शनिश्चरे/मोरङको पथरीशनिश्चरे र हसन्दहमा एकजना नक्कली डाक्टरले उत्कृष्ट सेवा दिने भन्दै ‘उत्कृष्ट फार्मेसी’ को नाम राखेर ठगी गरेको तथ्य फेला परेको छ ।

कम्युनिटी मेडिकल एसिस्टेन्ट (सीएमए) उत्तीर्ण गरेका सप्तकोशी पश्चिम घर भएका उपेन्द्रप्रसाद यादवले आप्mनो नामको अगाडि ‘डाक्टर’ लेखेर स्थानीयलाई झुक्याउँदै बिरामीमाथि खेलवाड गर्दैआएका छन् । उनले नियमित बिरामी जाँच गरी प्रेस्किप्सन लेख्ने गरेका छन् । फार्मेसीमा अन्य विशेषज्ञ डाक्टरहरु समेत साप्ताहिक आउने गरेको भएपनि यादवनै दैनिक बिरामी जाँच गर्नेमा पर्छन् । पूर्जामा अरु डाक्टहरुको नामको अन्तिममा आप्mनो नाम राखेका छन् । पुर्जामा आपूmले पहिले कोशी अञ्चल अस्पतालमा काम गरेको उल्लेख गरेका छन् ।

nakkali पूर्जा र बोर्डमा नाम भएका धेरैजसो डाक्टर नै नआउने भएपनि उनीहरुको नाम प्रचार गरेर अाफ्नाे तफ आकर्षित गर्ने गरेको देखिन्छ । पथरीशनिश्चरे–१ स्थित पथरी बजारको शिखर चोकमा एक वर्ष अघिदेखि फार्मेसी शुरु गरेका यादवले तीन महिना अघिदेखि हसन्दह–१ मा पनि शाखा खोलेका छन् । हसन्दहको शाखाको भने कुनै बोर्ड राखेका छैनन् । अर्थात् अरुले देख्नेगरी त्यहाँको फार्मेसीको नाम छैन । त्यहाँ ल्याब समेत सञ्चालन गरेपछि बिरामीको भीडभाड हुने गरेको छ । ल्याबको रिपोर्ट पनि उनैले प्रमाणित गर्ने गरेको तथ्य फेला परेको छ । हसन्दह–८ की १५ वर्षीया माया चन्द्रवंशी ज्वरो आएर असार ७ गते हसन्दह क्लिनिकमा उपचार गर्न जाँदा त्यहीँ रगत परीक्षणपछि उनैले प्रमाणित गरिदिएका थिए ।

तर सञ्चारमाध्यमले आफु नक्कली डाक्टर भएको कुरा सोध्न थालेपछि स्थानीयले थाहा पाउँछन् भनेर बिहीबारबाट हसन्दहको फार्मेसी तत्कालका लागि बन्द गरेका छन् । आफुले औषधि बिक्रीका लागि फार्मेसी चलाएको भनेपनि उनले स्वीकृतिविना नै पथरीमा चारवटा बेड राखेका छन् । ब्लाष्टसँगको जिज्ञासामा उनी भन्छन्, ‘मिस्टेक भएर पूर्जामा डाक्टर हुन गएको हो । हसन्दहको चाहिँ म संलग्न भएपनि अर्काे फर्म हो । बेड राख्ने स्वीकृति लिन बाँकी छ ।’

हसन्दहको फार्मेसीमा भिडियो एक्सरे, ल्याब, अक्सिजनको समेत सेवा रहेको बोर्डमा उल्लेख छ । बोर्डमा नाम रहेका विशेषज्ञ डाक्टहरु शनिबार र बिहीवार मात्रै आउने उल्लेख भएपनि पूर्जी पेपरमा भने डा. सञ्जय यादव (जनरल फिजिसियन, सोनोलोजिष्ट), डा. रञ्जीतकुमार शाह (जनरल फिजिसियन) र डा. नरेशकुमार यादव (एमबीबीएस, पीजीडीएस) प्रत्येक दिन आउने भन्ने लेखेर अर्काे भ्रम सिर्जना गरिएको छ । त्यहाँ डा. वरुण देव (नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ), डा. दिलीप चौधरी ( छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य विशेषज्ञ), डा. विनोदकुमार विराजी ( बरिष्ठ छाला तथा यौन रोग विशेषज्ञका साथै नवजात शिशु तथा बालरोग विशेषज्ञ पनि लेखिएको ), डा. रजनीश झा (पेट, छाती, मुटु, नशा, मधुमेह रोग विशेषज्ञ), डा. डिल्ली रिजाल (बरिष्ठ हाडजोर्नी, बाथ, ढाड तथा नशा रोग विशेषज्ञ) र डा. सन्तोषकुमार झा (बरिष्ठ किड्नी, पत्थरी तथा प्रोष्टेड मूत्ररोग विशेषज्ञ) को नाम उल्लेख गरिएको छ । विप्लव माओवादीका कार्यकर्ता समेत रहेका उनी सोही पार्टीको आडमा नक्कली डाक्टर बनेर त्यहींबाट पार्टीका भूमिगत गतिविधि समेत गर्दैआएको बेलबारी इलाका प्रहरी कार्यालय स्रोतले जनाएको छ । बेलबारी प्रहरीले पथरी प्रहरीसँग सो बारेमा बुभ्mन जानकारी गराएको बुझिएको छ ।

१५ महिना तालिम लिएर उत्तीर्ण हुने सीएमएले सामान्यखाले बिरामीमात्र जाँच गर्न पाउँछन् । ल्याब सञ्चालन गर्न ल्याब असिष्टेन्ट नै पढेको र फार्मेसीका लागि पनि फार्मेसी पढेको या ओरेन्टेशन तालिम लिएर प्रमाणपत्र पाएको हुनुपर्ने प्रावधान छ । पोलिक्लिनिक वा क्लिनिक सञ्चालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसँग अनुमति लिनुपर्ने हुन्छ ।

नक्कली डाक्टरका बारेमा जिज्ञासा राख्दा पथरी स्वास्थ्य चौकी प्रमुख मुरारीप्रसाद आचार्यले यसखाले समस्या जिल्लाका अन्य ठाउँमा पनि रहेको उल्लेख गर्दै सम्बन्धित निकायले यसमा अनुगमन गरेर कारवाही गर्नुपर्ने बताउँछन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख भानु एङ्देनले आपूmहरुले अनुगमन गरी कारवाही गर्ने प्रक्रिया अगाडि बढाउने उल्लेख गरे । झापामा ५ वटामा शील औषधी व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय झापा र घरेलु तथा साना उद्योग कार्यालय झापाको संयुक्त अनुगमन टोलीले झापामा अवैधानिकरुपमा सञ्चालित पाँचवटा स्वास्थ्य संस्था बन्द गराउँदै एकजना सञ्चालकलाई पक्राउ गरेको छ । औषधी व्यवस्था विभागको अगुवाइमा भइरहेको अनुगमनमा हालसम्म फार्मेसी र अस्पताल गरी १२ वटामा अनुगमन भएको छ । जसमध्ये मापदण्ड विपरीत सञ्चालित पाँचवटालाई बन्द गराएको छ भने अन्य सातवटालाई पनि मापदण्डमा नरहेकाले सचेत गराएको जिल्ला प्रसाशन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईले जनाए ।

बन्द गराइएकामा जिल्ला जनस्वास्थ्य कार्यालय नजिकै रहेको भद्रपुरको सुभद्रा मेडिकल हल, मेची पब्लिक हेल्थ लेब्रोरेटोरी, भद्रपुर बजारको हेल्थ होम क्लिनिक, चन्द्रगढीको युनिक आयुर्वेदिक औषधी पसल र साझा डेन्टल हस्पिटल छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयको एक किलोमिटरको दूरीभित्रै हेल्थ होम क्लिनिकको नामबाट १७ वर्ष अघिदेखि भारतीय नागरिक मनोहर समादरले बिनादर्ता क्लिनिक सञ्चालन गर्दैआएको भएपनि यसअघि त्यहाँ अनुगमन भएको थिएन । अनुगमनपछि सञ्चालक समादरलाई पक्राउ गरिएको छ । उनले लेटर प्याडमा समेत डाक्टर लेख्ने गरेका छन् । तर आपूm डाक्टर भने नभएको आपैंm स्वीकार गरेका छन् । बिना प्रमाणपत्र डाक्टर बनेर १७ वर्ष अघिदेखि दाँत र कानको उपचार गर्छू भन्दै ठगी धन्दा चलाउँदै आएको खुलेको छ । समादारको क्लिनिकबाट कानुनले निषेध गरेका भारतीय कम्पनीका विभिन्न ३० प्रकारका औषधिसमेत बरामद गरिएको छ ।

बन्द गरिएका पाँचवटै संस्था जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता नगरी लामो समयदेखि सञ्चालन हँुदैआएका थिए भने कुनैले पनि तोकिएको मापदण्डमा नरहेकोले बन्द गरिएको फार्मेसी अधिकृत गणेश तामाङले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयले प्रचलित कानुनको पालना नगरी स्वास्थ्य संस्था सञ्चालनको स्वीकृति दिने गरेका कारण स्वास्थ्य संस्थाको मनोमानी बढेको जानकारहरु बताउँछन् । गोप्यरुपमा अनुगमन गरिएको भएपनि अनुगमन शुरु भएको थाहा पाएपछि भद्रपुर र चन्द्रगढीमा सञ्चालित केही फार्मेसी र ल्याब बन्द गरेर सञ्चालक भागेका थिए ।