भोजराज श्रेष्ठ,
धरान / इटहरीको गोयल एग्रो प्रालिबाट उत्पादित २५ केजी तौलको गोयल जिरा मसिनो चामल कुहिएको फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरी खुलेआम कम्पनीले चालम बिक्री गर्ने गरेको छ ।
२५ केजीमा झण्डै ३ केजी भन्दा बढी कुहिएको फेला परे पनि कम्पनीले आफ्नो कमजोरी स्वीकार गर्न चाहेन् । उल्टो होलसेलरको कमजोरी हुन सक्ने भन्दै पन्छिने प्रयास गरेको छ । कुहिएको चामल भेटिएपछि उपभोक्ता एवं पत्रकार सन्तोष काफ्लेले सम्बन्धित निकायहरुलाई जानकारी गराउँदै परीक्षणको लागि पहल थालेका थिए । तर, केही व्यापारीहरुले एकोहोरो सानो विषयलाई लिएर ‘प्रहरी प्रशासन बोलाएको’ भन्दै व्यापक रुपमा कम्पनी र पसलेको सपोर्टमा उल्टो पत्रकारमाथि नै हातपातको प्रयास गरेका थिए । प्रहरी मुचुल्का उठाउने क्रममा व्यापारीहरुले तिब्र विरोधसमेत गरेका थिए । त्यही क्रममा प्रहरी अघिल्तिरै पत्रकार काफ्लेमाथि हातपातको प्रयाससमेत भएको पत्रकार काफ्लेले बताए ।
उनले धरान(४ स्थित भवानी श्री ट्रेडर्सबाट चारदिन अघि मात्रै खरिद गरेर लगेका थिए । तर, आजै (बुधबार) खोल्ने क्रममा गन्हाएपछि हेर्दा झण्डै ३ केजी चामल फेला परेको थियो । उक्त परिणाम मुचुल्का उठाउने क्रममा प्रहरीले चेकँजाच गर्दाको हो । होलसेलर राजकुमार अग्रहरीले कम्पनीबाट १५(२० दिन अघि मात्रै आफ्नो पसलमा चामल आएकाले आफ्नो कमजोरी नभई फ्याक्ट्रीको कमजोरी रहेको बताए । ‘मैले १५(२० दिन अघि मात्रै ल्याएर राखेको थिएँ । मेरोबाट यस्तो हुन सक्दैन् । उतैबाट आउने क्रममा पानीहरु भिजेको कारणले यस्तो भएको हुन सक्छ ।’ उनले भने ‘मैले यहाँ ल्याएर खोलेर हेर्ने कुरा भएन् ।’ गोयल एग्रोका सञ्चालक राजेश गोयलले भने आफ्नो कम्पनीबाट यस्तो हुँदै नभएको भन्दै ठाडो होलसेलरको कमजोरी भएको हुन सक्ने दाबी गरे । तर, उनको दाबीलाई चालममा राखिएको ब्याच नम्बर र उत्पादन मितिले नै प्रष्ट पार्दथ्यो । मे २०१६ मा चामलको उत्पादित मिति रहेको छ ।
कम्पनीका सञ्चालक गोयलले कम्पनीको कमजोरी हुँदै नभएको भन्दै उल्टो त्यहाँ उपस्थित व्यापारी, ग्राहकहरुलाई उचाल्ने प्रयास गरेका थिए । त्यस क्रममा सुनसरी उद्योग बाणिज्य संघका उद्योग सचिव महेन्द्र प्रधानसमेत पुगेका थिए । तर, उनले उल्टो बचाउँको सट्टा व्यापारीहरुलाई उचाल्ने कार्य गरेको पत्रकार काफ्लेको आरोप छ । पत्रकार काफ्लेले प्रधानको नेतृत्वमा हातपात भएकोसमेत अरोप लगाएका छन् । तर, पत्रकार काफ्लेको आरोपमा कुनै सत्यता नभएको प्रधानले बताए । ‘मैले उल्टो बचाउने प्रयास गरेको थिएँ । कसरी मैले नै हातपात गर्न लगाए ।’ उनले भने ।
यता पत्रकारले प्रहरी ल्याएर मुचुल्का उठाएर व्यापारीहरुलाई हैरानी दिएको भन्दै एक्कासी बजार बन्दको प्रयास गरेका छन् । तर, व्यापारीहरुको संस्था सुनसरी उद्योग बाणिज्य संघले भने कुनै आधिकारिक निर्णय नगरेको बताएको छ । सुनसरी उवासंघका अध्यक्ष राजेन्द्र साहले संस्थाको कुनै आधिकारिक निर्णय नभएको बताए । ‘बजार बन्द गर्ने कुनै निर्णय भएको थिएन् ।’ उनले फोनसम्पर्कमा भने ।
उवा संघकै केही सदस्यहरु सम्मिलित गराएर बजार नै बन्द गराउनको लागि माइकिङसमेत गरेका थिए । माइकिङमा पत्रकारहरुमाथि नै लाल्छना लगाउने किसिमले बजार बन्दको होहल्ला गरेका थिए । जसका कारण केही समयसम्म चामल पसलहरु बन्द गराएका थिए । कुहिएको चामल बेच्न पाउनु पर्ने भन्दै उनीहरुले बन्द गरेका थिए । यसको चौतर्फी रुपमा आलोचनासमेत भएको थियो । उवासंघकै सदस्य तथा अन्य व्यापारीहरुलेसमेत यसको खुलेर विरोध गरेका थिए ।
यस्तो बन्दलाई उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले यो व्यापारीहरुको अराजकता भन्दा अर्को केही नभएको बताएका छन् । उनले कुहिएको चामल परीक्षणपश्चात पुष्टी भएमा सम्बन्धित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाहीको दायरामा ल्याउने बताए ।
खाद्य प्रविधिक तथा गुण नियन्त्रण विभागका पूर्वाञ्चल क्षेत्रीय प्रमुख प्रमोद कोइरालाले प्रहरीले उठाएको मुचुल्काहरु तत्कालै विराटनगरल्याएर ल्यावमा परीक्षण गरिने बताए । उनले यदी उद्योगको फल्स देखिएमा कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
पत्रकार काफ्लेले दिए किटानी जाहेरी
पत्रकार काफ्लेले हातपाईको प्रयास भएपछि उद्योग सचिव प्रधानसहित ५ जनाको नाममा किटानी जाहेरी प्रहरीमा दिएका छन् ।
इलाका प्रहरी कार्यालय धरानमा पुगेर पत्रकार काफ्लेले प्रधानसहित पाँचजनाको नाममा उजुरी दिएका हुन् । उजुरीपछि पत्रकार काफ्लेलाई बारम्बार उवा संघका पदाधिकारीहरुले भेटघाट गर्ने, घटनालाई मिलाउने प्रयासमा फोन गर्नेलगायतका काम गरेका थिए । त्यस क्रममा प्रधानलेसमेत पत्रकार काफ्लेलाई फोन गरेर घटना मिलाउनको लागि बारम्बार आग्रह गरेको पत्रकार काफ्लेले बताए । यता उवासंघमा छलफल बसेर घटनालाई मिलाउने भन्ने छलफलको निश्कर्ष भएको एक सदस्यले जानकारी दिए । किटानी जाहेरीपछि इप्रका धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले कुहिएको चामलको विषयलाई लिएर ज जस्ले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् उनीहरुलाई कारबाहीको दायरामा ल्याउने बताए । उनले मुचुल्का उठाएको चालम सम्बन्धित विभागलाई पठाउनेसमेत उनले बताए ।
कानुनमा के छ ?
खाद्य ऐन २०२३ दफा ८ (२) ख को १ मा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पहिलो पटक रु.१,०००। देखि रु.२,०००।(सम्म जरिवाना र दोस्रो पटक देखि प्रत्येक पटक रु. २,०००।( देखि रु. ५,०००।( सम्म जरिवाना वा ६ महीनादेखि १ वर्ष सम्म कैद वा दुबै सजाय हुन सक्नेछ । कुनै फर्म वा संगठीत संस्थाले यो ऐन वा यस ऐन अन्तर्गतको नियम वा आदेश उल्लंघन गरेमा फर्मको हकमा सो फर्मका हिस्सेदार र कुनै संगठित संस्था भए सो संस्थाको कामकाज गर्ने मुख्य प्रशासकीय अधिकारीलाई पनि माथिको जरिवाना तथा सजायको व्यवस्था रहेको छ । तर, अहिलेको खाद्य अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुले खाद्य ऐनको संसोधनमा भने २० गुणा वृद्धि गर्न सुझाव दिइरहेका छन् ।
क्षतिपूर्तिमा यो छ
कुनै दूषित खाद्य पदार्थ खानाले कुनै व्यक्तिको मृत्यू हुने सम्भावना भएमा वा मृत्यू भएमा वा शरीरलाई अपूरणीय क्षती भएमा वा हुने सम्भावना भएमा त्यस्तो दुषित खाद्य पदार्थ उत्पादन वा बिक्री वितरण गर्ने व्यक्तिलाई रु. १०,०००।( देखि रु. २५,०००।( सम्म जरिवाना र ३ वर्षसम्म कैद हुन सक्नेछ र निजले सो दूषित खाद्य पदार्थबाट प्रभावित व्यक्ति वा निजको हकदारलाई रु. २५,०००।( देखि रु.१,००,०००।( सम्म क्षतिपूर्ति दिनु पर्नेछ ।
घट्नाको भत्र्सना
पत्रकार काफ्लेमाथि हातपात भएको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखा, प्रेस चौतारी नेपाल सुनसरी र धरान नगर, खेलकुद पत्रकार मञ्च सुनसरी शाखाले विज्ञप्ति जारी गर्दै घटनाको खेद व्यक्त गरेको छ । प्रेस चौतारीका केन्द्रीय प्रतिनीधि तथा पत्रकार महासंघका साधारण सदस्य समेत रहेका काफ्लेमाथि हातपात गर्नेलाई कारवाहीकोमाग गरिएको छ ।
उपभोक्ताको स्वास्थ्यमा गम्भिर खेलवाड गर्ने चामल उद्योगको विषयमा कुरा उठाउँदा उल्टो व्यापारीहरुले हातपाई गर्ने प्रयासलाई पत्रकारहरुको संस्थाले त्यस्ता व्यापारी, व्यवसायीहरुमाथि कारबाही हुनु पर्ने माग गरेको छ । उपभोक्ताको स्वास्थ्यको विषयमा गम्भिर हुनु पर्नेमा उल्टो व्यापारीहरुले प्रोपोगाण्डा बनाएर पत्रकारलाई आक्रमण गर्ने प्रयास निन्दनीय भएको बताएका छन् ।