रविन भट्टराई, ताप्लेजुङ / मानो रोपेर मुरी उब्जाउने भन्ने उखान हराएर ताप्लेजुङमा विरुवा रोपेर मन फलाउने भन्ने उक्ति प्रचलित हुन थालेको छ । असार लागे सँगै धान रोपाईका लागि हल गोरु, हलि, रोपार, बाउसे र लाठे खोज्ने ताप्लेजुङका कृषकहरुले अहिले अलैचिको विरुवा किनेर धान फल्ने खेतमा धमाधम रोप्न थालेपछि पुरानो उखान नै परीवर्तन हुन थालेको हो । भिरालो जमिन, धान खेतीका लागि प¥याप्त पानी नहुनु र रोपेको धानले पनि वर्ष भरी खान नपुग्ने भएकाले ताप्लेजुङका कृषकहरुले विस्तारै धान खेती परीवर्तन गरेर अलैचि खेती गर्न सुरु गरेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख रविन्द्र बहादुर प्रधानले बताए । एक पटक लगाए पछि हल्का पानी लगाई गोडमेल गरे एकै सिजनमा लाखौको आम्दानि गर्न सकिने र बजार पनि राम्रै भएकाले कृषकहरुको आकर्षण धान खेतीमा भन्दा पनि अलैचि खेतिमा बढि भएको प्रमुख प्रधानको भनाई छ । धान खेती गर्न बढि कामदार चाहिने साथै लगानि अनुसारको उत्पादन पनि नहुने हुँदा जिल्लाका कृषकहरु विस्तारै धान खेतिबाट पलायन हुँदै गएका हुन । अलैची लगाउन वर्षेनि धान खेति हुने खेत मासिदै धान खेतीबाट आम्दानि नहुने बुझेका जिल्लाका कृषकहरुले पहिले प¥याप्त धान खेती हुने खेत मासेर अहिले धमाधम अलैचि लगाईरहेका छन् । वर्षीक २० देखि २५ हेक्टर धान उत्पादन हुने जमिन मासेर कृषकहरुले अलैचि खेती गरीरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । दुई वर्ष अघि १० हजार ९ सय ९० हेक्टर क्षेत्रफलमा रोपाई भएका ताप्लेजुङमा अघिल्लो वर्ष ८ हजार ७ सय ६२ हजेक्टर क्षेत्रफलमा मात्र धान रोपई भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका योजना अधिकृत विसुन देव यादबले बताए । बाँकि रहेको सबै क्षेत्रफलमा अलैचि खेति गरीएको थियो । यो वर्ष पनि यसकै हाराहारीमा धान रोपाई हुने क्षेत्रमा अलैचि खेति गरीएकाले रोपाई हुने क्षेत्रफल घट्ने यादबको भनाई छ । एक मन अलैचि (४० किलो) बाटनै नै एक सिजनमा ८० देखि ९० हजार सम्म आम्दानी गर्न सकिने भएको र थोरै धान उत्पादन हुने खेतमा लगाएको अलैचिबाटनै धेरै मन अलैचि उत्पादन गर्न सकिने हुँदा कृषकहरुले धान खेति मासेर अलैचि लगाउन थालेको ताप्लेजुङ नगरपालीकाका स्थानिय कृषक कृष्ण बरालले बताए । एक मन अलैचिबाट आएको रकमले नै वर्ष भरी पुग्ने धान र चामल किन्न सकिने हुँदा र बाँकि रकम बचत हुने भएकाले कृषकको आकर्षण अलैचि खेतिमा बढेको कृषक बरालको बुझाई छ । धान खेति गर्न मिहेन र लगानि बढि हुन्छ अलैचिमा रोपे पछि एकपटक गोडी पानी लगाए फलिहाल्छ, सिजनै पिच्छे लगाउने झन्झट पनि नहुँने थोरै कामदार भए पनि पुग्ने हुँदा अलैचि खेतिनै सजिलो हुने अर्का कृषक नरेन्द्र बराल बताउँछन् । कामदार नहुँनु पनि खेति परीवर्तनको कारण अहिले ताप्लेजुङका गाउँ गाउँका घरहरुमा जाँदा बृद्ध बृद्धा, असक्त, अपाङ्ग र केटाकेटी मात्र भेटिन्छन् । काम गर्न सक्ने उमेरका युवायुवतीहरु कोहि पढाईको सिलसिलामा शहर, बजार छिरेका छन् भने कोहि कामको खोजिमा बैदेशिक रोजगारीका लागि विदेशिएका छन् । काम गर्न नसक्ने असक्त, अपाङ्ग, बृद्धबृद्धा र केटाकेटिमात्र गाउँघरमा हुँदा अहिले धान रोप्नका लागि आवस्यक कामदारको अभाव हुन थालेको स्थानिय बताउँछन् । “पहिले प्रति रोपार, प्रति दिन ५० रुपैयाँ देखि सय रुपैयाँ र बाउसे, लाठे एक सय देखि दुई सयमा प¥याप्त पाईन्थ्यो अहिले पाँच सय दिए पनि पाईदैन ताप्लेजुङ नगरपालीकाका कृषक नरेन्द्र बराल बताउँछन् ।” अहिले आफु अर्काकोमा खेति गर्न जाने र उपनि आफ्नुमा आउने आलोपालो तरीकाले जसो तसो रोपाई सकिन्छ कामदार नपाईने भएकाले पनि खेति परीवर्तन गर्नुपर्ने बाध्यता छ बरालको भनाई छ । धान रोपाईका लागि एकैपटक बढि कामदार चाहिने र कमदार नपाउँने भएकाले पनि धान खेती गर्न समस्या भएको हो बराल बताउछन् । अलैचि खेति गर्न एक दुई जनाले पनि हुने हुँदा र आम्दानि, बजार पनि राम्रो भएकाले धान खेती परीवर्तन हुँदै गरेको बरालको बुझाई छ । मध्य असार सम्ममा पनि बाह्र प्रतिसत मात्र रोपाई, ताप्लेजुङमा असार महिनाको मध्य भई सक्दा समेत १२ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । पहिले प¥याप्त पानी नपरेको र ढिला गरी मात्र सुरु भएको वर्षा ले पनि मुल नफुटेकाले यो वर्ष हाल सम्ममा बाह्र प्रतिशत क्षेत्रफलमा मात्र रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख रविन्द्र बहादुर प्रधानले बताए । पहिले माथिलो क्षेत्रमा रोपाई गरीने र विस्तारै तल्लो क्षेत्रमा मात्र रोपाई सुरु हुने हुँदा पनि रोपाईको प्रतिशत घटि भएको प्रमुख प्रधानको भनाई छ । मकै रोप्ने सिजनमा बर्षा नहुँदा कृषकले ढिलो मकै लगाएको र अहिले ढिला गरी मात्र मकै पाकेकाले रोपाई पनि ढिलो भएको हुन सक्ने प्रधान बताउँछन् । माथिललो क्षेत्रमा धान खेति गर्ने क्षेत्र कम भएको र मुख्य धान उत्पादन हुने तल्लो बेशि क्षेत्रमा धान रोप्न सुरु नभएकाले यो वर्ष अघिल्लो वर्षको तुलनामा असार मध्य सम्ममा धान रोपाई कम भएको उनको भनाई छ । अघिल्लो वर्ष यो समय सम्ममा करीव २० प्रतिसत रोपाई सम्पन्न भएको थियो । धान दिवस ताप्लेजुङमा दुई स्थानमा मनाईदै यस पटक १३ औ राष्ट्रिय धान दिवस बुधबार असार १५ गते ताप्लेजुङमा भने दुई स्थानमा मनाउने तयारी भएको छ । अघिल्ला वर्षहरुमा जिल्ला कृषि विकास कार्यालयको आयोजनामा सकै राजनितिक दल र संघ संस्थाको सहभागितामा एकै स्थानमा धान दिवस मनाईए पनि यस वर्ष भने जिल्ला कृषि विकास कार्यालय र एमाले निकट कृसानहरुको सगठन अखिल नेपाल किसान महासंघ ले फरक फरक स्थानमा एकै दिन मनाउने तयारी गरेका छन् । महाँसंघले मंगलबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै असार १५ गते ताप्लेजुङ नगरपालीका स्थित बोझेमा धान दिवस मनाउने बताएको छ भने यस अघिनै सबैलाई पत्रचार गर्दै जिल्ला कृषि विकास कार्यालयले व्यवसायिक धान खेतिको आधार, सामुदायिक नर्सरीको विस्तार भन्ने नाराको साथ नगरपालीका स्थित मेदिबुङमा धान दिवन मनाउने बताएको थियो । दुई फरक स्थानमा एकै समय धान दिवस मनाउने निम्तो सबै राजनितिक दल र कार्यालयलाई पुगे पछि कता जाने दोधारमा भएको जिल्लाका राजनितिक दलका प्रतिनिधिहरु बताउँछन् ।