बिजयपुर/कार्बाइड नामक बिषदि प्रयोग गरि पकाइएका भारतिय बजारबाट आयतित फलफुलहरु खुले आम रुपमा बिक्री भइरहदा पनि राज्यको प्रशासनिक निकाय भने मौन बसेको छ ।अहिले बजारमा कार्बाइड प्रयोग गरिएका आप खुले आम बेचबिखन भइरहेको छ । बिषदि प्रयोग गरिएका फलफुलका करण उपभोक्ताको स्वास्थ्यमा समेत समस्या देखा पर्न थालेको छ ।
बजार अनुगमन गर्ने प्रशाषनिक निकाय जिल्ला प्रशासन कार्यलय तथा खद्या पदार्थ अनुगमन तथा नाप जाच गर्ने अधिकार सम्पन्न निकाय खाद्य तथा गुण नियन्त्रण कार्यलय जनता प्रति उत्तरदायि नहुदा आम उपभोक्ता मन्द बिष खान बाध्य भएका छन् । असार अन्तिम साताबाट मात्र आप पाक्न थाल्ने भएपनि नेपाली बजारमा बैशाख पहिलो हप्ताबाट नै आपको बिक्रि सुरु भएको थियो । जसरि भएपनि कमाउने मात्र ध्याउन्न बोकेका ब्यपारि र बजार अनुगमन तथा ब्यबस्थापनका लागि बार्षीक करोडौ रुपैया राजश्व खर्चेर स्थापित कार्यलयहरुले जिम्मेवारि अनुसारको कार्य सम्पादन नगर्दा सर्बसाधरण आप सगै मन्द बिस खान बाध्य भएका हुन । बजारमा पहलै पारेर पकाइएका आपहरु राखेपछि जसलाइ पनि खान मन लाग्छ बिश्व स्वास्थ्य संगठनका नेपाल स्थित खाद्य अनुसन्धानकर्ता कृष्ण प्रसाद लम्सालले भने तर त्यसता आपहरु स्वास्थ्यका लागि पुर्ण हानिकारक हुन । चिकित्सकहरुले पनि यसरि जथाभाबि आप तथा सिजन अगाबै आउने फलफुल खादा साबधानी अपनाउन अग्रह गरेका छन् ।यति यसमा सजकता नअपाउने हो भने गम्भिर स्वास्थ्य समास्याहरु आउछन् धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका फेमेलि मेडिसिका एसोसिएट प्रोफेसर डा. रबिन भण्डारिले भने राज्यले स्वस्थ्य बजारको ब्यबस्था गर्न नसकेको बेला सर्बसाधरण नै यस्ता बिषयमा सजग हुुनु पर्ने बताउछन् । फलफुल पकाउन प्रयोग गरिने बिषादि पुर्णत प्रतिबन्धिर रहने गरेको सुनाउदै उनले आजैबाट सजगता अपानाउन अग्रह गरे । बिषादि प्रयोग गरेका फलफुल खादा पेट दुख्ने,ग्यास्ट्रयाइटिक बिग्रने,टाउको दुख्ने ,बान्ता हुने,रिगटा लाग्ने,हात खुट्टा गल्ने ,खाना खान मन नलाग्नृे जस्ता स्वास्थ्य समास्या देखा पर्ने डाक्टर भण्डारिले जाकारि दिए । उनका अनुसार यसको सबैभन्दा गम्भिर समस्या गर्भवती महिला र बालबालिकामा हुन्छ । यसको प्रयोगले स्मरणशक्ति कमाजोर हुने,क्षारे रोग लाग्ने,स्नायु प्रणालिमा समेत यसले गम्भिर असर पु¥याउछ डा भण्डारिले भने यो संसारभरिनै प्रतिबन्धित रसायन हो । डा.भण्डारिका अनुृसार अहिले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा झाडा पखाला तथा टाउको दुख्नेका बिरमीको संख्या बढेको छ । २ हप्ता अगाडि सम्ममा ३ दिनमा १ जना का दरले पखालाका बिरामी ओपिडिमा हेरेको थिए उनले भने २ हप्ताको अबधिमा दैनिक ६–७ जनाका दरले बिरामी हरीरहेको छु ।उनिहरु मध्ये अधिकार्श ले आप खाएपछि बिरमी परेको बताउछन उनले भने यसमा तुरन्तै चेतनामुलक कार्यको खाचो छ । अहिले पुर्ब लगायत नेपालका प्रमुख तथा साना सहरहरुमा बिषादि मिसाइएका आपहरु खुलेआमा बिक्री भइरहेका छन् । बिषदि प्रयोग गरि पकाएका आँप एक जना ब्यापारिले दैनिक कम्तिमा ५ क्यारेट सम्म बिक्री गर्ने गरेका छन् । २० देखि ४० रुपैया किलोमा भारतिय बजारबाट नेपाल भित्रने आप बिष हालेर ब्यापारिहरुले सर्बसाधरणलाइ १ सय देखि १ सय ६० रुपैया किलो सम्म बेच्ने गरेका छन् । खाद्य ऐन २०२३ को नियमवाली २०२७ को उप नियम १९ घ तथा उप नियम २२ को क बामोजिम फलफुल तथा तरकारि जन्य चिजमा औषधि प्रयोग गर्न प्रतिबन्ध लगाइको छ भने कार्बाइड नामक रसायनलाइ प्रतिबन्ध लगाइएको छ । कार्बाइडबाट उत्पादन हुने एसिटिलिन (एक प्रकारको ग्यास)ले का“चो फलफूल एकै रातमा पकाउन सक्छ। युरोपियन युनियनको खाद्य बिभागले फलफुलमा अत्यधिक कार्बाइड प्रयोग गरिएका कारण्ँ २०१४ मे १ गतेबाट लागू हुने गरी आगामी २०१६ मे १ तारिखसम्मको लागि भारतीय आ“प प्रतिबन्ध लगाएको थियो । अहिले नेपाल भरिनै भारतीय दशहरि, माल्दा,बदाम गुलाब फाष्ट जातका आपहरुमा कार्बाइड प्रयोग गरि बिक्रि भइरहेका छन् । स्मरण रहोस कार्बाइड फलाम वल्डिङ गर्दा प्रयोग गरिन्छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय बिराटनगरका प्रमुख प्रमोद कोइरालाले कार्बाइड समन्धि समस्या बजारमा भएपनि कारबार्हि गर्न आफुहरुलाइ प्राबिधिक समस्या रहेको बताए ।कानुनले यस समन्धि कारबाहिको ब्यबस्था गरेको छ तर त्यसको नाप जाच गर्ने कुनैपनि ल्याब हामि सग छैन उनले भने यसकारण हामि लाइ कारबाहि गर्न प्राबिधिक समस्या छ । यसको बैकल्पिक ब्यबस्था नभएसम्म समस्या हल नहुने उनि बताउछन् ।हामि यस समन्धि सचेतना का कार्यक्रमहरु सञ्चालन गर्ने तयारिमा छौ ,सर्बसाधरणले खादा सजकता अपनाउनु पर्छ ।