नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ठूलो सङ्ख्यामा नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरुलाई पक्राउ गरेको छ । काठमाडौँको ट्रमा सेन्टर, नर्भिक हस्पिटलदेखि मुलुकका नाम चलेका अस्पतालबाट नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका छन् । यस घटनाले चिकित्सा क्षेत्रलाई बदनाम बनाएको छ । देशका १० जिल्लाका सरकारी तथा निजी अस्पतालहरुमा एकसाथ अपरेसन चलाएको प्रहरीले ३६ जना ‘डाक्टर’ लाई पक्राउ गरिसकेको छ । प्रहरीले यो अपरेसनलाई ‘क्वाक’ अपरेसनको नाम दिएको छ । अपरेसनबाट यतिका सङ्ख्यामा नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पक्राउ पर्नुले मुलुकको चिकित्सा क्षेत्रको विकृतिलाई उदाङ्गो बनाएको छ । हरेक क्षेत्रमा नक्कलीको सामना गरिरहेका आम नागरिक आपूmलाई मृत्युको मुखबाट बचाउने डाक्टर पनि नक्कली पाएपछि चिन्तित हुनु स्वाभाविक छ । नागरिकले डाक्टरलाई भगवान मान्ने गरेका छन् । भगवान मानेर विश्वास गरिएकाहरु नै नक्कली भएपछि चासो र चिन्ता बढ्नु स्वाभाविक हो । यो घटनाले नेपालको चिकित्सा क्षेत्रमा ठूलो विकृति भएको स्पष्ट गरेको छ । प्राडा गोविन्द केसीले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक गरेको आन्दोलनको औचित्य पनि यस घटनाले पुष्टि गरेको छ । नक्कली प्रमाणपत्रधारीहरुका कारण चिकित्सा क्षेत्र बदनाम भएको भन्दै सुधारका लागि डा. केसीले गरेको आन्दोलन उचित भएको पुष्टि भएको छ । नक्कली डाक्टर पक्राउ परेपछि सम्बन्धित क्षेत्रका व्यक्तिहरु अत्तालिएका छन् । नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्सँगको समन्वयमा चार महिना लामो प्रहरी अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ तर उनीहरुलाई बचाउन स्वास्थ्यकर्मी र औषधि व्यवसायीहरु आन्दोलित भएका छन् । यसलाई उचित मान्न सकिँदैन । प्रहरीले गर्ने अनुसन्धानमा सहयोग गर्नु हरेक नागरिकको दायित्व हो । देशमा कानूनी शासन स्थापित गर्न पनि कानूनलाई आप्mनो काम गर्न दिनु आवश्यक छ । अझ चिकित्सकजस्तो बौद्धिक समुदायले त प्रहरीलाई सहयोग पु¥याएर उदाहरण प्रस्तुत गर्नुपर्छ । पक्राउ परेका चिकित्सकहरु सही छन् भने उनीहरुलाई छाड्न कानून आपैंm बाध्य हुन्छ तर सर्वसाधारणको जीवनसँग जोडिएको संवेदनशील विषयमा असंवेदनशील र अराजक व्यवहार कुनै पनि अर्थमा मान्य हुन सक्दैन । यस विषयमा चिकित्सकहरु संवेदनशील हुनु अपेक्षित छ ।