गोकुल पराजुली, विराटनगर / उदयपुरको ठोक्सिलामा रुखबाट लडेर खुट्टाको हाडमा चोट लागेका बिरामी ल्याएको एम्बुलेन्स चालकले केही दिनअघि विराटनगरको गोल्डेन अस्पतालमा झगडा गरे । बिरामीको उपचार गर्दा डाक्टरले उनको नाममा कमिशन नदिएका कारण उनी रिसाएका थिए । अस्पतालमा बिरामी लगिदिए बापत् एम्बुलेन्स चालकले कमिशन पाउने कुरा अहिले विराटनगरमा अघोषित नियमनै बनेको छ । बिरामीहरु अहिले स्वास्थ्यप्रतिसचेत हुँदै गएका छन् । त्यति हुँदाहुँदै पनि एम्बुलेन्स चालकहरु बिरामीलाई प्रभावमा पारेर कमिशन पाउने ठाउँमा बिरामी पु¥याउन खप्पिस छन् । गोल्डेन अस्पतालमा बिरामी लगेका उनले अस्पतालबाट विगतमा कमिशन लिने गरेका थिए, तर हाडजोर्नीका डा. शिव अधिकारीले चालकलाई कमिशन छुट्याएनन् । त्यसैले एम्बुलेन्स चालक झगडा गर्दै िथए । कमिशनको बारेमा चिकित्सक अधिकारीसँग जानकारी माग्दा उनले भने, ‘यो विषय मलाई थाहा छैन, म कमिशन दिएर बिरामी ल्याउने पक्षमा छैन र थिइनँ । म उत्कृष्ट सेवामा विश्वास गर्छु, कमिशन कसले किन दिन्छन् मैले बुझेको छैन ।’ अधिकारीले बिरामीको शल्यक्रिया नगरी प्लाष्टर गरेर उपचार गरेका थिए । त्यसबापत् उनले ८ हजार रुपैयाँ लिए । चालकको दाबी त्यसमध्ये दश प्रतिशत अर्थात् ८ सय कमिशनमा थियो । उनी भन्दैथिए, ‘अप्रेशन गर्नुपर्ने बिरामीलाई नगरी प्लाष्टर गरेको छ, केही दिन अस्पतालमा राख्नुपर्ने हो तर डाक्टरले घर गए हुन्छ भनेर हेलचेक्राइँ गरिरहेका छन्, अब म यो अस्पतालमा बिरामी ल्याउँदिन ।’ कमिशन नपाएको निहुँमा उनी रिसाएर फर्किए । डा. अधिकारीले भने, ‘सेवा क्षेत्रमा अहिले यस्ता थुप्रै विसङ्गति देखिएको छ । कमिशनको विषयमा अब त सिधै झगडा नै गर्न थालेका छन्, यसले राम्रो सन्देश दिएको छैन ।’ गोल्डेन अस्पतालमा मात्र होइन विराटनगरका अधिकाङ्श अस्पतालमा कमिशन प्रथा चलेको छ । बिरामी लगिदिएवापत् एम्बुलेन्स चालकले अस्पतालबाट ५ सय रुपैयाँ कमिशन शुरुमै पाउँछन् । त्यसपछि बिरामीको अवस्था हेरेर औषधि पसल र ल्याबबाट पनि उनीहरुले कमिशन पाउने गरेका छन् । विराटनगर–५ स्थित नोवेल मेडिकल कलेजले विगतमा एम्बुलेन्स चालकलाई कमिशन दिने गरेको थियो, तर अहिले अस्पतालले कमिशन दिन बन्द गरेको छ । त्यसबाट औषधि पसलमा प्रभाव पर्ला भनेर अस्पतालभित्र फार्मेसी चलाउनेहरु मिलेर बिरामी ल्याइदिने एम्बुलेन्स चालकलाई कमिशन दिने परिपाटी बसाइएइको एक सञ्चालकले जानकारी दिए । उनले नाम उल्लेख नगर्न भन्दै भने, ‘मासिक १३ लाख र १७ लाख भाडा तिरेर फार्मेसी चलाएका छौं, एम्बुलेन्सले बिरामी नै ल्याएनन् भने हामीले कसरी भाडा तिर्नु । हामीबाट मात्र होइन यहाँ त बाहिरका औषधि पसलबाट पनि कमिशन लिन्छन् चालकहरुले । बिरामीले जहाँबाट औषधि किन्छ त्यहीं उनीहरुको कमिशन छुट्टिन्छ ।’ एम्बुलेन्स चालकलाई कमिशन दिने प्रथा विराटनगरको न्यूरो अस्पताल, विराट अस्पतालदेखि अरु धेरै अस्पतालमा अभ्यासमा छन् । त्यसको प्रत्यक्ष असर बिरामीमा पर्ने गरेको छ । कमिशनका कारण अनावश्यक परीक्षण र औषधिको भार बिरामीले बोक्नु पर्ने बाध्यता छ । बिरामी ल्याइदिएवापत् यहाँ एम्बुलेन्स चालक मात्र होइन बिरामी पठाइदिने दलालहरु पनि त्यसका हिस्सेदार हुन् । स्वास्थ्य क्षेत्रमा हुने यस्तो मेलप्रथाबाट दैनिक थुप्रै बिरामी ठगिने गरेका छन् । निजी क्षेत्रमा कार्यरत् चिकित्सकको शैक्षिक योग्यतामाथि प्रश्न उठिरहेको बेला निजी क्षेत्रबाट सञ्चालित अधिकाङ्श स्वास्थ्य संस्थाले ‘क्वाक’(स्वास्थ्यकर्मी) को सहयोग लिएर बिरामीहरुलाई ठगी गर्ने विषयमा पनि चर्चामा आउन थालेका छ । जसले पैसालाई मात्र केन्द्रमा राखेर काम गरिरहेका छन् । उनीहरुबाट यस प्रकारको कमिशन लिनेदिने र बिरामीहरुलाई अनावश्यक आर्थिक भार थपिदिने समस्या बढाएका छन् । मोरङ, सुनसरी, झापा, धनकुटा, तेह्रथुम लगायतका जिल्लाका अधिकाङ्श ग्रामीण गाउँ बस्तीहरुमा विराटनगर, इटहरी र दमकका निजी नर्सिङ होमहरुले एजेन्ट परिचालन गरेका छन् । सरकारी स्वास्थ्य केन्द्र, अहेव वा सिएमएले सञ्चालन गरेको निजी क्लिनिक र औषधी पसलका सञ्चालकहरुलाई ठूला नर्सिङ होमहरुले एजेन्टको रुपमा परिचालन गर्ने गरेका छन् । उनीहरुसँग परामर्श लिन आउने बिरामीलाई एजेन्टले आप्mनो सम्पर्क भएको अस्पतालमा रेफर गर्ने र त्यस अस्पतालबाट कमिशन लिने प्रवृत्ति स्वास्थ्य क्षेत्रमा मौलाएको छ । अस्पतालहरुले एजेन्टहरुलाई दिएको रेफर स्लिप लिएर आउने बिरामीबाट असुल भएको रकमको १० देखि २५ प्रतिशत कमिशन दिने गरेका छन् । गाउँबाट बिरामी पठाइदिएवापत् प्राप्त हुने कमिशन नर्सिङ होमहरुले मासिकरुपमा खाममा हालेर अस्पतालको बजार प्रतिनिधिमार्पmत् भुक्तानी गरिदिने गरेको अस्पतालको बजार प्रतिनिधि भइ काम गरिरहेका भगत साहले जानकारी दिए । उनी लामो समय विराटनगरको नोवेल अस्पतालमा कार्यरत् थिए । उनका अनुसार उपचारको बारेमा जानकारी लिन गएका बिरामीलाई सल्लाह दिनुको साटो उपचार गर्ने ठाउँका लागि रेफर स्लिप दिएर पठाइन्छ, जसले गर्दा उनीहरुको कमिशन सुनिश्चित हुन्छ । सुनसरीको मधुवन, प्रकाशपुर, हरिनगरा, महेन्द्रनगर, बराहक्षेत्र, तथा मोरङको इन्द्रपुर, बेलबारी, लेटाङ, वयरवन, पथरी, जाँते, अमरदह, हसनदह, रङ्गेली, तथा धनकुटाका अधिकाङ्श गाविसमा विराटनगरका न्यूरो अस्पताल, विराट नर्सिङ होम, सप्तकोशी नर्सिङ होम लगायतका अस्पतालले क्वाक मार्पmत् बिरामी ल्याउने र उनीहरुलाई कमिशन भुक्तानी गर्ने गरेको पाइएको छ । अस्पतालले बिरामी पठाएवापत् निश्चित रकम कमिशन दिने गरेको मोरङ बेलबारीका सञ्जय पण्डितले जानकारी दिए । करीब पाँच वर्ष अघिदेखि विराटनगरका नर्सिङ होमहरुमा बिरामी पठाउने काम गर्दैआएको जानकारी दिँदै उनले त्यसबाट मासिक कमिशन पाउने गरेको र आप्mनो परिवारको उपचारमा अस्पतालले ५० प्रतिशत छुटदेखि निःशुल्कसम्मको सुविधा दिइरहेको बताए । उनले भने, ‘अहिले त त्यत्ति धेरै बिरामी हुँदैनन्, मान्छेहरु शिक्षित भए, अस्पताल र डाक्टरको विषयमा आपैmं बुभ्mछन्, त्यसबाट हामीजस्ताको कमाइ घटेको छ । ’ स्वास्थ्य क्षेत्रमा ‘मेल प्रथा’ भनेर बुझिने यो प्रचलनले बिरामीहरु ठगीमा पर्ने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका भानु येङदेन बताउँछन् । उनले यस विषय आपूmले पनि सुनेको तर प्रमाणित भइनसकेका कारण कारवाही गर्न गाह्रो परेको बताए । उनले यस विषयमा अनुगमन गरी त्यस्तो पाइए कारवाही गर्ने बताए । एम्बुलेन्स चालक रत्न अधिकारीले सरकारी अस्पतालबाहेक सबै निजी नर्सिङ होम र अस्पतालहरुले कमिशन दिने गरेको बताए । उनले विराटनगरको न्यूरो अस्पतालले एकजना बिरामी लगिदिएवापत् ५ सय रुपैयाँ, विराट नर्सिङ होमले ५ सय रुपैयाँ, सप्तकोशी नर्सिङ होमले ३ सय रुपैयाँ दिने गरेको बताए । उनले भने, ‘सामान्य बिरामी लग्दा पाइँदैन, गम्भीर चोटपटक लागेका बिरामीहरु लैजाँदा भने सजिलै कमिशन दिने गरेका छन् ।’ अहिले त औषधी र अप्रेशन चार्जमा पनि कमिशन दिने चलन शुरु भएको उनले बताए । बिरामी लगिदिएवापत् कमिशन दिने चलन पूर्वी नेपालमा मात्र होइत पश्चिमबङ्गालको सिलिगुढीमा सबैभन्दा बढी रहेको भगत साह बताउँछन् । सिलिगुढीका अधिकाङ्श अस्पतालले नेपालबाट बिरामी पठाउने अस्पताललाई ३० देखि ५० प्रतिशतसम्म कमिशन दिने गरेको छ ।