वैदेशिक रोजगारमा ठगी
- असार २४, २०७३
- ब्लाष्ट खबर
नेकपा माओवादी केन्द्रका आठजना सांसद् एक–एकजना नक्कली सहयोगी लिएर स्पेन जान लागेको समाचार सार्वजनिक भएपछि जनप्रतिनिधिका रुपमा चुनिएका उनीहरुमाथि ठूलो नैतिक प्रश्न उब्जिएको छ । युवालाई विदेश लैजाने गिरोहले सरकारी कागजपत्र कीर्ते गरी सांसद्हरुले नै नचिनेका मान्छे उनीहरुको साथमा लैजान लागेको समाचार बाहिर आउनुले सांसद्को छवि राम्रो भएको भन्न मिल्दैन । ती सांसद्हरुलाई मानव तस्करी गर्न खोजेको गम्भीर आरोप समेत लागेको छ । यदि यो प्रमाणित भयो भने सिङ्गो संसदकै छविमा दाग लाग्ने छ ।
माओवादी केन्द्रका सांसद्हरू गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि प्रहरीले सरकारी कागजपत्र कीर्ते गरेको विषयमा अनुसन्धान गरिरहेको छ। सांसद्हरुले आप्mनो हैसियत नै दुरुपयोग गरेर नेपाली नागरिकलाई विदेश पु¥याउन खोज्नु लज्जास्पद हो ।
कार्यक्रम मिलाएर विदेश जाने र पुगेपछि उतै लुकिछिपी बस्ने चलन पुरानो हो । यस्ता काममा सामान्य नागरिकदेखि राज्यको जिम्मेवार निकायका व्यक्तिसमेत मुछिने गरेका छन् । जसरी पनि छिर्ने नियत लिएर चोर बाटोबाट विदेश जाँदा खाडी मुलुक तथा अन्य युरोपेली मुलुकमा नेपाली नागरिकले पीडादायी जीवन भोग्दै आएका छन् । यस्ता अवैधानिक बाटोबाट विदेश जाने कामलाई जनताका प्रतिनिधि सांसद्हरुले निरुत्साहित गर्नुपर्नेमा उल्टै ‘व्यक्तिगत सहयोगी’ बनाएर लैजान खोज्नुलाई असल चरित्र मान्न सकिँदैन ।
भर्खरै मानव तस्करले पोर्चुगल पु¥याएका २३ नेपालीलाई अध्यागमन विभागले उद्धार गरेको समाचार आएको छ । कृषि काममा लगाइएका ती नेपालीलाई दयनीय अवस्थामा उद्धार गरिएको विभागले जनाएको छ । पीआर मिलाइदिने तथा आकर्षक काम मिलाउने लोभ देखाएर दलालहरुले नेपालीलाई विदेश पु¥याउने गरेको पाइएको छ । यसरी पुगेका नेपाली विदेशमा कृषि काम तथा मजदुरी गर्दै कष्टकर जीवन बिताउँदै आएका छन् । विदेशमा नेपालीहरुको पीडादायी अवस्थाप्रति राज्य अब गम्भीर हुनुपर्छ । मानव तस्करीमा संलग्न जोकोहीलाई कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ । मुलुकमा राज्य छ भन्ने कुरा नागरिकलाई महसुस गराउनु वाञ्छनीय हुनेछ । विदेश जानेहरुले पनि राज्यको स्वीकृतिमा वैधानिक बाटोबाट जानु श्रेयष्कर हुनेछ । पैसा कमाउने नाममा आप्mनो ज्यान बँचाउन स्वयम् सचेत हुनु जरुरी छ ।