वर्षासँगै हरेक वर्ष देशका विभिन्न भागमा बाढी र पहिरोको विनाश दोहोरिने गर्छ । तराईका जिल्लाहरु डुबानमा पर्छन् भने हिमाली र पहाडी क्षेत्रमा बाढी–पहिरोको विनाश देखिन्छ । बाढी–पहिरो र डुबानमा परेर कयौँ परिवार विस्थापित हुन्छन् । यस क्रममा कतिपयको त ज्यान पनि जान्छ । भूकम्पबाट विस्थापित अधिकांश परिवार अहिले पनि थोत्रो पालमा कष्टपूर्ण जीवन बाँचिरहेका छन् । सरकारले उनीहरुका लागि अभैm पनि छानाको व्यवस्था गर्न सकेको छैन । अब वर्षा शुरु भएको छ । भूकम्पबाट विस्थापितहरुको जीवनमा कष्ट थपिने त छँदैछ, अब केही विस्थापितहरु थपिने निश्चित छ । पूर्वका जिल्लाहरुमा बाढी–पहिरो र डुबानको शृङ्खला शुरु भइसकेको छ । नदीकिनारका बस्तीहरु बाढीको जोखिममा छन् भने पहाडी क्षेत्रका बासिन्दाहरु पहिरोको जोखिममा छन् । हरेक वर्ष यो क्रम दोहोरिन्छ । बाढी आएर बस्तीहरु डुबानमा पर्छन्, जीउधनको क्षति हुन्छ । विस्थापितहरुलाई केही समय सुरक्षित स्थलमा सारिन्छ तर अवस्था सामान्य भएपछि उनीहरु पुनः त्यही स्थानमा फर्किन बाध्य हुन्छन् । उनीहरु ज्यान हत्केलामा राखेर जोखिमपूर्ण जीवन बाँचिरहेका हुन्छन् । आवश्यक स्थानमा बाँध र तटबन्धहरु नहुँदा नदीकिनारका बस्तीहरु जोखिममा छन् । पानीको निकास नभएर कतिपय बस्ती डुबानको जोखिममा छन् । पहाडी क्षेत्रमा पहिरोको जोखिम छ । सरकारी अध्ययनबाट जोखिमपूर्ण देखिएका बस्तीमा पनि सर्वसाधारणहरु बसिरहेका छन् । वैकल्पिक आश्रयस्थलको अभावमा उनीहरु जोखिम उठाएर तिनै स्थानमा बस्न बाध्य भइरहेका छन् । परिवारका सदस्यहरु पहिरोमा पुरिए पनि बाँकी सदस्य फेरि त्यही स्थानमा फर्किन्छन्। यो निकै दारुण अवस्था हो । वर्षाको समयमा उनीहरु रातभरि निदाउन सक्दैनन् । कति बेला बाढी गाउँमा पस्ला वा कति बेला पहिरो जाला भनेर रुङ्दै बस्नुपर्ने परिस्थतिमा उनीहरु छन् । यो असाध्यै गम्भीर विषय भए पनि यसतर्पm राज्य उदासीन छ । त्यस्ता बस्तीहरुलाई सुरक्षित स्थलमा सार्ने अथवा आवश्यक स्थानमा बाँध र तटबन्ध निर्माण गर्ने विषयमा राज्यले उचित ध्यान पु¥याउनु आवश्यक छ । पहिरोको जोखिममा बसेका नागरिकहरुका लागि सुरक्षित स्थलमा बसोवासको व्यवस्था मिलाउनु राज्यको दायित्व हो तर जुनसुकै सरकार आए पनि पीडित नागरिकहरुले आश्वासनबाहेक केही पाउन सकेका छैनन् । यसतर्पm सरकारले दीर्घकालीन योजनासहित आवश्यक पाइला चाल्नु आवश्यक छ । अन्यथा विस्थापन र प्राकृतिक प्रकोपबाट ज्यान गुमाउने क्रम कहिल्यै रोकिने छैन । प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन तर पूर्वसावधानी अपनाएर यसबाट जोगिन सकिँदैन । यसतर्पm सबैको ध्यान जानु अपेक्षित छ ।