चन्द्रमासका दृष्टिले वर्षमा १२ वटा पूर्णिमा हुन्छन्–अधिकमास र क्षयमासबाहेक । हरेक पूर्णिमाको अलग–अलग महत्व हुन्छ । जस्तैः वैशाख पूर्णिमालाई बुद्ध पूर्णिमा, जेठ पूर्णिमालाई वटसावित्री पूर्णिमा, असार पूर्णमालाई व्यासगुरु पूर्णिमा, श्रावण पूर्णिमालाई नारली पूर्णिमा वा हयग्रीव पूर्णिमा, भाद्र पूर्णिमालाई मधु पूर्णिमा वा ऋषितर्पणी, असोज पूर्णिमालाई कोजाग्रत पूर्णिमा, कात्तिक पूर्णिमालाई त्रिपुरा पूर्णिमा, मार्ग पूर्णिमालाई दत्तात्रय पूर्णिमा, पौष पूर्णिमालाई शाकम्बरी पूर्णिमा, माघ पूर्णिमालाई स्वस्थानी पूर्णिमा, फागुन पूर्णिमालाई होली पूर्णिमा र चैत्र पूर्णिमालाई हनुमान जयन्ती पूर्णिमाका रुपमा मनाउने परम्परा छ । rajendra पढ्ने–पढाउने चलन अनादिकालदेखि चलेर आयो । जान्नेले सिकाउने र नजान्नेले सिक्ने, यो प्रचलन चल्दाचल्दै औपचारिक शिक्षा र उत्तीर्ण हुने मापदण्डहरु बन्दै, फेरिँदै र सुधारिँदै आए । संसारको पहिलो गुरु को थियो होला ? यसको जवाफ शायद कसैसँग छैन किनभने आजको जस्तो अभिलेख राख्ने चलन प्रारम्भकालमा थिएन । तर व्यासलाई भने पुराणमा वर्णन गरिएअनुसार सबै देवताहरुका गुरुका रुपमा लिइने भएकाले व्यास पूर्णिमालाई नै गुरु पूर्णिमा भन्ने गरिएको हो । हिन्दू मिथकले ‘व्यास’ भनेर ‘कृष्ण द्वैपायन व्यास’ लाई नै इङ्गित गरेको छ र उनलाई विष्णुको अवतारका रुपमा वर्णन गरिएको छ । हरेक कल्पअन्तर्गत द्वापरयुगमा सधैँ व्यासको अवतारमा भगवान् विष्णु आउँछन् भन्ने कुरा अवतारी हिन्दू धर्ममा विश्वास गरिएको छ । वेदव्यासले नै वेदलाई चार भागमा विभाजन गरे र उनी हरेक द्वापरयुगको अवतारमा मानव कल्याणका लागि पुनः पुनः वेदको वर्गीकरण गरिरहन्छन् भन्ने पुराणमा वर्णित छ । अठार पुराणका रचयिता तथा वेदका रचनाकार (?) व्यासको जन्मदिनका रुपमा मनाइने यो पूर्णिमा ज्ञानको शृङ्खलाबद्ध अवतरण (ज्ष्भचबचअजष्अब िकगअअभककष्यल) का हिसाबले पूर्वीय गुरु परम्पराको संस्कारमा अति नै महत्वपूर्ण मानिन्छ । वेब्स्टर्स डिक्सनरीले गुरु भनेको धार्मिक वा आध्यात्मिक पथप्रदर्शक, शिक्षक वा मार्गदर्शक जसलाई विश्वास गरिएको हुन्छ वा कुनै खास विषयमाथि प्रशस्त ज्ञान वा अनुभव भएको व्यक्ति नै गुरु हो भनेर परिभाषित गरेको छ । संस्कृतमा ‘गुरु’ शब्दका दुइटा अर्थ छन्– ‘गु’ को अर्थ हुन्छ ‘अँध्यारो’ र ‘रु’ को अर्थ हुन्छ ‘प्रकाश’ । अँध्यारोबाट जसले प्रकाशतर्पm लैजान्छ, ऊ नै गुरु हो भन्ने एउटा अर्थ हुन्छ । वा आपूmभित्रको अँध्यारोका कारण जो हामीहरु केही देख्न र बुझ्न सकिरहेका हुँदैनौँ, गुरुसँग भएको प्रकाशले ती अँध्यारा गल्छेँडाहरु उज्याला हुनेछन् र हामी छर्लङ्ग देख्न सक्ने छौँ कि हामी के हौँ र को हौँ भनेर । अर्को अर्थ विशेषणका रुपमा प्रयोग गरिने गर्छ जसअनुसार ‘गुरु’ भनेको ‘गह्रौँ’ वा ‘भारी’ भन्ने बुझिन्छ । अर्थात् जसका गुणले अरुहरु थिचिने गरी जो भारी छ, ऊ नै गुरु हो । यसरी जो भारी वा वजनदार पनि होस् र जसले उज्यालोतर्पm लैजान पनि सकोस्, उसैलाई गुरु भन्न सकिने रहेछ । गुरु शब्दले आजकल व्यापकता पाएको छ । खासगरी सवारी चालकलाई गुरु भनेर सम्बोधन गरिने प्रचलन शुरु भएपछि यो शब्द बढी नै लोकप्रिय बनेको हो । सिनेमाका टिकट ब्लेकरका नाइकेलाई पनि गुरु भन्ने चलन थियो । आजकल त सिनेमामा भीड त्यति नहुने र टिकट पनि ब्लेकमा त्यति बेच्नु नपर्ने भएकाले त्यताको गुरु अस्ताएको देखिन्छ । शायरीबाजलाई गुरु भनिने, लेबरको फोरमेनलाई गुरु भनिने र होटलमा भाँडा सफा गर्ने मजदुरलाई पनि गुरु भनिने चलन आएपछि चाहिँ यो शब्दको गरिमा निकै खच्किएको देखिन्छ । तर भान्सेलाई महाराजजी र पानपसलेलाई पण्डितजी भनिने यस मुलुकमा दुई अक्षरको गुरु शब्द जनजिब्रोमा यसरी झुण्डिएर आयो भने के नै पो बिग्रियो र ? गुनासो गरिहाल्नुपर्ने त होइन । किन खच्कियो त गुरुको गरिमा ? सरल उत्तर छ– हाम्रो वजन घटेर । भारी हुनुपर्ने हामी हल्का भइदिएर । भरिया, खेताला र ज्यालादारी भएर हिँड्न पनि हामीलाई लाज नलागेर तर त्यति हुँदाहुँदै पनि गुरुलाई धेरैले रोलमोडल बनाउँछन् । गुरुजस्तै बन्न पाए हुन्थ्यो भनेर ईष्र्या गर्छन् । यसमा पनि वैज्ञानिक हिसाबले नै अर्थशास्त्रको उपयोगिताको सीमान्त ह्रास नियमभैंm उमेर बढ्दै जाँदा भेटिएका नयाँ–नयाँ गुरुहरुप्रतिको सम्मान र विश्वास पनि क्रमशः घट्दै जान्छ । तालिका हेर्नुहोस्– कक्षा आप्नो ज्ञान गुरुको ज्ञान गुरुको ज्ञानसंगको फरक सम्मान प्रतिशत
कक्षाा अाफ्नाे ज्ञान गुरूकाे ज्ञान गुरूकाे ज्ञानसँगकाे फरक
१–४ १०० ९५
५–८ १५ १०० ८५
९–१० ३० १०० ७०
११–१२ ४५ १०० ५५
स्नातक ६० १०० ४०
स्नाकोत्तर ९० १०० १०
विद्यावारिधि     १०० १००
त्यसैले बाल्यकालमा पढाउने गुरुप्रति जुन विश्वास र भरोसा हुन्छ, त्यो विश्वास र भरोसा क्रमशः कक्षा चढ्दै र उमेर बढ्दै जाँदा घट्दै जान्छ । शुरुमा ९५–१ वा ९४ प्रतिशत रहेको विश्वास कलेज पुग्दासम्ममा ३९ प्रतिशतमा झरिसक्छ र स्नातकोत्तर पास गरिसक्दा त्यो विश्वास ९ प्रतिशत मात्र बाँकी रहन्छ । विद्यावारिधि सकिएका चेलाहरु त आफ्ना गुरुलाई एक प्रतिशत मात्र भरोसा गर्ने हुन्छन् । यसरी उपयोगिताको सीमान्त ह्रास नियम गुरु शब्दमा पनि लागू भएको देखिएको छ । किन यस्तो भएको होला त ? यसको उत्तर पनि सरल छ । गुरुको अर्थ हुन्छ– गह्रौँ वा भारी । ४ कक्षाको विद्यार्थीको गुरुको ज्ञानसँगको दुरी ९५ हुन्छ जुन चेलो स्वयम्को वजनको १९ गुणा भएकाले त्यत्रो वजनले थिचेपछि भरोसा त लाग्ने नै भयो । तर स्नातकोत्तरको चेलोको ज्ञान ९० र गुरुको ज्ञान १०० भइदिँदा १० को फरक वजन उचाल्न चेलोलाई खासै भारी नपर्ने र ऊ नकिचिने भएकाले भरोसा वा सम्मान पनि ९ मात्र हुनु स्वाभाविक हो । त्यसैले कलेज पुगेपछिका छात्रछात्राहरुका लागि कुनै गुरु पनि कुनै पनि चेलाको रोलमोडल बन्नै सत्तैmन । वजनले किचिन नसकेर । हुन त ‘प्राप्ते तु षोडसे वर्षे पुत्रम् मित्रम् इवाचरेत्’ अर्थात् १६ वर्ष पुगेपछि छोरालाई साथीभैंm गर्नू भनिन्छ भने चेलो त झन् अर्काको घरको सम्पत्ति । सम्पूर्ण गुरुहरुको जय होस् । सम्पूर्ण चेलाहरुको जय होस् । गुरु पूर्णिमा २०७३ मा सबै ज्ञानका दीपकहरुमा शुभकामना । (लेखक धरानको महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत् सहप्राध्यापक हुन् ।)