शनिश्चरे/ ८३ वर्ष पार गरेका नरबहादुर क्षेत्री यस बेला राष्ट्रियताको घाउ दुखेर निकै समस्यामा छन् ।आफ्नो जन्मथलो भुटान नै फर्किने लक्ष्य राख्दाराख्दै उमेर ढल्किएर अरुको सहारामा मात्र बाँच्न सक्ने अवस्था आइसक्यो । तर उनको लक्ष्य भताभुङ्ग भएर परिवार नै विखण्डित भएपछि जीवन कसरी काट्ने भन्ने चिन्ता थपिएको छ । ‘हामी बूढाबूढी भूटान नै जाने भनेर बसिरहेका छौँ । हामीलाई पालनपोषण गर्ने दुई नाति र बुहारी अमेरिका जाने भएका छन् । अब यहाँ हाम्रो हालत के होला ? कसले हेरचाह गर्ला ?’ उनको चिन्ता छ ।
झापाको दमकमा शनिबार पत्रकार सम्मेलनमा हातखुट्टा काँपिरहेको अवस्थामा भेटिएका बेलाडाँगी–३, सेक्टर ‘इ वान’ छाप्रा नम्बर ५१ का उनले भुटान पुगेर मर्ने धोको पूरा गर्नका लागिजोडदार कुरा उठाइदिन हात जोड्दै सञ्चारकर्मीसँग माग गरिरहेका थिए । स्वदेश फिर्तीलाई प्राथमिकता नदिई एक्कासी दोस्रो विकल्पका रुपमा तेस्रो मुलुक पुनर्वास भएपछि क्षेत्रीको मात्रै नभएर धेरैको परिवार विखण्डित भएको छ ।
मोरङको पथरीशनिश्चरे शिविरको सेक्टर ‘सी वान’ छाप्रा नम्बर १६ का वृद्ध रामचन्द्र सुवेदी त बेसहारा भई बिरामी परेर ओछ्यान नै परेका छन् । एक वर्षअघि श्रीमती, चार छोरा र तीन छोरी अमेरिका गएपछि भुटान नै फर्किने अडानमा रहेका सुवेदीको बुढ्यौली शरीर अरुको सहाराविना चल्न नसक्ने क्रम बढ्दै गयो । अहिले उनले बेलडाँगी–३ सेक्टर ‘जी टु’ छाप्रा नम्बर ८४ मा शरण लिए पनि बिरामी भएर समस्यामा छन् । ‘दुईतिरकै शिविरमा गरी यस्ता एकल वृद्धवृद्धाको सङ्ख्या सय जति छ । यस्तो बिजोगको स्थिति सिर्जना गरेर तेस्रो मुलुक लानु हाम्रा लागि ज्यादै ठूलो अन्याय हो ।’ ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका सहसंयोजक सन्तवीर घलेले अवस्था दर्शाए ।
शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) र अन्तर्राष्ट्रिय आप्रवास संस्था (आईओएम) का अधिकारीहरुले तेस्रो मुलुक जान दवाबसमेत दिने गरेपछि परिवारमा विखण्डन बढेको छ । यसको एउटा उदाहरण बेलडाँगी–२ ‘बी टु’ छाप्रा नम्बर २३ का ७१ वर्षीय दलबहादुर गौतम हुन् । आपूmसहित परिवार भुटान नै फर्किने भनेर बसेको बताएपछि उनलाई ती संस्थाका मानिसहरुले दवाब दिएका छन् । ‘किन नजाने ? हाकिमलाई बोलाएर ल्याऊँ ? भन्दै अमेरिका जान बाध्य बनाएर सही गराए ।’ उनले दुखेसो पोखे ।
परिवार विखण्डनका समस्यासहित आप्mनो राष्ट्रबाटै विमुख बनाइएकोमा विरोध जनाउँदै शरणार्थीहरुको प्रतिनिधित्व गर्दै ‘भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति’ ले पत्रकार सम्मेलनमार्पmत् आपूmहरुलाई तत्काल स्वदेश फिर्तीको ढोका खोलिदिन माग ग¥यो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष डा भम्पा राईले भने, ‘अन्तर्राष्ट्रिय कानूनविपरीत एकैचोटि तेस्रो मुलुक पुनर्वासको मात्र ढोका खोल्नुले देशबाट लखेटिएका भुटानीमाथि सदा–सदाका लागि ठूलो अन्याय भयो । त्यसकारण स्वदेश फिर्तीको ढोका खोल्न नेपाल सरकारले पहलकदमी गरोस् ।’ उनले बारम्बार उठाउँदै आएको माग दोहो¥याए ।
बाध्य बनाएर एक लाखभन्दा बढीलाई तेस्रो मुलुक पुनर्वास गराई बाँकी रहेकालाई नेपालमै विलय गर्ने नीतिमा नेपाल सरकार सहमत हुन नहुने धारणासमेत उनले राखे । ‘नेपालका प्रधानमन्त्रीले बाँकी रहेकालाई यतै विलय गराउने रणनीति अपनाएको भन्ने भनाइप्रति असहमति छ’, उनले थपे, ‘स्थानीय एकीकरणले एकातिर हाम्रो न्यायिक आवाजको सुनुवाई गर्दैन भने अर्कातिर भुटानबाट नेपाली मुलका थप हजारौं भूटानीहरु फेरिपनि लखेटिने खतरा बढ्ने छ ।’ भूटानमा रहेका ८० हजार हाराहारीका नेपाली भाषीले नागरिकता पाउन नसकेको उनको भनाई छ ।
आफ्नो भाषा र सँस्कृति बचाउने कुरा गर्दा निर्ममतापूर्वक लखेटिएकाहरुलाई नेपाल भित्र्याउन भारतले बाटो दिने तर भूटान फर्किनका लागि त्यही भारतले नै बाटो रोक्ने गरेको प्रसंग ल्याउदै पथरीशनिश्चरे शिविर सचिव चम्पासिंह राईले यो समस्या समाधानमा भारतले समेत पहल गरिदिनु पर्ने माग उठाए । उनले शिविरमा दर्ता छुटेका करिव २ हजार शरणार्थी रहेको समस्या समेत सुनाए ।
कार्यक्रममा जारी प्रेस विज्ञप्ति वाचन गर्दै समितिका टीवी राईले शरणार्थीहरुको स्वैच्छिक स्वदेश फिर्तीको ढोका खोल्न नेपाल सरकारले ठोस पहल गर्नुपर्ने, स्वदेशफिर्तीको कार्यक्रम समाप्त भएपछि मात्र अन्तरराष्ट्यि कानून अनुसार अन्य विकल्प अपनाउनु पर्ने र दातृ संस्थाले निरन्तर दिदै आएको सवै राहत यथावत राख्नु पर्ने माग उल्लेख गरे ।
समितिका सभापति राईका साथै बेलडाँगी शिविर सचिव सञ्चहाङ सुब्बा र पथरीशनिश्चरे शिविर सचिव चम्पासिंह राईले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । सन् नेपाल र भूटानको १७ औं चरणका वार्ता भएर थालिएको प्रमाणिकरण प्रक्रिया समेत अवरुद्ध भई सन् २००८ बाट अमेरिका सहित पश्चिमा ८ मुलकमा शरणार्थी पुनर्वास कार्यक्रम जारी रहेको छ । हाल शिविरमा करिव २० हजार शरणार्थी बाँकी रहेका छन् । सन् १९९० देखि उनीहरु नेपा
लमा शिविरमा शरणार्थी जीवन विताउँदै आएका हुन् ।