम्वन्धि कार्य परस्पर गर्ने ।
-दुई मुलुकका लागि खेलाडी, प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रम र आयोजना आदनप्रदान गर्ने ।
-शैक्षिक, प्राविधिक र वैज्ञानिक सेमिनारका लागि प्राज्ञ समुहहरुको नेटवर्क बनाउँने ।
-दुबै देशको सहकार्यमा खेलकुदको विभिन्न कोषहरुको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने ।
-दुवै देशको जिम्मेवार ब्यक्तिहरु रहने गरि विभिन्न किसिमका खेल शैक्षिक परियोजनाहरुको विकास गर्ने ।
(तस्विर -जगत अम्बु गुरुङ्)